मुग्लानी खबर बैशाख २
राम प्रसाद पराजुली- अर्घाखाँची
आज बैशाख १ गते २०७६ अर्थात हामी सम्पूर्ण नेपालीहरुको नयाँ बर्ष । अन्य देशमा जस्तो लाखौं करोडौको पटका पट्काएर नयाँ बर्षलाई स्वागत गर्न नसके पनि यो हाम्रो स्वक्ष नेपाली मन देखी नै नयाँ बर्षलाई स्वागत छ । नयाँ बर्षको शुभकामना हरेक बर्ष यसरीनै दिदै आएकै हो यो साल पनि दिन्छु र आउने सालमा पनिअझ केही उसाह जनकरुप्मा दिन पाइयोस कामना गर्दछु ।
देश तथा बिदेशमा बस्ने सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनी परिवारजन, साथीभाइ इस्टमित्र तथा सम्पूर्ण मलाई चिन्नु हुने नेपालीहरुका लागी असिम शुभकामना छ । यो पटक नेपालमा भएका सबै राजनीति दलका नेता तथा सरकारीनिकायका कुनै पनि ब्याक्ती जस्ले जनता र देशको लागी काम गर्दै आउनु भएको छ उहा हरुलाई मात्र मेरो शुभकामना रहनेछ र जस्ले देश र जनताको लागी काम गर्दैन उहा हरुलाई मेरो शुभकामना रहेन भन्न पनि चाहे ।
पहिले आएर बितेका बर्ष सम्पूर्ण लाई दिने शुभकामना मेरो केही कम भएको पकै छ् त्यो सम्न्धित ब्यक्ती हरुले मुल्यकन गर्नु होला पहिलेको साल नेपालीहरुलाई भलो होस्, नेपालको उन्नती होस दु:ख कस्ट नपरोस सम्पूर्णको घर घरमा सुख शन्तिको बास लगाएतका शब्द हरुले शुभकामना दिदै आएको थिए ।
२०७२ साल वैशाख १२ गते शनिबार आएको बिनाशकारी भुकम्प ले हाम्रो सम्पुर्ण आस्थालाई लथालिङ्ग बनायो हजारौ मानिसले आफ्नो ज्यान गुमाउनु पर्यो लाखौ मानिस घरबार बिहिन हुनुपर्यो, सबैभन्दा पिडा त ग्रामिण भेगमा बसोवास गर्ने मानिसलाइ पर्यो, जहाँ भुकम्प लगायत अन्य प्राकृतिक बिपति बाढि पहिरो को पनि निकै ठाउँमा नेपाली दाजुभाइले सामना गर्नुपर्यो। त्यो दुख पिडामा पिल्सिएका जनता हरु लाई अझै सम्म पनि आबस्यक राहत र सामग्री हरु सम्म पुराउन नसक्ने केहि राज्नितिक दलका नेता हरुलाई भने अझै सुझाब सगै सम्मानजनक्, सम्पन्न र प्रगतिसिल राज्नितिक गर्दै अनाबश्यक फजुल बाट र अन्य सुभीदाजनक ठाउ हरुमा लगाउने खर्च हरुलाई कटौती गर्दै त्यो ठाउ जुन भुकम्प र मधेश क्षेत्र हरुमा जुन बाढिपिडित लगाएत भर्खरै आएको बारामा हावा हुरी सगै लाखौको धनजन र मानबिय क्षेती छन उहा हरुलाई सहयोग र माथी उथाउने काम होस भन्ने कामना गर्दछु
यो नयाँ सालमा पहिलेको साल भन्दा खेतबारीमा धेरै अन्न फलोस। धेरै तरकारी, फलफुल बिक्री होस्। ब्यापार ब्यबशाय राम्रो होस, मजदुरी र खेती गर्ने किसानहरुले उचित मुल्य पाउन। देशमा आयत कम होस, निर्यात बडी होस। कुनै पनि बिमान, वा धर्ती मा गूड्ने यातायात लगाएतका सभारी साधन हरु बाट कसैले ज्यान गुमाउन नपरोश सगै यस्ता नेपालीहरुलाई घाटालाग्ने कुनै पनि क्षेत्रमा हानी हुन बाट बचिहोस देश बिदेशीमा अकालमा ज्यान कसैले गुमाउन नपरोश,कलाकार,खेलाडी,ब्यापारी,राष्ट्र सेवक कर्मचारीहरुलाई कामको उचित तलबको ब्यबस्था गरिहोस ताकी उनिहरुले देश पर्तिको