मुग्लानी खबर- ११ फाल्गुन
प्रदेश नं १ समन्वय परिषद कतारको समन्वय तथा आवद्ध ११ जिल्ला संस्थाहरुको आयोजनामा कतारमा हिउँदे उत्सव,रमाइलो बनभोज तथा सास्कृतिक कार्यक्रम गत २२ फेब्रुअरीशुक्रवारका दिन मिसाईद स्थित अम्वाज ग्लोवल भिलेज क्याम्प प्राङ्गणमा भव्यताका साथ सम्पन्न भएको छ ।
विगतका वर्षमा जिल्ला संस्थाहरुले फरक फरक समयमा वनभोजको रुपमा मनाउदै आएकोमा अहिले देखि यो कार्यक्रमलाई प्रदेश नं १ समन्वय परिषदको समन्वयमा सामुहिक रुपमा मनाउन सुरु गरिएको र कार्यक्रमको नाम "विन्टर आउटडोर फेस्टिभल २०१९" राखिएको थियो ।
सस्थाका अध्यक्ष चुडामणि कार्कीको सभापतित्वमा र नेपालबाट आमन्त्रित राष्ट्रिय लोक गायक तथा संगीतकार सम्भु राइको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थिए भने कतारमा रहेका बिभिन्न सामाजिक संघ सस्था,बुद्दिजीवी ब्यक्तित्व,पत्रकार लगायतको बाक्लो उपस्थित रहेको थियो ।
सभापति कार्कीले उपस्थित सम्पूर्णलाइ स्वागत मन्तब्य बाट स्वागत गर्दै बिगतमा संघसस्थाले केवल मनोरंजन लाइ मात्र प्राथामिकता दिएपनि संस्थाको प्रथम साधारण सभाले नै निर्णय गरि प्रदेश नं १ समन्वय परिषदले १४ वटा नै जिल्लावाट विदेशमा रहेर कार्यरतहरुलाई समेटेर सामुहिक व्यवसाय प्रबर्द्धन गर्ने उद्देश्यका साथ "ईष्टर्न होल्डिंग कम्पनी" संचालनमा ल्याएको बताए । संस्थामा आवद्धहरुको लगानीमा यो कम्पनी संचालनमा आएको र सो को वारेमा विस्तृत जानकारी समेत सो कार्यक्रममा दिइएको थियो ।
बिशेष अतिथि एनआरएन ए कतारका अध्यक्ष नबिन पोखरेलले सयुक्त संघसस्था बाट प्रतिनिधित्व गर्दै प्रदेश नं १ समन्वय परिषद कतारले आज पृथक बनभोज कार्यक्रम गरेको बताए । कतारमा सास्कृतिक कार्यक्रम मात्रै गरिराख्नु भन्दापनि यस्ता देस सम्वृद्धि बनाउने कार्यक्रम,सामाजिक जन चेतना बढाउने कार्यक्रम गर्दा एउटा छुट्टै सन्देस जाने र यसले हामि नेपाली लाइ सकारात्मक दिशा तर्फ जान मद्दत पुग्ने भन्दै सस्थाले ल्याएको योजना चाडै कार्यन्वयन होस भन्ने कामना गर्दै कार्यक्रम सफलताको सुभकामना दिए ।
कार्यक्रममा प्रदेश नम्बर एकका "
धार्मिक सास्कृतिक रितिरिवाज तथा सस्कृती" सम्बन्धी र
सम्वृद्धि सपना र चुनौती विषय बारेमा बहस कार्यक्रम संचालन भएको थियो,जस्मा कतारमा रहेका केहि सामाजिक ब्याक्तित्व,बुद्दीजीवि हरु कमल मणि गुरागाई,टीबी कार्की,सनी कुमार ओली र कुमार कार्की गरि ४ जना ब्यक्तित्वहरुलाई निम्ताइएको थियो जसको सहजीकरण बिनोद भट्टराईले निकै रोचक तरिकाले गरेका थिए ।
बहस कार्यक्रममा कसले के भने !
१ क)
कमल मणि गुरागाई : नेपालको कुनै पनि क्षेत्रमा नभएको किरात सस्कृती पूर्वमा पाइन्छ, त्यस्तै हिन्दुहरुका धार्मिक स्थल बराहाक्षेत्र तथा हलेसी लगायतका सम्पदाहरुलाई उल्लेख्य रुपमा प्रचार प्रचार गरि बिशेष पर्यटकीय क्षेत्र निर्माण गर्न सक्नुपर्छ ! नेपाललाई समृद्धि तर्फ उन्मुख गराउन गैर आवासिय नेपालि संघले ठुलोभूमिका खेल्न सक्छ,आफुले सिकेको सिपलाइ नेपालमा गएर लागु गर्दै नेपाल सरकारलाई यसबारेमा घच्घच्याउनु पर्छ।
२.ख)
टीबी कार्की : नेपालको पुर्वमा रहेका लोपोन्मुख जातीहरु ,लिम्बु,राइ,सुनुवार राजबङ्शी लगायतका जातिहरुको धर्म सस्कृति रितिरिवाज परम्परा,संरक्षण सम्बर्द्धन र प्रबर्दन गर्नुपर्छ धार्मिक स्थलहरु खोटाङ पाथिभरा जस्ता महत्व पूर्ण क्षेत्रलाइ बिस्वभर प्रचार प्रसार गरेर पर्यटक आगमन हुँदा आर्थिक बिकासको निम्ति प्रदेश नम्बर एकलाई टेवा पुग्न सक्छ तस्तै समृद्धि नेपाल बनाउने सरकारलाई चाहिने युवा बिदेशमै रहेकोले भौतिक रुपमा सिकेको सिप लाई नेपाल सरकारले नेपालमा बोलाएर सदुपयोग गर्न सक्नुपर्छ ।
