मुग्लानी खबर- १० चैत्र
महेस्वर नेपाल
कतारमा रहेका नेपालीहरुले साप्ताहिक बिदाको अवसर पारेर दोहामा होलि पर्वको अवसर पारी साङ्गितिक कार्यक्रम आयोजना गरेर धुमधामका साथ मनाएकाछन ।
जागरुक युवा समाज नेपाल, कतारले आयोजना गरेको होलि पर्वमा उनिहरुले एक आपसमा रङ दलेर खुसी साटासाट गर्दै होलि पर्व मनाएका हुन । विश्व खुसी दिबस र रङ्गहरुको पर्व होलि एकै दिन परेको छ जागरुक युवा समाजका सचिव यादव प्रसाद चौलागाईंले भन्नु भयो यस अवसरमा हामिहरु खुसी साटा साट गर्दै सौहार्द पुर्ण बाताबरणमा होलि खेलौ भनेर बिगतका बर्षहरु झै यस बर्ष पनि कार्यक्रम आयोजना गरिएको बताउनु बताए।
बर्दिबासमा हुँदा पनि यसै गरि सामुहिक होलि खेलिन्थ्यो सिन्धुली बर्दिबासका कमलेश ठाकुरले बताए। यहाँ आएर साथिहरुसग होलि खेल्न पाउँदा रमाइलो भएको बताए।प्रबासी भुमिमा बसेर साथीभाइहरु सग मिलेर आफ्नो सस्कृतिको जगेर्ना गरि होलि खेल्न पाउँदा गाउँ घरको याद नै भुलिएको ५ बर्स देखि कतारमा कार्यरत सिन्धुलीका भिम कार्कीले बताए।
कतार बसाइलाइ टुङ्याएर नेपाल फर्कन लाग्नु भएका काभ्रेका सुरज हुमागाइ होलिमा रमाइ रहेका थिए । ४ बर्ष सगै एउटै कम्पनीमा काम गरियो कतार बसाइलाइ बिट मारेर फर्कने दिन नजिकै आएको छ सबै साथिभाइहरु एक आपसमा मिलेर रङ साटासाट गर्न पाउदा खुसीलागेको साथीहरु तर्फ देखाउदै हुमागाइले भनेका थिए। अब यी साथीहरूसग फेरि यसरी भेट हुन्छ हुदैन भेट भै हाले पनि यो माहोल न आउन सक्छ ।
धेरै साथीहरूको डिउटिले गर्दा उपस्थिति जनाउन सक्नु भएन जागरुक युवा समाज नेपाल, कतारका अध्यक्ष राज चुवानले भन्नू भयो बिगतका बर्ष हरु जस्तै यसबर्ष पनि होलि विशेष कार्यक्रममा सबैलाइ समेटन सकिएन जति भेला भएका छौँ सबै मिलेर रमाइलो गरि मनाइ रहेका छौं ।
कार्यक्रममा स्थानीय कलाकारहरु सन्जिब सिं अनुप पाठक साथै म्युज लिन्कले साङ्गितिक प्रस्तुति दिएका थिए। ब्याण्डका कलाकारहरु भगत राइ, रेशम गुरुङ, राजु घले, सन्जिब शिङ्ग, अनुप पाठक लगायतले मनोरञ्जनात्मक प्रस्तुति प्रस्तुत गरेका थिए।लोकदोहोरी गायिका नानू घलेले दोहोरी गित गाएर होलि खेल्न उपस्तिथि भएकाहरुलाइ नचाएकि थिइन ।अलसफिया आइल्यान्ड कार्यक्रममा भारतिय र श्रीलंकाका नागरिकले समेत होलि पर्व मनाएका थिए ।