मायालाई कहिले कमी हुनबाट बच्चाउन सकियोस। देशमा लोडशेडिङको मन्त्रीले बोले अनुसार सम्पूर्ण ठाउमा मुक्त होस आज बाट अन्त्य नभए पनि अली कम होस विद्यार्थीले पढ्ने बेलामा अन्य साधन हरु खोज्दै हिंड्न नपरोश,खान पकाउने बेलामा बत्ती होस। ज्याला गरेर खानेहरुले समान किन्न सक्ने गरी महंगि नियन्त्रण होस। बन्न लागेका ठुला-ठुला योजना बनुन। बिदेशमा काम गर्ने,पढ्ने नेपाली दाजु भाई दिदी बहिनीले आटेको राम्रो काम सफल होस। बिशेष गरी खाडी मुलुकमा रहेका नेपाली हरुको जिबनको रक्षा होस । आफ्ना आमा बुवा,छोरा छोरी,श्रीमतीले बिमानस्थलमा बाकशको प्रतिक्ष्या गर्न नपरोस। यो साल सम्पूर्ण घर परिवार मा सुख शान्ती भै रहोस। प्राकृतिक प्रकोप हरुले कसैको धनमाल वा ज्यान नलियोस । देशमा खान,काम गर्न, पढ्न, घुम्न,बस्न मिल्ने बातावरण पनि बनोस,बिदेश भएका नेपालीहरुलाई नेपाल फर्किन हौसला मिल्ने खालका काम र अवसर श्रीजना होस देशमा सुनिक्षित होस । बिदेशमा बगाउने पसिना नेपाली माटोमा बगाउदै परिवार सग रमाउदै बस्ने अब्सर सबैमा पराप्त होस । सम्पूर्ण नेपाली दाजु भाई दिदिबहिनी हरुका सन्तानले बिदेश बाट जादा आफ्नै बाबुआमालाई यो कोहो भन्ने बातावरणबाट मुक्त बनाउनु ।
बिदेशिको गुलामी गरेर हैन गोर्खाली बनेर आफ्नै देशमा सुख सग दुई छाक खाने योजन हरुको थालनी होस । देश सिङ्गापुर नै नभएपनी “नेपाल” भएर हामीले गर्ब गर्ने सन्देश मिलोस। अब बाँकी रह्यो नेताहरुको,उनीहरुको त सर्बस्व हरण भए पनि मलाई त खुशी नै लाग्ने थियो, कमसेकम अन्य नेपालीले दु:ख त पाउदैन थिए। हामी सबैलाई यो सालमा अत्मबिश्वास र अत्मबल मिलोस, नेताहरुको गुलम जस्तो भएर होइन कि बरु नेताहरुलाई गुलम बनाउन सक्ने सक्ती मिलोस।
नेताका दुई जिब्रे कुराहरु सुन्न पनि नपरोस र विश्वाश नि गर्न नपरोस। राजनीतिक दल हरु फुटेर हैन जुटेर देश र जनताको लागि एउटा सक्ष्याम ब्यक्तिको आगमन होस जस्ले आफ्नो हैन देश र जनताको भलो चाहदै बिस्तारबादी र साम्रज्याबादीको अघी कहिले झुक्न नसकोश यो नयाँ बर्ष २०७६ ले हामि बिचमा नयाँ विचारको आगमन होस जोस जागरले उधमतामा हाम्रो अग्रसरता होस,देश बिदेश जहाँ रहेपनि हाम्रो राष्टिय नेपाली पन मनमा सधै रहिरहोस,जनताको अभावमा छिट्टै सुगमता छहोस, देश पुनर्निमाणको गतिमा छिट्टो अग्रसर होस,हाम्रा प्राकृतिक स्रोत लाइ विश्वले अनुभव गर्न पाअोस।
बषन्त ऋतुको पालुवा सरी खुशी पलाहोस , पुर्णिमाको जुन सरी भाग्य उदाहोस, शिरीषको फुल सरि जिबन रंगीयोस, आखामा सजाएका सबै सपनाहरु सकार होउन , हृदयमा लुकाएका अभिलाशा हरु पुरा होउन , सत्रुहरु टाडा भागुन बाटोको काँडा पाखा लागुन , साथ मिलिरहोस बुझीदिनेको मन भित्रका भाबना बटुल्दै जानू , सामाजिक कार्यमा सधै अघि बढ्ने मौका मिलोस । सामाजिक काम दाम र मान सम्मान सहित आगामि दिन हरु बितुन ।।
यहिनै छ नवबर्ष २०७६ को हार्दिक हार्दीक मंगलमय शुभकामना ।