मुग्लानी खबर- २५ चैत्र
संघीय लिम्बुवान सामाजिक मन्च दोहा कतारले गत अप्रिल ५ शुक्रबारका दिन कतारको सनैया स्थित ह्वाईट हाउस रेस्टुरेन्टको सभाहलमा एक कार्यक्रमको आयोजना गरि छैटौं केन्द्रिय बैठक तथा साङ्गठनिक प्रशिक्षण सङ्गै विभिन्न कलाकार र खेलाडीहरु लाई सम्मान समेत गरेको छ।
संघीय लिम्बुवान सामाजिक मन्च कतारका कावा अध्यक्ष रेखा राईको सभापतित्वमा भएको उक्त कार्यक्रममा सल्लाहकार देबि थेगुवा लिम्बू लगाएत विभिन्न संघ सस्थाका ब्यक्तित्वहरु कलाकार, खेलाडीहरु सयौ नेपाली दाजुभाई तथा दिदिबहिनि हरुको उपस्थिति रहेको थियो।कार्यक्रम तीन चरणमा संगठानिक प्रशिक्षण, कलाकार र खेलाडिहरुको सम्मान र केन्द्रिय बैठक गरि तीन चरणमा कार्यक्रम लाई विभाजन गरिएको थियो।सलिसाम कतारका महासचिब प्रशिक्षक डम्बर मिसेकले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च को अवधारणा, नेपाली समाज र राष्ट्र ले चाहेको संघीयता र हालको सङ्घियताबारे चिरफार गर्दै बर्तमान नेपालको राजनितिक अवस्था र भोलिका चुनौतिका बारेमा बिस्तृत विश्लेषण सहित वर्तमान अवस्थामा देश परिवर्तनको लागि प्रवासी युवाहरुको भुमिका बारे प्रशिक्षण गराएका थिए।
दोस्रो चरणको कार्यक्रममा विभिन्न कार्यक्रम हरुमा आबद्ध रहि सहयोग पुर्याउने कलाकारहरु, खेलाडीहरु सस्थाहरु लगाएत केहि बिशेष ब्यक्तित्वहरुलाई उहाहरुको साथ सहयोग तथा योगदानको उच्च मुल्यांकन गर्दै आगामी दिनहरुमा अझै उत्तरोत्तर प्रगतिको कामना साथ सहयोगको अपेक्षा सहित विभिन्न सम्मान पत्र सहित सम्मान ब्यक्त गरेको छ।बिशेष गरि कलाकारहरुको सम्मान कार्यक्रम रहेको थियो।जसअनुसार लिम्बुवानि गायक अमृत कुरुङबाङलाई सम्मान पत्रद्वारा सम्मान गरिएको छ।
कदर पत्रद्वारा समानित कलाकारहरुमा मोड्ल तथा सलिसाम का कोरियो ग्राफर राज गुरुङ, नृत्यङ्गगना तथा सलिसाम कि कोरियो गाफर सरु गुरुङ र मोडल तथा डान्सर उर्मिला लामा रहेका छन।त्यसै गरि प्रसंसा पत्रद्वारा सम्मानित कलाकरहरुमा
डान्सर बिरेन्द कुमार याक्थुम्बा ( सुबास),नायक तथा मोडल अर्जुन कुमार,लोक गायक तथा सगितकार घनश्याम तिवारी,
लोक गायक देब घिमिरे,डान्सर मोना गिरि, डान्सर सुस्मिता साहशंकर,आधुनिक गायिका पुजा गजुरेल,डान्सर सदिक्ष्या थपालिया,डान्सर सजना स्वर्णकार,लोक गायिका बिर्मा खत्री,डान्सर बारिस बोम्जन,लोक गायक नवीन केसी, गायक
उज्वल तामाङ, डान्सर जेनि आङ्देम्बे,डान्सर कबिना तामाङ, डान्सर सेलिना गुरुङ ,गायक सुक्दल फियाक लिम्बू,गायक सुजन कुमार राई,डान्सर भेस धिमाल,गायक मुस्कान मिभक, गायक साजन लिम्बू,डान्सर सन्तोष कुवर,डान्सर बिष्णु ताम्लिङ,डान्सर सोना लिम्बू,मन कुमार जबेगु, दिनेस गुरुङ,
सगम लिम्बू,डान्सर पुनम परियार,बिबिसा लुइँटेल ,डान्सर
टिका लावर,सीता कुमारी सिलवाल घिमिरे,सागर बिक ,देव घिमिरे रहेका छन।
त्यसैगरी सम्मानित हुनेहरुमा युकेश नेम्बाङ,किशन याख्खा, प्रबिण राई,तारा श्रेष्ठ,अनिल तामाङ, श्री गुरुङ,समीर थापा, रोशन लिम्बू,मनिकुमार लिम्बू,युगेन लिम्बू,सङ्गम लिम्बू,
सुमन लिम्बू ,रोसन खड्का,अबिशेक मगर ,श्री काका, युगेस चेम्जोङ ,प्रबिन राई ,शान्त खबास,अनिल पुन मगर ,महेस कुमार द्नुवार र सागर गुरुङरहेका छन।
हरेक समयमा कार्यक्रमहरु सफल पार्न विशेष भुमिका निर्बाह गर्ने सस्थाहरु र केही ब्यक्तिहरुलाई धन्यबाद पत्र सहित सम्मन गरिएको थियो जस अनुसार चलचित्र निर्देशक सुरज तामाङ , बिरेन्द्र कु याक्थुम्बा,संन्ध्या ग्रुप दोहा कतार,मुग्लानी खबर अनलाईन मिडिया,सुमन राई ,खगेन्द्र राई,सुक बिर ओलि, नारायण हमाल, डिकलाल लिम्बू , पुर्ण बहादुर इवा लिम्बू , राज रुचाल,दिपक नेपाली ,बिकाश गुरुङ, सन्तोष शाह रहेका थिए।
अन्त्यमा कार्यक्रमका सभापती रेखा राईले सम्पुर्ण उपस्थितलाई साथ सहयोग तथा समन्वयको लागि धन्यबाद दिदै आगामी कार्यक्रम हरुमा पनि यस्तै साथ सहयोगको अपेक्षा गर्दै कार्यक्रम समापन भएको घोषणा गरेकी थिईन भने कार्यक्रमको सहजीकरण नोगेन लिम्बू ले गरेका थिए।
भिडियो हेर्नुहोस....
https://www.youtube.com/watch?v=cetlTiyhi08