३. ग)
सनिकुमार ओलि : सास्कृतिक धार्मिक रुपले नेपाल अरुदेश भन्दा पृथक छ ।नेपालको संबिधानले देसलाइ धर्म निरेपेक्ष घोषणा गर्दै सबै नागरिक एउटै भएका छौ तसर्थ नेपालमा बस्ने नागरिकले धर्म सस्कृती रितिरिवाज लाई कसरी संरक्षकण सम्बर्द्धन प्रबर्द्धन गर्नुपर्छ त्यो मुख्य कुरा हो ! समृद्धि सबैको साझा सपना हो, प्रदेश नम्बर एक सस्कृती रुपले धनी प्रदेश हो । यहाँ हाम्रा अमुल्य सम्पती छ्न बिदेशीएका युवाले बिदेशमा पनि प्रचार प्रसार गर्दै उपयोग गर्न सिक्नुपर्छ,आआफ्ना ठाउमा भएका सम्पदालाई बिस्वभर चिनाउन सकेउ भने तब मात्र समृद्धि आउछ।
५, घ )
कुमार कार्की : पूर्वमा हाम्रा सस्कृति अनेकौ छन तरपनि हामिले फाइदा लिन सकेका छैनौ तेस्को लागि सरकार मात्र होइन नागरिक स्तर बाटपनि पहल थाल्न जरुरी छ ! देश समृद्धि बनाउनु सबै नागरिक दायित्व र कर्तब्य पनि हुन आउँछ।
बिदेशमा रहेका नेपाली लाई नेपालमा लगानी गर्ने बाताबरण बनाउन सरकार बाट स्पष्ट निर्देशन खाका,सुरक्षा ब्यबस्था मिलाउन जरुरत हुन्छ ! कतारमा रहेका प्रदेश नम्बर एकका नेपालीले स्थापना गरेको ईष्टर्न होल्डिंग जस्ता कम्पनी संचालनमा ल्याएको खण्डमा पनि देश समृद्धि बनाउन सहज हुन्छ ।
प्रदेश नंका ११ जिल्ला संस्थाहरुको संयुक्त आयोजनामा भएको कार्यक्रममा विविध धार्मिक तथा सांस्कृतिक झाँकी, पर्यटन प्रबर्धनका लागि प्राकृतिक दृष्यहरु सहितका स्टलहरु, उद्यमशिलता प्रवर्धन तथा जानकारीका लागि विदेशमा रहेर नेपालमा संचालन भईरहेका विभिन्न कम्पनीहरुको विवरण सहितका विभिन्न स्टलहरु राखीएका थिए।
स्थानिय गायक अर्जुन अवस्थीले मेरोदेस नेपाल बोलको गीत गाउदै सांगीतिक कार्यक्रम शुरु गरिएको थियो भने कवी तिर्थ सङम राईले "छोरी र मेरो देश " भन्ने कविता वाचन गरे । अर्का गायक साहरुक सुन्दासले “ पिउदैन भन्दा भन्दै पिलायो साथीले” गौतम लिम्बु,सुनिता लिम्बूले “सुर्खे थैली खोइ मनिराज तामाङले के भन्ने हाम्रो समय बोलको गीत गाउदै उपस्थित सम्पूर्ण दर्शक स्रोताहरुलाई भरपुर मनोरंजन दिलाए ।
मगर जातिको प्राचिन नाच बिशेष गरि नेपालको पूर्वीय भागमा नाचिने हुर्आ नाच र किराँती राई जातिको मौलिक नाच" साकेली सिलि" पनि कार्यक्र्मको विशेष आकर्षक रहेको थियो ।
कार्यक्रममा नेपालबाट आएकी अतिथी गायिका अन्जु गौतमले झम्के मायालु, धरान धनकुटा,जता हेरेपनि हजुर पुर्बै रमाइलो, जस्ता चर्चित गीत गाएपछी ननाच्ने दर्शक श्रोताहरुलाई पनि नाच्न कर लाग्यो।
कार्यक्रमका प्रमुख अथिति तथा बरिस्ठ लोक गायक संगीतकार सम्भु राइले तिमिले बिर्सेनि लाखै छ,थुन्चेको भारी बिसाउदै, हिउँ जस्तै गोरि हिमालकि छोरि, चिठी तिमीलाई लेखु भन्थे जस्ता बहु चर्चित गीत पस्किदा साचिनै कार्यक्रमको माहोल ततायो।
कार्यक्रममा खेलकुदपनि समाबेश गरिएको थियो जसमध्ये म्युजिकल चियरमा करिव दर्जन बढी प्रतियोगीले सहभागिता जनाएका थिए जस्मा एलिना कार्की तेस्रो भैइन भने दोस्रोमा टीका दुलाल र पहिलो सृजा खतिवडा हुन सफल भैइन । त्यस्तै अर्को हाडी फुटाइ खेलमा तेस्रो टीका चौलागाईं, दोस्रो नवराज पौडेल र प्रथम चिरिन्जिवी तिमिल्सिनाले जित्न सफल रहे त्यस्तै फुटबलमा पनि बिजेता टिमलाई र दोस्रो हुने टिमलाई पुरस्कार बितरण गरिएको थियो भने कार्यक्रमको अन्त्यमा आयोजक सस्थाले नेपाल बाट आमन्त्रित अतिथी कलाकार लाई नेपाल गीत संगीत प्रती दिएको योगदानको उच्च कदर गर्दै दोसल्ला ओढाइ प्रमाणपत्र बाट सम्मान गरिएको थियो ।
उक्त कार्यक्रमको सहजीकरण भने सस्थाका सचिव टि एन बरालले गरेका थिए ।