मुग्लानी खबर- ११ फाल्गुन
"नवलपुर बासीको एकता,आजको आवस्यकता" भन्ने मुल नारा बोकेर गठन भएको नवलपुर सेवा समाज कतारको आयोजनामा प्रथम बनभोज कार्यक्रम -२०१९ हिजो फेब्रुअरी २२ तारिखका दिन भब्यताका साथ सम्पन्न हुनुका साथै पिताम्बर चापागाईको अध्यक्षतामा २५ सदस्यीय तदर्थ समितिको गठन भएको छ।
कतारको सहानिय स्थित अलदोसरी पार्क मा भएको बनभोज कार्यक्रमलाई तीन चरणमा सन्चालन गरिएको थियो। प्रथम सत्रमा नवलपुर सेवा समाज कतारको बनभोज कार्यक्रमका सम्योजक ऋषि कुमार वाग्लेको सभापतित्वमा भएको हो।
साथै नवलपुर बाट कतारमा कार्यरत नेपाली दाजुभाई दिदिबहिनि हरुको विशेष उपस्थितिमा उक्त कार्यक्रम भएको हो।नेपालको राष्ट्रीय गान गाएर शुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई मन्तब्य मार्फत कृष्ण रिमालले स्वागत गरेका थिए।
त्यसै गरि उक्त बनभोज कार्यक्रमको लक्ष्य उदेश्यहरुका बारेमा देव परियारले स्पष्ट पारेका थिए ।नवलपुर सेवासमाज किन गठन गर्नु पर्यो? अहिलेको आवस्यकता के कति कारणले छ? यो समाजले जिल्ला मात्र नभई सिङ्गो देशको समृद्धिमा के भुमिका खेल्छ? भन्ने बारेमा शुरेस भट्टले थप प्रष्ट बनाए।
बिशेष गरि सास्कृतिक मनोरञ्जन रहेको उक्त कार्यक्रममा नेपालको पश्चिम क्षेत्रमा चर्चामा रहने र सधै आफ्नो मौलिक पनको आभास गराउने लोक दोहोरी नै मुख्य आकर्षक थियो जसमा नेपालबाट आउनुभएकी बिभिन्न्न गीतहरुमा आफ्नो शुरिलो स्वर दिईसक्नु भएकी पछिल्लो समयमा "ए ठुले" जस्तो आईटम गीतबाट ह्वात्तै चर्चा कमाउन सफल गायिका गिता भट्टराई का साथमा गणेश क्षेत्री ,महेन्द्र थापा,रबि पुलामी मगर,गीता गैरे सापकोटा,दिपा अर्याल शर्मा,लगाएत साथिहरुको दोहोरी घम्साघम्सीले थप रमाइलो महसुस गरायो। पहिलो सत्रको कार्यक्रम अर्जुन शर्माले सहजीकरण गरेका थिए।
गणेश क्षेत्रीद्वारा सन्चालित दोस्रो सत्रको कार्यक्रममा नवलपुर सेवा समाज कतारका अध्यक्ष पिताम्बर चापागाईको अध्यक्षतामा भएको थियो भने आसण ग्रहण गर्नेहरुमा अर्जुन श्रेष्ठ र खगराज खत्री रहेका थिए।
आसन ग्रहण पश्चात् सम्पुर्ण उपस्थित नवलपुरे दाजुभाई दिदिबहिनिहरुलाई खुल्ला रुपमा नवलपुर सेवा समाज कतारको तदर्थ समितिकोलागि उपाध्यक्ष, सचिब, कोषाध्यक्ष र सदस्यहरुका लागि स्वस्फूर्त रुपमा आफ्नो नाम दिन ५ मिनेटको समय आह्वान गरिएको थियो जसबाट कसैको नाम न आयपछी समाजले पिताम्बर चापागाईको अध्यक्षतामा २५ सदस्यीय कार्यसमिति को नामवली तयार पारेको हो।
जस अनुसार:
१ :अध्यक्ष - पिताम्बर चापागाई २: वरिष्ठ उपाध्यक्ष -ऋषि कुमार वाग्ले ३:उपाध्यक्ष -भिम भट्टराई र गोमा थापा ४: महासचिव - रघु शर्मा ५: सचिब- कृष्ण प्रशाद रिमाल ६: कोषाध्यक्ष -सुर्य नारायण सापकोटा ७: सह- कोषाध्यक्ष - यज्ञ गैरे रहेका छन त्यसै गरी एक जना रिक्त सद्स्यको छिट्टै पद पुर्ती गर्ने गरी १६ सदस्यहरुलाई मनोनयन गरेको छ ।
जसनुसार सदस्यहरुमा
१:रमेश लामा २: प्रकाश सुनार ३:पिताम्बर बिक ४: गीता भट्टराई ५ :धुर्ब राज बिक ६: खिम सुनार ७: राम कुमार श्रेष्ठ ८ : महेन्द्र राना ९: निर्मल गौली १०: अर्जुन भुषाल ११: सुदिप फेवली १२: अन्जित रेग्मी १३: सन्जय रिजाल १४: बिनोद न्यौरे १५:सन्जय सुनार र १६ रबि पुलामी मगर रहेका छन।
त्यसैगरी नबगठित कार्यसमितिलाई हरेक समयमा सुझाब सल्लाह दिनको लागि ५ जना सल्लाहकारहरुको बालकृष्ण न्यौपाने ,देव परियार,अर्जुन श्रेष्ठ ,शुरेश भट्ट र खगराज खत्रीलाई चयन गरिएको छ भने संरक्षकमा अर्जुन शर्मा र सस्थापक संरक्षकको रुपमा केशब ढकाललाई चयन गरिएको हो।
सम्पुर्ण तदर्थ समितिबाट गठीत कार्यसमिति का सम्पुर्ण पदाधिकारीहरुको नामवली घोषणा गरिएको थियो।कार्यक्रम र नवलपुर सेवा समाजलाई प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा सहयोग पुर्याउने सम्पुर्ण ब्यक्तित्वहरुलाई सम्मान पत्रद्वारा सम्मान ब्यक्त गरिएको थियो। नवगठित कार्यसमितिलाई खगराज खत्री र बालकृष्ण न्यौपानेले हरेक समयमा समाजको लागि तन मन वचन र कर्मले सहयोग पुर्याउने प्रतिबद्धता जनाउदै बधाई तथा सफल कार्यकालको शुभकामना ब्यक्त गरेका थिए।दोश्रो सत्रको कार्यक्रम समग्र रुपमा सभ्य भब्य भएको भन्दै नबगठित कार्यसमितीका पदाधिकारीहरुलाई बधाई तथा सुभकामना दिदै उपस्थित सम्पुर्ण नवलपुर बासीहरुलाई धन्यवाद दिदै दोश्रो सत्रको कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
नवलपुर बासी आफैले बनाएका मौलिक खाना साथै पुलाउ खसीको मासुका विभिन्न परिकारको ग्रहण पश्चात् सास्कृतिक कार्यक्रम नृत्यहरु ,विभिन्न साहित्यिक कोसेलीहरु दोहोरीहरुका धमका भएका थिए तेस्रो सत्रको कार्यक्रमको सहजीकरण कृष्ण प्रसाद रिमाल ले गरेका थिए भने अन्त्यमा सम्पुर्ण उपस्थित दाजुभाई तथा दिदिबहिनिहरुलाई यो न्यानो साथ माया हौसलाको लागि धन्यबाद दिदै कार्यक्रमका सम्योजक तथा सभापती ऋषि कुमार वाग्लेले कार्यक्रम समापनको घोषणा गरेका थिए।