मुग्लानी खबर फागुन १८
१ मार्च २०१९का दिन संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) केन्द्रिय कार्यसमिती कतार अन्तरगत सनाइया ३८, क्षेत्रीय समिती गठन भएको छ।
सलिसाम कतारका कार्यवाहक अध्यक्ष रेखा राइको प्रमुख आतिथ्य, महासचिव डम्बर लिबाङ, अर्थसचिव कुमारसिङ योङ्हाङ, विशेष सल्लाहकार धनप्रसाद सावा, सल्लाहकार देवि थेगुवा, केन्द्रिय सचिवालय सदस्यदय सुजन पराहाङ, लोक बहादुर कुरुम्बाङ, केन्द्रिय सदस्यहरु देबिन आङ्देम्बे, दिल्ली जबेगु, सिरिहाङ जबेगु, बिमला राई लगायको बिशेष उपस्तिथिमा सनाइया एसियन टाउन स्थित हिमालय रेष्टुरेन्टको सभाहलमा कर्ण हाङ्साम लिम्बू को अध्यक्षतामा १३ सदस्यीय सलिसाम "क्षेत्रीय समिती सनाइया ३८" गठन भएको हो।
उपाध्यक्ष उपेन्द्र ठटाल, सचिब सिखर खड्का, सह-सचिब राधा स्याम थापा, अर्थसचिब दिबेस केरुङ , सह अर्थसचिव दिनेस खड्का लगायत पदाधिकारी रहेका सो क्षेत्रीय समितिमा पवन लिम्बू ,सुजन चौधरी, डिक मान ईङनाम, रमेश मोक्तान, सन कुमार पराहाङ , बिरेन्द्र लिम्बू , नारायण बाहादुर केसि सदस्य रहेका छन।
नव गठिक समितिलाई प्रमुख अतिथि राइले संगठानिक गोपनियताको सफत गराएका थिए भने, सलिसाम कतार बारे बिस्तृत जानकारी, यश मञ्च को उद्देश्य, कार्यनीति र प्रवासी युवाहरुको भुमिका बारे महासचिव लिबाङले प्रष्टाएका थिए भने केन्द्रिय समितिका तर्फबाट उपस्थित सम्पुर्णले शुभकामना मन्तव्य समेत राखेका थिए।