अन्तर–व्यवस्थापिका संघ (आइपियू)को 140 औं अन्तर्राष्ट्रिय सम्मेलनको लागि नेपाल सरकारका सभामुख कृष्ण बहादुर महरा ,सांसद पुष्पा भुसाल,शान्ती चौधरी लगाएतको टिम कतार भ्रमणमा आएको अवशरमा समाजले नेपाली राजदूतावासको सभाहलमा एक विशेष भेटघाट कार्यक्रम राखेको हो।
कार्यक्रममा कतारका विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरुको उपस्थिति रहेको थियो।सस्थाका अध्यक्ष टेकराज थापाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि कतार भ्रमणमा रहेकी माननीय सांसद पुष्पा भुसाल रहेकी थिईन भने अन्य अथिति हरुमा सस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार, संरक्षक क्रान्ति सिंह, पुर्व उपाध्यक्ष हरु केदार भुसाल, राम प्रसाद पराजुली पुर्व महासचिव केसव भुसाल, पुर्व सह कोषाध्यक्ष सुदिप पान्डे सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा लगायत जिल्ला बासी हरुको उपस्थिती रहेको थियो ।
समाजका प्रथम उपाध्यक्ष बिष्णु बहादुर कुवरले उपस्थित सम्पुर्ण लाई स्वागत मन्तव्य राख्दै सुरु गरिएको कार्यक्रममा प्रमुख सल्लाहकार ठाकुर कुमार परियार र संरक्षक क्रान्ती सिंहले सस्थाको आधिकारिक धारणा ब्यक्त गरेका थिए ।
मन्तब्य राख्ने क्रममा कार्यक्रमकि प्रमुख अतिथि भुसालले आइपियू को कार्यक्रममा कतार आएर छोटो समयको बाबजुद् पनी आफ्नै जिल्लाबासी दाजुभाई दिदिबहिनिहरु सङ्ग भेट हुदा औधी खुशी रहेको बताईन।बृहत् रुपमा भेटघाट हुन नपाएकोमा दुखी महशुस गर्दै प्रबासमा रहेका नेपाली कसैलाई पनि कुनै समस्या परेको खन्डमा आफू सहयोग गर्न सधै तत्पर रहने प्रतिबद्धता ब्यक्त गरेकी थिइन।
हाम्रो देश नेपाल प्राकृतिक सुन्दरताले भरिपुर्ण हुदाहुदै पनि बिश्वका हरेक देशमा नेपालीहरुले श्रम बेच्न जानू आफै दुखद पक्ष त छदैछ यस्तो अवस्था आउनुको कारण हामिले समय अनुसार चल्न नसक्नु नै रहेको बताईन।
प्रतिनिधि संघिय सभा सांसद तथा कांग्रेस संसदिय दल सचेतक माननीय पुष्पा भुसाल
त्यस्तै जिल्लाको प्रसङ्गमा भुसालले सांसद भवनमा सत्ता पक्ष र विपक्षी पार्टीहरु बिच जस्तो सुकै अवस्था भएपनी अर्घाखाँची जिल्लामा सम्पुर्ण राजनितिक दलहरु अर्घाखाँची जिल्लाको बिकाश शान्ति सुरक्षा लगाएतका प्रमुख एजेन्डा सहित कटिबद्ध रहेको बताइन ।
समाजका अध्यक्ष : टेकराज थापा
कार्यक्रमको अन्त्यमा सभापती टेकराज थापाले बोल्दै उपस्थित सबैलाई धन्यवाद दिदै कार्यक्रमको समापन भएको घोषणा गरेका थिए।उक्त कार्यक्रमको सहजीकरण महासचिव बालाराम पाण्डेले गरेका थिए ।