मुग्लानी खबर डटकम
बिरेन्द्र याक्थुम्बा (सुबाश)
नयाबर्षको सुभ-अवसरमा वेल-कम नाईट २०१७ कतारको एशियन टाउन सनैया (ग्रान्ड मलको पछाडी ) डिसेम्बर ३०,तारिख शुक्रबार साझ ५ बजे कार्यक्रम भब्यताको साथ् हुदै छ । उक्त कार्यक्रममा कतारका दर्शकहरुको चाहानानुरूप नेपालबाट बिबिध बिदाका चर्चित राष्ट्रिय कलाकारहरु आउदै छन् । जस्मा क्रमश: बिगत केहि बर्षदेखी बिभिन्न प्रसंगमा चर्चाको केन्द्रमा छाईरहेकी ग्ल्यामर्श लोक गायिका तथा मोडेल ज्योति मगर पहिलो चोटी कतारमा आउदैछिन् त्यस्तै लोकदोहोरीका एकछत्र राजगरिरहेका लोकप्रिय गायक पशुपती शर्मा, युवा ढुकढुकी प्रमोद खरेल, अहिलेका चल्तीका नृत्याङ्गना तथा मोडेल रश्मी तामाङ्, सदाबाहार नृत्य निर्देशक तथा मोडल शंकर बि.सी, त्यस्तै अर्की मोडल तथा निर्देशक स्मृति तिमिल्सिना, चितपरिचित हास्य कलाकार जितु नेपाल, गायक रुप कुमार राई, गायिका कोपिला गुरुङ्, गायिका सहिमा श्रेष्ठ र नायिका तथा उत्घोषिका सुर्जनी के.सी लगायत दर्जनौ कलाकारहरु आउदै छन् ।
कतारमा चिसिदै गरेको मौसम भएकोले पनी दर्शकदिर्गमा भरपुर मनोरन्जन दिई तताउन कलाकारहरुले रोचक प्रस्तुत दिन कलकारहरु उत्साहित भएका छन् । कार्यक्रम सफलपार्न कार्यक्रमका संयोजक गोपाल न्यौपानेले भिभिन्न संघ सस्था तथा सयोगीहरुसंग समनब्य गरिरहेका छन् जसमा ......... आयोजक
IBOSS GLOBAL ले गरेको छ ! यो भन्दा अगीपनी स्थानीय कलाकार तथा केहि राष्ट्रिय कलाकार ल्याएर एक कार्यक्रम सफलपुर्बक गरिसकेको छ । संयोजक गोपाल न्यौपाने भन्नुहुन्छ, अहिलेको कार्यक्रम बृहत हुने भएकोले चुनौतीहरु पनि धेरै रहेकोले आइ-बोश ग्लोबल युनिट अहोरात्र खटिरहेको बताएका छन् ! ब्यापक प्रचार र ब्यबस्थापनका लागी कार्यक्रमका मुख्य ब्यबस्थापक आश बहादुर गुरुङले गरेका छन् अन्य बिशेष सहयोगी सस्थाहरु क्रमश अन्तराष्ट्रिय कलाकार मंचकतार शाखा, सन्ध्या गुप् सास्कृतिक बिभाग, नेपाल कला केन्द्र ,सुर सरगम साधना, युनी डान्स क्रियु र मितेरी फिल्म्स.सांस्कृतिक समूह रहेका छन् ।
विशेष सहयाेगीहरू शक्ति क्षेत्री, विरेन्द्र कुमार याक्थुम्बा,रित कुमार श्रेष्ठ आदि रहेका छन् अनलाईन मिडियाहरुमा क्रमश: मुग्लानी खबर डटकम, सेल्फी टिभी, लाईट नेपाले डटकम, सिधा ड्रसिट डटकम र साझा नेटवर्क डटकम रहेका छन् कार्यक्रम हेर्नलाई दर्शकहारुमाझ टिकटदर निम्नानुसार तोकेको छ । क्रमश:
Qr. 35,50,75 र 100 रहेको छ । टाडा टाडका दर्शकहरुलाई सुबिधाको लागी ५० जना जति संख्या भए आउँन-जान बसको ब्यबस्था आयोजकले गर्ने भएको जानकारी राज बिरहीले बताएका छन् । त्यस्तै कार्यक्रम ५:०० बजे शुरुहुने भएपनी हलको गेट भने २;०० बजेनै खुल्ने प्रमुख सल्लाहकार नेत्र न्याैपानेले बताएका छन् ।