मुग्लानी खबर डट कम
गणेश क्षेत्री २६ डिसेम्बर २०१६
नेपाली लोक तथा तीजका गीतहरुबाट नेपाली सांगीतिक आकासमा विशेष स्थान ओगट्दै लाखौ दर्सक स्रोताहरुको मुटुको ढुकढुकी बनीसकेकी गायिका सावित्री गिरीका गीतहरु मिठा र सुन्नेबितिक्कै नाचूनाचू लाग्ने खालका हुन्छन भने उनीका गीतहरुमा नेपाली मौलिक रितिरिवाज,मेलापात,उकाली ओराली र नेपाल र नेपाली समाजका वास्तविक घटनाहरुको प्रतिनिधित्व गरेका हुन्छन।आधा दर्जन भन्दा बढी गीतहरु गाईसकेकी गायिका गिरीका गीतहरु आफ्नै सब्द संकलन र स्वरमा सजिएका छन् र सबै गीतहरु उतिक्कै चर्चामा रहेका छन्।“सेतै फुल्यो कास” भन्ने गीतबाट सर्बाधिक चर्चा कमाएकी गायिका गिरि यतिबेला आफ्नै पुर्खेउली गाउमा धमाधम म्युजिक भिडियोको सुटिङ गराईरहेको बताउछीन।अन्य गायक गायिकाहरु देशका विभिन्न नयाँ ठाउहरुमा अलि गल्यामर र हट कलाकारका साथ म्युजिक भिडियो बनाउने होडबाजी भैइरहेका बेलामा भने गायिका गिरी आफू जन्मी हुर्की बढेको घर आगनमा आफन्त दिदिबहिनीहरुसंग नाचेर यो तीज गीतको भिडियो बनाउन थालेकी हुन्।
यही मंसीर २७ गते तनहुँ ८ थप्रेक ,भ्यागुतेका गाउहरुका बिभिन्न सुन्दर दृश्यहरुमा म्युजिक भिडियोको छायांकन भईरहेको छ। एक बर्ष अगाडी रेकर्ड भैसकेको गीत आफू वैदेशिक रोजगारीको सिलसिलामा बिदेशमा भएको कारण गत बर्ष रिलिज गर्न नसकेको तीजको गीत "चौबन्दी चोली "को एरेन्जर कृष्ण पुन हुन र यसको छायांकन चलिरहेको गिरीले बताउनु भयो।साबित्री गिरिको शब्द संगित रहेको उक्त गीतमा स्वर भने उनीकै छोरी ज्योती गिरीको छ।चर्चित तीज गीत "काठमाडौं जादामा" स्वोर तथा माेडलिङ गरेकी ज्योति गीरी यसपाली पनि चौबन्दी चोलिमा आफैले मोडलिङ गरेकी छीन भने उनीलाई थप्रेक भ्यागुतेका स्थानीय महिलाहरुले साथ दिएका छन् ।
त्यसै गरि यहि मङ्सिर २८र २९ गते सबित्री गिरिको हालै मालाश्री रेकर्डिङ स्टुिडयाेबाट रेकर्ड गरेको नयाँ आधुनिक गीत "घामले पोल्यों"को सम्पूर्ण छायांकन कास्की लेखनाथको रुपाताल,बेगनास ताल, खुदीखोला, स्यालतरा ,मालमुलका विभिन्न स्थानका साथै सात ताल को शहर लेखनाथको विभिन्न रमरिय स्थानमा छायांकन गरिएको छ। सबित्री गिरिको शब्द सङीतमा
बिनोद बाजुरालिको एरेन्जिङ रहेको उक्त गीतमा ज्योति गिरिको भोकल रहेको छ भने मोडलिङ गायिका आफ्नै र नब प्रतिभा कलाकार अशोक कडेलको विशेष भुमिका रहेको छ भने उक्त गीत छिटै रिलिज हुदैछ। यो गीतबाट आफुले तीज गीत र लोकदोहोरीमा जस्तै दर्सक स्रोताले साथ तथा मन पराईदिनेछन् भन्ने कुरामा बिस्वस्त रहेको गायीका गिरि बताउछींन। अहिले अरु 3/4 वटा गीतहरु पनि रेकर्ड गर्नमा ब्यस्त रहेको जानकारी गराईन।
गायीका गिरी यो म्युजिक भिडियो बनाउन साथ दिने सम्पुर्ण मित्रहरू दिदिबहिनी र काठमाडौं देखि आएर आफ्नो म्युजिक भिडियो छायांकनमा साथ दिनुहुने वरिष्ठ भिडियो ग्राफर तथा डाइरेक्टर मधुर बस्नेत सहित सम्पूर्ण सुटिङ युनिट र प्रतक्ष्य अप्रत्यक्ष सहयोग गर्नुहुने सबैमा धन्यबाद ब्यक्त गर्दछीन।