मुग्लानी खबर- फागुन ४
सन्ध्याग्रुप कतारलाई विभिन्न समयमा दिएको योगदानको कदर गरि प्रवासि भुमी कतारलाई बिट मार्दै स्वदेस फर्किन लागेका इन्द्र खड्का,चन्द्र खत्री,कमल दाहाल,ओम बिमली नबराज तिमिल्सिना लाई एक कार्यक्रम बिच अबिर, खादा तथा सम्मान पत्र हस्तान्तरण गर्दै बिदाइ कार्यक्रम गरेको छ ।
बिदाइ गरिएका ब्याक्तीहरु सस्थाको हकहितको निम्ति लड्ने,परि आएको खण्डमा हरेक क्षेत्रमा सक्रिय हुने,समाज क्षेत्रमा अग्रसर ब्याक्तित्व हरु हुन ।
आफ्नै सभाहलमा भएको कार्यक्रममा अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाको सभापतित्व तथा सस्थापक अध्यक्ष तथा निर्देशक सुरज तामाङ,बिष्णु भण्डारि,प्रकाश चौलागाईं,मीन बहादुर मगर लगाएत विभिन्न संघ सस्थाबाट उपस्थिति रहेको थियो ।
कार्यक्रममा बिदाइ भएर जान लागेका ब्याक्तित्वहरु कमल दाहाल,ओम बिमली,नबराज तिमिल्सिना,इन्द्र खड्का,चन्द्र खत्रीले आफ्नो मन्तव्य राख्दै कतार बसाइको क्रममा भोगेका तिता मिठा कुराहरु सिकेका सिपहरु नेपालमा गएर लागू गर्न सहज हुने बताए ।
प्रवास बसाईको क्रममा लामो समय कार्य गर्दा कतै कसै सङ जानी नजानी आफुहरु बाट गल्ती भएको भए सरी माफी भन्दै सन्ध्याग्रुपले गर्दा धेरै कुरा सिक्न अवसर मिलेको भन्दै सस्थाले बिदाइ गरेर स्वदेश फर्किए र भौतिक रुपमा टाढा भएपनि मन भने सङै हुने बताए ।
त्येस्तै सस्थापक अध्यक्ष तथा निर्देशक सुरज तामाङले बोल्दै आज बिदाइ भएर जान लागेका साथीहरु एउटा सामाजिक उत्तरदायित्व बोध जिम्मेवारीबहन भएकोले उहाको बिदाईमा सन्ध्या ग्रुप अल्खोर कतार अपुरो हुनेछ तर समयको चक्र सङ्गै कहिले मन कहिले बिछोड यो प्रकृतिको नियम भएकोले सहज रुपमा लिनुपर्ने बताउदै सफल यात्राको कामना गर्दै नेपाल पारिबारिक बसाइ र उदेश्य सफल रहोस भन्ने कामना गरे ।
कार्यक्रमको अन्त्यमा सभापती बिरेन्द्र कुमार याक्थुम्बाले बिदाइ भएर जाने साथीहरुले सुरुवाती कालदेखी सस्थामा गरेका योगदानको बिशेष चर्चा गर्दै उहाँहरु बिदाइ भएर गएपनि सस्थाले सधै स्मरण गर्नेछ भन्दै शुभकामना सहित कार्यक्रमको समाप्त भएको घोषणा गरेका थिए । कार्यक्रमको सहजिकरण महासचिव सन्तोष उक्त कुवर र स्वागत मन्तब्य भेष धिमालले दिएका थिए।