मुग्लानी खबर
मिति २०१६ डिसेम्बर ३१ सनिबार
पुनः निवर्तमान कार्यसमितिलाई निरन्तरता ।
सामुहिक लगानीको मुल उदेस्यद्वारा अभिप्रेरित भई स्थापित परियोजना छिमेकी मार्ट लिमिटेडको
“चौथो वार्षिक साधारण सभा” यहि पौष–०८, २०७३ तदानुसार २३ डिसेम्बर, २०१६ का दिन दोहा, कतारको फिरिज अल नासर स्थित सि टाइम रेष्टुरेन्टमा शेर धनी सदस्यहरु लगायतका बिभिन्न अथिति तथा ब्यावसयिक ब्यक्तित्वहरुको बाक्लो उपस्थितमा भब्यताका साथ सम्पन्न भएकोछ ।
चौथो वार्षिक साधारण सभा सदा झैं नेपाली राष्ट्रगान संहित सभाको औपचारिक कार्यक्रम अध्यक्ष श्री शंख लाल तामाङको अध्यक्ष्यतामा श्री तेज बहादुर तामाङले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उपस्थित सदस्यहरु तथा आमन्त्रित अथितिहरुको सम्मान स्वरुप संस्थागत स्वगत मन्तब्य सञ्चालक समितिका सदस्य श्री माईला वाईबाले दिनु भएको थियो । छिमेकी मार्ट लिमिटेडको स्थापनाकाल देखि बर्तमान सम्मका बारेमा बिस्तृत जानकारी एबमं आगामी दिनहरुमा एकाबद्द हुदैं ब्यापारिक सफलता निरन्तर रुपले हात पार्दै जानु पर्ने जानकारी सञ्चालक समितिका सदस्य श्री सुक बहादुर तामाङ्गले दिनुभयो । आर्थिक बर्ष २०७२÷२०७३ का लागि बार्षिक प्रगति बिवरण अध्यक्ष श्री शखं लाल तामाङ्गले सभालाई सम्बोधन गर्दै आबश्यक निर्णय र समर्थनका लागि प्रस्तुत गर्नु भयो । सोहि क्रममा अध्यक्षले यस
“छिमेकी मार्ट लिमिटेड” नामक मिनि सुपरमार्केट चार बर्षको सफल दौरान आफैमा एउटा व्यवसायिक उदाहरणको रुपमा स्थापित भएको र यो सम्भव सबैको अतुलानिय इच्छाशक्ति, योगदान तथा सहयोगको प्रतिफल स्वरुप भएको जानकारी ब्यक्त गर्नु भयो । गत १२ बैशाख २०७२ (२५ अप्रिल २०१५) मा गएको ८.४ रेक्टरको महाभुकम्पले गर्दा तिनचुली शाखाको आफ्नो सेवा बन्द गर्नु परे तापनि पुनः सरस्वति नगर, कपनमा दोश्रो शाखाको पुर्नस्थापना गर्न प्रत्यक्ष–अप्रत्यक्ष रुपले सहयोग गर्नु हुनेहरुलाई अध्यक्षद्वारा स–धन्यबाद तथा बधाई दिनु भयो ।
संचालक समिति सदस्य श्री तीर्थ थिङ तामाङले सामुहिक लगानीको आवधारणा नै २१ औ शातब्दीको सन्दर्भिक अभ्यास तथा कम जोखिम तर धेरै सम्भावनाहरु भएको अनुभव सुनाउनु भयो । त्यसै गरि २०७२÷२०७३ आर्थिक प्रतिबेदन संचालक समितिका सदस्य तथा सह–आर्थिक लेखा प्रमुख श्री माईला वाईबाले कम्पनिको आर्थिक बिवरण प्रस्तुत गर्नु भयो साथै कम्पनिका सचिब श्री शुसिल तामाङ्गले आर्थिक अभिलेखहरुलाई बुदांगत तरिकाले प्रश्नोत्तर सहित प्रस्ट्याउनु भयो भने गत बर्षभरि भए गरेका सम्पुर्ण कार्यहरु, कम्पनि भित्र लागु गरिएको आन्तरिक निति नियम तथा आगामी बर्षमा आबश्यक योजना एबमं मेगा भिजन प्रोजेक्ट (परियोजना) ले निर्धारण गर्दै आई रहेको बिभिन्न योजनाहरुलाई संचालक समिति सदस्य तथा अन्तराष्ट्रिय एबम प्रोजेक्ट कोअर्डिनेटर श्री नर बाहादुर घिसिङ तामाङ्गले अत्यन्तै आकर्षक ढङ्गले प्रोजेक्टरद्वारा देखाउनु भयो ।
आगामी बर्षहरुमा अन्य आन्तरिक ब्यवसायिक कार्यक्रम तथा अवसरहरुलाई पनि अझ आधुनिक ढङ्गद्वारा अङ्गालेर सफलता लिन सकिने जानकारी गराउनु भयो । मार्टका अध्यक्षले नया“ लगानी कर्ताहरुलाई शेयर प्रमाण पत्र उपलब्ध गर्दै अब अझ अरु थप जिम्मेवारी काध“मा आएको र यसलाई उदाहरणिय र सफल बनाउन आफुबाट केहि कसर नराख्ने प्रतिबदत्ता जनाउनु भयो । चार बर्षे कार्यकाललाई समाप्त गर्दै
छिमेकी मार्ट लिमिटेड्ले सोहि सभाले निर्बिरोध निर्बाचितद्वारा पुनः साबिकै सञ्चालक समितिको सर्बसम्मतिबाट चयन गरियो । जस अन्तर्गत अध्यक्षमा श्री शखं लाल तामाङ्ग र सञ्चालक समिति सदस्यहरुमा श्री सुक बाहादुर तामाङ, सुर्य तामाङ, राजकुमार तामाङ, नर बाहादुर घिसिङ्ग तामाङ, माईला वाइबा तामाङ, बुद्धीमान तामाङ, तीर्थ थिङ्ग तामाङ, लक्ष्मण लामा तामाङ, कुमार मोक्तान तामाङ, इन्द्र बहादुर तामाङ चयन भएको छ ।