मुग्लानी खबर- ८ फाल्गुन
अमेरिकि भुतपुर्ब राष्ट्रपती अब्राहम लिंकन को भनाई अनुसार (Democracy is a Government of the people ,for the people and by the people) अर्थात " जनताका लागि र जनताद्वारा जनताकै निम्ति गरिने शासन ब्यवस्था नै प्रजातन्त्र हो"।
यस परिभाषाले प्रजातन्त्रलाई जनताको सार्वभौम अधिकारको रुपमा स्विकारेको छ।प्रजातन्त्र जनकेन्द्रीत शासन ब्यवस्था हो । शासनमा जनताको सहभागिता रहन्छ र शासनको केन्द्रबिन्दुमा जनतानै रहन्छन ।राजा र प्रजाको अथक प्रयासबाट २००७ साल फाल्गुण ७ गतेको दिन जनताको ईच्छा र संघर्ष बमोजिम प्रजातन्त्रको स्थापना भएको कुरा सर्बबिदितै छ ।नेपालको राजनीतिमा प्रभाव पार्ने अन्तिम र सर्वाेच्च शक्ति नेपाली जनता नै हुन्। खेतमा किसानको मेहनतले मात्र धान फल्छ, नत्र घाँसपातको साम्राज्य फैलन्छ। सानो मुलुकमा जनताको जागरुकता र एकताले मात्र जनताको राजनीति विजयी हुन्छ, नत्र बाह्य हस्तक्षेप र प्रतिगमन बलशाली भइदिन्छ। नेपालको संबिधान २०७२ मा सार्बभौमसत्ता नेपाली जनतामा रहने ब्यवस्था अनुरुप नेपाली जनताबाट निर्वाचित प्रतिनिधिले शासन गर्दै छन । प्रजा भनेको जनता र तन्त्र भनेको शासन हो । यसकारण प्रजातन्त्र भन्नाले जनताको शासन भन्ने बुझाउछ । प्रजातन्त्रमा सम्पूर्ण जनताको जीउ धनको सुरक्षा गर्ने अधिकार सरकारको हुन्छ । जनताका प्रतिनिधिले सरकारमा गई शासन गर्न थाले पछि जनताको हित र रक्षाको लागि शासन संचालित हुनु पर्दछ र आम जनताले आफु सुरक्षित भएको महशुस गर्न पाउनु पर्छ तर खै!! कहिले आम जनताले प्रजातन्त्रको आभास गर्न पाउने ?????????
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको एकवर्ष पूरा भएको छ । एक वर्ष बित्दानबित्दै काठमाडौंमा पानीजहाज कार्यालय उद्घाटन गरेका उनले ‘पुल उचालेर भएपनि पानीजहाज चलाउने’ अभिव्यक्ति दिए । समृद्ध नेपाल र सुखी नेपालीको नारा दिएको ओली सरकारले एक वर्षे कार्यकालमा भ्रष्टाचार, दण्डहिनता, अपराध लगायतका बेथिती निकै बढेको अवस्था छ। उनले भ्रष्टाचार निमिट्यान्न पार्ने र भ्रष्टाचारीलाई नसहने अभिव्यक्ति दोहोर्याइरहदा उनकै शासनकालमा भ्रष्टाचार झन् संस्थागत हुँदै गएको छ । १२ महिने शासनकालमा जनतामा आशा जागेको पटकै छैन जनतामा निराशा मात्रै छाएको अवस्था छ। तर भ्रष्टाचार र दण्डहिनताका अनेक काण्डहरु भने एकपछि अर्को गर्दै घटित भइरहे । निर्मला पन्त हत्याकाण्डदेखि वाइडबडी भ्रष्टाचारसम्म, एसिया प्यासिफिक समिटदेखि ३३ किलो सुनकाण्डसम्म, पछिल्लो एक वर्षमा विवादास्पद काण्डहरु प्रशस्तै सतहमा आए ।
१. ३३ किलो सुनकाण्ड
२. मोदीको नागरिक अभिनन्दन काण्ड
३. कर काण्ड
४. निर्मला बलात्कार तथा हत्याकाण्ड ।
५. सिण्डिकेट काण्ड
६. कुलपति काण्ड
७ ‘सिधा प्रश्न’ काण्ड
८. मार्सीभात काण्ड
९. शेरबहादुर काण्ड
१०. डा. केसी अनसन काण्ड
११. वाइडबडी काण्ड
१२. एसिया प्यासिफिक समिट काण्ड
१३. झुटो तथ्याङ्क काण्ड
१४. पप्पु काण्ड
१५. मेलाम्ची ठेकेदार काण्ड
१६. सुख्खा बन्दरगाह काण्ड
१७. पोल पोलमा प्रधानमन्त्री काण्ड
के यही हो प्रजातन्त्र ????
