मुग्लानी खबर फाल्गुन २
गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतारले आदिवासी जनजातीहरूले मान्दै आएका पर्वहरूकोअवसरमा शुभकामना आदान-प्रदान कार्यक्रम मिति १३ फ्रेबुअरी २०१९ का दिन दोहा स्थित केरला कल्चर सेन्टरकोहलमा जनजातीहरूको उल्लेख्य उपस्थितिका बिच सम्पन्न भएको छ ।
संघका काबा अध्यक्ष तेज कटुवालको सभापतित्व, एनआरएनए आईसीसी मध्यपूर्व संयोजक आर.के. शर्माकोप्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथिहरू आईसीसी सदस्य कुमार कार्की, प्रवासी नेपाली मंचकाअध्यक्ष चानख पोखरेल, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिव भुजेल रहनुभएकोथियो ।
त्यसैगरी अतिथिहरूमा एनसीसीका सल्लाहकारहरू, नेपाल प्रवासी आदिवासी जनजाती महासंघमा आवद्ध मातृसंस्थाहरू, महासंघका सल्लाहकारहरू रहनुभएको थियो ।
कार्यक्रममा मन्तव्य राख्नुहुदै प्रमुख अतिथि आर.के. शर्माले चांड पर्वसंग सम्बन्ध राख्ने सबै जाती रनेपालीहरूलाई शुभकामना व्यक्त गर्नुभयो । त्यसैगरी विशेष अतिथिहरू आईसीसी सदस्य कुमार कार्की, प्रवासीनेपाली मंच कतारका अध्यक्ष चानख पोखरेल र नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका अध्यक्ष शिवभुजेलले शुभकामना व्यक्त गर्नुका साथै सम्पूर्ण जातीहरूको सम्मान स्वरूप शुभकामना आदान-प्रदान कार्यक्रमआयोजना गरेकोमा एनसीसी कतार प्रति धन्यवाद व्यक्त गर्नुभयो
कार्यक्रममा शुभकामना आदान-प्रदानका साथै विशेष गरी आदिवासी जनजातीहरूले मान्दै आएका पर्व र त्यसकोमहत्वबारे महासंघमा आवद्ध मातृ संस्थाका प्रमुखहरूले संक्षिप्त जानकारी दिनुभएको थियो ।
सो क्रममा चासोक तङ्नाम बारे किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र लिम्बू, फो ल्होसार बारे तमू(गुरुङ) समाज कतारका अध्यक्ष भाईकाजी गुरुङ, साकेला उधौली बारे किरात राई यायोख्खा शाखा कतारकाअध्यक्ष एकराज राई, मञ्जुश्री सम्वत् २८५५ सोनाम ल्होछार बारे नेपाल प्रवासी तामाङ समाज कतारका प्रथमउपाध्यक्ष तेज मोक्तान तामाङ, माघी पर्व बारे थारु कल्याणकारी सभा कतार च्याप्टरका सभापति श्यामलालचौधरी, रापवा स्यादर पिदर बारे सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष सामुयल सुनुवार, उधौली पर्व(प्हुगाल पारिम) बारे प्रवासी भुजेल समाज कतारका अध्यक्ष, म्हँ पूजा बारे नेवा पुच कतारका काबा अध्यक्ष राजुमहर्जन र शेर्पा किदुग दोहा कतारका अध्यक्ष आङ ङवाङ कुसाङ शेर्पाले आ आफ्नो जातीले मान्दै आएको पर्व रत्यसको विशेषता बारे संक्षिप्त जानकारी राख्नुएको थियो । सो अवसरमा शुभकामनाका साथै विभिन्न जातीय संस्कार झल्किने सांस्कृतिक प्रस्तुतिहरू पनि प्रस्तुत गरिएकोथियो ।
अन्त्यमा कार्यक्रम समापन गर्नुहुदै कार्यक्रम सभापति संघका काबा अध्यक्ष तेज कटुवालले सबैलाई धन्यवादव्यक्त गर्नुभयो । उहाँले एनआरएनए एनसीसी कतारले जनजाती लगायत सम्पूर्ण नेपालीहरूको चांड पर्वहरूमाकार्यक्रम आयोजना गरी विविन्न तवरबाट शुभकामना आदान-प्रदान गर्दै आएको र त्यसको शिलशिला निरन्तररहने पनि बताउनुभयो । यसै समयमा जनजातीहरूले मान्ने गरेका केही चांड पर्वहरू गईसकेका र केही आउन बाँकीरहेको सन्दर्भमा सबैको प्रतिनिधित्व हुनेगरी सबैको सम्मान स्वरूप आयोजना गरिएको
कार्यक्रममा सोचेजस्तै उपस्थितिको रहेकोमा खुसी व्यक्त गर्दै धन्यवादका साथै शुभकामना व्यक्त गर्नुभयो ।
संघका महासचिव बुधवल गुरुङले संचालन गर्नुभएको कार्यक्रममा उपस्थिति सम्पूर्णलाई दितिय उपाध्यक्ष सुदर्शनभट्टले स्वागत मन्तव्य द्वारा स्वागत गर्नुभएको थियो ।
स्रोत- अशोक तामाङ
प्रवक्ता
एनआरएनए एनसीसी कतार ।