मुग्लानी खबर डट कम
गणेश क्षेत्री २५ डिसेम्बर २०१६
सन्ध्या फिलिम्स प्रोडक्सनबाट निर्माण भएको भिडियो चलचित्र (प्रदेशी जीवन -२) यहि २२ डिसेम्बर २०१६ को बिहिबार बेलुका सन्ध्या ग्रुप अलखोर कतारको आफ्नै प्राङ्गणमा उल्लेख्य दर्सकहरुमाझ भब्यताका साथ सम्पन्न भएको छ। कतारका विभिन्न ठाउमा छायांकन गरिएको यो फिलिम का निर्देशक तथा क्यामेरामेन सुरज तामाङ हुनुहुन्छ भने कथा /सहाएक निर्देसक थर्च लामा हुनुहुन्छ र ध्वनी संकलन बिरेन्द्र कु याक्थुङ्बाको रहेको छ। कलाकारहरु श्री पाख्रीन तामाङ,सुनी तामाङ,सक्षम दोङ तामाङ, सन्तोष कुवर,गुराँस घ्लान तामाङ,उमेश बस्नेत,आरोही कोर्मोचा सुनुवार,बिष्णु मरासिनी, मनिशा श्रेष्ठ मुख्य भुमीकामा खेलेका छन भने बिरेन्द्र कु.याक्थुङ्बा (सुबाश),बिजय यादब,राजु रुजाल,पारु नानु,राम पाण्डे,भबीलाल सुनार,गणेश क्षेत्री,थर्च लामा,सन्जिव खाती लगाएत अन्य कलाकारहरुले सहायक भुमिकामा आफ्नो दमदार प्रस्तुती देखाएका छन।यस फिलिमको पोस्टर डिजाइनर प्रदिप धमला हुन भने यातायातको सुबिधाको लागि रुद्र केसी र दल बहादुर बुढाथोकीले अतुलनीय योगदान दिनुभएको छ साथै पर्दा पछाडी रहेर प्राबिधीकमा सहयोग गर्न चन्द्र खत्री र सुमन कार्कीले कुनै कसर नराखेको बताइएको छ।प्रदेशमा भोगिने राम्रा र नराम्रा दुबै वास्तविक पक्षलाई समेटेर बनाईएको यो फिलिम करिब चालीस मिनेटको छ र यसबाट धेरै सकारात्मक सन्देश जनमानसमा मिल्ने बिश्वास गरिएको छ।
बिरेन्द्र कु याक्थुङ्बा(शुभास) को सभापतित्व रहेको उक्त कार्यक्रमको प्रमुख अतिथी नेपाली महिला समाज कतारकी अध्यक्ष श्रीमती रेखा राई हुनुहुन्थ्यो भने विशेष अतिथी महिला ब्यबसायी तथा कानुनी अधिबक्ता सुश्री अम्बिका खत्री हुनुहुन्थ्यो। तेसैगरी अतिथीहरुमा किराँत याक्थुङ चुम्लुङ कतारका का.वा. महासचिब डम्बर मिशेक,संघीय लिम्बुवान मंच कतारका सल्लाहकार तथा जनजाती महासङ्घ परिषद कतारका सदस्य सागर लिम्बू,किराँत यायोखा साखा कतारका उपाध्यक्ष लोक बहादुर राई,म्हेन्दोमाया परिवार दोहा कतारका केन्द्रिय सदस्य गङ्गासिङ तामाङ,डि एक्स एन का सकृय सदस्य नगेन्द्र बि.क.,ट्रयाग्स युथ ग्रुप कतार फुटबलका सल्लाहकार पुर्ण श्रेष्ठ लगाएत विभिन्न संघ सस्थामा आवद्ध ब्यक्तीहरु हुनुहुन्थ्यो र समिक्षक को लागि बरिस्ठ ब्यक्तित्वहरु सन्ध्या ग्रुप अलखोर कतारका संरक्षक बिष्णु केसी,नेपाली प्रखर पत्रकार तिलबिक्रम थेबे र मुग्लानी सौगातका बिशेष सल्लाहकार तिल बहादुर बुढाथोकी हुनुहुन्थ्यो।