२००७ सालमा प्रजातन्त्रको उदय भए पछि जनताले बोल्ने, पढने, लेख्ने लगायतका अधिकार प्राप्त गरे भने । २०१५ सालमा नेपाल अधिराज्यको संबिधानको घोषणा भयो । संबिधानको घोषणापश्चात संसदिय आमनिर्वाचन सम्पन्न भयो । जनताले नेपाली कांग्रेसलाई दुई तिहाई बहुमतले बिजय तुल्याए । डेढ बर्षको संसदिय अभ्यास पछि २०१७ साल पौष १ गते संसदिय ब्यवस्था असफल रह्यो । ३० बर्षको अनवरत संघर्ष पश्चात पुनः २०४६ सालको जनआन्दोलनले पञ्चायती ब्यवस्थाको पुनस्र्थापना गर्यो । नेपाली आमाका सन्तानहरुले लोकतन्त्रका लागि प्राणको आहुति दिए । २०४७ सालको संबिधान नेपालमा मात्रहैन बिश्वमानै उत्कृष्ट कहलियो । नेता भनाउदाहरुले महान गल्ती गरे म कहाँबाट कसरी के का लागि प्रतिनिधि बनेर आएको हु । आम जनता प्रति मेरो दायित्व के हो भन्नेकुरा पूर्णरुपमा बिर्से । सांसदहरुले राष्ट्र र जनताको भलो छोडेर नाताबाद कृपाबादको दुनो सम्याए । सांसदहरुको किनबेच, सुत्केरी भत्ता, दलित तथा सहिदको कोटामा आफन्तलाई बिभिन्न ठाउमा भर्तीगरेको कटु यर्थाथलाई नेपाली जनताले कहिल्यै बिर्सन सक्दैन्न ।
२०५२ साल फाल्गुन १ गतेका दिन तत्कालिन नेकपा माओवादीको जन्म भयो । अछाम, दाङ बाँदरमुडे जस्ता मानव नरसंहारका कार्य भए । पार्टीप्रती जनताले बिश्वास गर्न छाडे । जनयुद्ध घोषणा भए यता हत्या र हिंसाका सामाचारहरुले अखबारका पानाहरु भरिदै गए । बारिबाट मुला ल्याएर काटेझै एक नेपालीले अर्को नेपालीलाई काटदै गए । देसमा संकटकाल लागु भयो । मान्छे अपहरण गर्ने, बेपत्ता पार्ने तथा मारिनेक्रम बढदै गयो । पति पत्नी सुतिरहेको ठाउबाट पति बेपत्ता भएको र पत्नीले बलात्कारको सिकार हुनुपरेको दर्दनाक अवस्थाको सामना नेपाली आमाका चेलीले गर्नु पर्यो । १७ हजार भन्दा बढीले ज्यान गुमाए । हजार भन्दाबढी बेपत्ता छन । अपांग कत्ति भए भन्ने तथ्यांक नेपाल सरकार तथा त्यस क्षेत्रमा कामगर्ने सस्थाले बाहिर ल्याउन सकिरहेको छैन ।
२०६३ को शान्ति संझौता पश्चात पनि माओवादी, कांग्रेस एमाले जस्ता ठुला भनाउदा पार्टीले सत्ताको बागडोर समाले । जनतालाई नया नेपालको सपना देखाए । हामी प्रजातन्त्र, लोकतन्त्र, गणतन्त्र, मानवअधिकार, नया नेपाल, संघियता सहितको नया नेपाल, पहिचान सहितको संघियता, समाबेशिता, स्वतन्त्रता र समानता सहित नया नेपालको कुरा गरि रहेका छौ तर आम जनताले शान्तिको लामो श्वास लिन सकेको छैन । मधेश आन्दोलनमा करीब ६० जना शहिद भएको अवस्था छ । संघियताकै क्रममा कैलालीको टीकापुरमा नेपाल प्रहरीका एसएसपी देखि जवान सम्मका गरी ८ जना र दुई बर्षका नावालक समेत ९ जनाले ज्यान गुमाए । जनता गासबास कपासको कसरी जोहो गर्ने भन्ने चिन्तामा रात दिन रुमलिनु परेको छ।के यहि हो लोकतन्त्र? के यहि हो गणतन्त्र ??लोक गायक पशुपति शर्माको गित माथि प्रतिबन्ध र धम्की ले जनताको मौलिक हक र अधिकार माथी बन्देज लगाउने अनि यहि वाक स्वतन्त्रत? यहि हो लोकतन्त्र??