मुग्लानी खबर- ३ बैशाख
‘मातृभूमिका लागि विश्वभरका रोल्पाली गोलबन्द होऔं’ भन्ने मूल नाराका साथ गठित अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतारद्वारा गत १३ मार्चमा गाडी दुर्घटनामा परि अकालमै मृत्यबरण गरेका सस्थाका आर्थिक सल्लाहकार स्वर्गीय पृथ्वी बुढा मगर प्रती शोकसभा संगै प्रथम वार्षिक उत्सव साथसाथै नयाँ बर्ष २०७६ को शुभकामना आदानप्रदान सनैया स्थित व्हाईट हाउस रेस्टुरेन्टको सभाहलमा गत चैत्र २९ शुक्रवारका दिन सम्पन्न गरेको छ।
अन्तरास्ट्रिय रोल्पाली सेवा समाजका अध्यक्ष केशव राज खडकाको सभापतित्व तथा सिद्धपुजे परोपकारी सेवा समाज कतारका अध्यक्ष भागी रथ डाँगी प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बिशेष अथितिहरुमा रोल्पा जलजला सेवा सम्माजका शिव बुढाथोकी, राक प्रबासी सेका समाजका देव पुन , आर.दि.सेवा समाजका श्याम कुमार डाँगी तेस्तै जिल्ला स्तरीय र गाउपालिका स्तरीय संघ सस्थाका थुप्रै अतिथि,महिला अतिथीहरु विभिन्न संघ सस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार तथा समाजसेबि बुद्धिजीवी लगाएतको बाक्लो उपस्तिथि रहेको थियो। सोचेको भन्दा बढी उपस्थित भएको हुदा भिड लाई ब्यबस्थित गर्न कृष्ण घर्तिको संयोजकत्योमा १२ जना स्वयम् सेबकको ब्यबस्था समेत गर्नु परेको थियो।
कार्यक्रमका सभापति र प्रमुख अथितिको हातबाट ब्यानर अनावरण तथा दिप प्रज्वलन गरी मातृभुमी प्रती ससम्मान राष्ट्रिय गीत गाए पश्चात् ज्ञात अज्ञात सहिद र पृथ्वी बुढा मगर (१३ मार्च २०१९ गाडी दुर्घटनामा ज्यान गुमाएका) प्रति एक मिनेट मौन धारण गर्दै स्वर्गीय पृथ्वी बुढाको तस्बिरमा फुल र अविर अर्पन गरिएको थियो। कार्यक्रममा उपस्थित सबैलाई स्वागत मन्तव्य बाट मान सिंङ परियारले स्वागत गीत प्रस्तुत गरेका थिए भने कार्यक्रमका संयोजक दिपेन्द्र डाँगीले सम्पुर्ण रोल्पालिहरु लाई एकजुट हुन आव्हान गरेका थिए। कार्यक्रमका संयोजक प्रमुख गोपाल डाँगीले समाजको गतिविधि माथी प्रष्ट पारेका थिए। समाजका कोषाध्यक्ष दुर्गा खडकाले समाजको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने समाजका प्रमुख सल्लाकार गन बहादुर डाँगीले सेवा नै धर्म हो भन्ने उक्तिलाई प्रष्ट पारेका थिए।समाजका बरिस्ठ महिला सल्लाहाकार मन्सरी घर्तिले मृतक पृथ्वी मगरको मृत्युले सस्थालाइ ठुलो क्षति भएको बताएकी थिईन।अन्तमा अध्यक्ष केशवराज खडकाले आफ्नो मन्तव्य राख्दै सस्थाले आजसम्म गरेका सकारात्मक काम र भुमिका साथै सस्थाका भाबी योजनाका बारेमा प्रस्ट पारेका थिए।कार्यक्रमको बिचबिचमा कलाकारहरुको बेजोड प्रस्तुति रहेको कार्यक्रम निकै सान्दर्भिक भएको थियो।
अन्तरास्ट्रिय रोल्पाली सेवा समाज कतारले अझै यो सस्थालाई चुस्त दुरुस्त र समाजका हरेक दुख सुखमा लाग्नुपर्ने र हरेक समस्यालाई डटेर सामना गर्नुपर्नेमा जोड दिदै पुरानो कार्य समिति लाई विघटन गर्दै केशब राज खड्काको अध्यक्षतामा कार्य समिति पुनर्गठन गरेको छ। जसानुसार उपाध्यक्ष निरा रोका, कोशाध्यक्ष दिपेन्द्र डाँगी,सहकोषाध्यक्ष ताबी राम घर्ति, महासचिव थगेंद्र वली, सचिव नन्द कुमार डाँगी, सचिवालय संयोजक प्रमुख गोपाल डाँगी, संरक्षक आर्थिक सल्हाकार चन्द्र बहादुर वली, आर्थिक सल्लाहकार अमर ओलि ,सलाहकार गण बहादुर डाँगी, प्रेस सुचना प्रमुख भागी रथ डाँगी ,सहसूचना प्रवक्ता बल बहादुर वली, महिला सल्लाहकार मनसरी घर्ती अन्य सल्लाहकारहरु दुर्गा बहादुर खडका , नारायण भन्डारी , दिल बहादुर ओलि ,बेगम ओलि इत्यादि साथै २५ जना सक्रिय सदस्यहरु रहेका छन। सस्थालाई सहि ढंगबाट सधै तत्पर रहदै सहि र सकारात्मक गतिविधिमा हिडाउनका लागि एउटा उत्चस्तरिय शक्तिसाली ७ सदस्यीय सचिबालयको टोलि समेत गठन गरिएको छ।
मन्तव्य राख्ने क्रममा सबै अतिथिहरुले अन्तर्राष्ट्रिय रोल्पाली सेवा समाज दोहा कतारले गरेको क्रियाकलाप हरेक समस्या सङ जुध्न सक्ने निडरता आट साहास र समाज र देश प्रतिको माया प्रेम आगाध सम्बन्ध प्रती अत्यन्तै खुशी ब्यक्त गर्दै आगामी दिनमा नव गठित कार्यसमितिको थप नयाँ जोस जागर बढोस भन्दै बधाइ तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।
कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापती खड्काले कार्यक्रम लाई सफल बनाउन आर्थिक सामाजिक नैतिक तथा विभिन्न क्षेत्रबाट सहयोग पुर्याउनु हुने विभिन्न संघ सस्थाहरु ब्यक्तिहरु समाजसेबीहरु सम्पुर्णलाई धन्यबाद दिएका थिए।त्यसैगरी कार्यक्रमा उल्लेखनिय उपस्थिति रहेर कार्यक्रम सफल बनाउन उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै यहि महिनाको अन्तिम शुक्रबार समिक्षा कार्यक्रम बस्ने जानकारी गराउदै कार्यक्रम समापन भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण समाजका महासचिव थगेंद्र वली र दिपेन्द्र डागीले गरेका थिए।यो समाचार दिपेन्द्र डागीको सहयोगमा तयार पारेका हौ।