रास्ट्रीय गान गाइसकेपछी औपचारिक रुपमा निर्देशक सुरज तामाङ,सभापती बिरेन्द्र कु.यक्थुङ्बा,प्रमुख अतिथी रेखा राई,विशेष अतिथी अम्बिका खत्री समिक्षक बिष्णु केसी,तिलबिक्रम थेबे र तिल बहादुर बुढाथोकीबाट रिबन काटेर उद्घाटन गरिएको थियो। निर्देशक तथा क्यामेरा मेन सुरज तामाङले फिलिमको बारे छोटकरीमा बोलिसकेपछी उहाँकै हातबाट ब्यानर उद्घाटन गरी फिलिम सुरुवात गरिएको थियो।भने फिलिमको अबधीभर दर्सकहरु अति नै उत्तेजित हुँदै ताली बजाएर भरपुर मनोरञ्जन लिएको उक्त भिड्बाट छर्लङ्ग देख्न सकिन्थ्यो।
नेपाली प्रखर पत्रकार तिलबिक्रम थेबे ज्युले आफू पत्रकार भएको आधारमा साब्दिक र असाब्दिक दुबै पक्षबाट समिक्षा गर्दै यो फिलिमलाई कलिउड र हलिउडका मनग्गे रकम खर्चेर बनाइएका व्यावसायिक फिलिमसङ दाज्न नमिल्ने भन्दै केही भाषिक त्रुटि र प्राबिधिक रुपमा केही कमजोरी भएपनी सम्पुर्ण कलाकार निर्देशक ध्वनी संकलन कथा लेखनमा धेरै मिहिनेत गरिएको बताउदै समष्टिगत रुपमा फिलिम अत्यन्तै राम्रो भएको भन्दै छिट्टै प्रदेसी जीवन 3 पनि हेर्न पाउने आशा गर्दै सन्ध्या फिलिम्स प्रोडक्सन युनिटलाई सुभकामना दिनुभएको थियो।भने बिष्णु केसीले आफू एउटा सामन्य दर्सक भएर हेर्नुपर्दा विभिन्न संकट र समयका बाबजुद आफ्नो नियमित ड्युटी सकेर बनाइएको यो फिलिम यति राम्रो बन्ला भनेर आफुले सोच्दै नसोचेको बताउनुभयो।तेसैगरी तिल बहादुर बुढाथोकीले विभिन्न प्राबिधिक समस्या हुदाहुदै पनि यहाँसम्म फिलिम बन्नु धेरै राम्रो रहेको र आउने भाबी दिनमा नेपाल गएर व्यावसायिक रुपमा बनाउदा पनि राम्रो हुने सुझाव दिदै सुभकामना दिनु भएको थियो।
नेपाली महिला व्यावसायि तथा कानुनी अधिबक्ता अम्बिका खत्रीले पहिलोपटक यसरी प्रबासमा निर्मित नेपाली भिडियो दर्सकमाझ हेर्न पाएकोमा खुसी ब्यक्त गर्दै सुभकामना व्यक्त गर्नुभएकोथियो भने समारोहकी प्रमुख अतिथी रेखा राईले अझै प्रबासमा रहेका महिलाहरुका समस्याहरुलाई पनि उतार्न सके अझै सुनमा सुगन्ध थपिने थियो भन्ने सुझाब दिदै सन्ध्या फिलिम्स प्रोडक्सन युनिटको उत्तरोत्तर प्रगतीको कामना पनि गर्नुभएको थियो।समिक्षकहरुले औल्याइदिएका बिभिन्न कमजोरी तथा सुझाब सल्लाहलाइ मनन गर्दै आगामी दिनमा अगाडि बढ्ने मन्तब्य राख्दै उक्त कार्यक्रमका सभापति बिरेन्द्र कु. याक्थुङ्बाले कार्यक्रमको समापन गर्नुभएको थियो। भने कार्यक्रमको सन्चालन गणेश क्षेत्रीले गरेका थिए।
(भिडियो हेर्नको लागि तल क्लिक गर्नुहोस)
https://www.youtube.com/watch?v=BxrhVPCvxr4