मुग्लानी खबर माघ २६
कतारमा स्थापित नेपाली साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले संयुक्त आयोजनामा बिगत ८९ मैना देखि प्रत्यक मैनाको दोस्रो सुक्रबार संचालन गर्दै आएको अनेसास नवोदित साहित्यिक वाचन डबलिको ८९ औं शृङ्खला यहि ८ फेब्रुअरी २०१९ का दिन कतारको दोहा स्थित टपफम रेस्टुरेन्टको सभाहलमा बिभिन्न साहित्यिक रचनाहरु वाचन गर्दै सम्पन्न गरेका छ ।
सोही डबलिलाइ अनलाइन रेडियो रेडियो हिमालयबाट र दिप टिभी बाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।
डबलिमा विशिष्ट श्रोता कतारमा रहेर नेपाली भाषा र साहित्यलाइ मायागर्नुहुने एक समाजसेवी ब्यक्तित्यो प्रदेश न. ३ समन्वय परिषद कतारका अध्यक्ष श्री समीर क्षेत्रीलाई बनाइएको थियो ।
डबलिमा विशिष्ट श्रोताको आसन ग्रहण पछि सबैले यथा स्थानमा उठेर नेपाली राष्ट्रिय गान गाएर सभाहललाइनै मन्त्र मुघ्न बनाउदै सुरुगरिएको थियो ।
कतारमा रहेर विभिन्न बिधामा कलम चलाउनुहुने साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको डाबलिमा पुर्ब विशिष्ट श्रोताहरुकोको पनि उपस्थिति रहेको थियो ।
कतारमा रहेर गजल बिधामा कलम चलाइ रहेका देब क्षेत्रीको लय बद्द गजलको बाचनले डबलिको ढोका उघारेको थियो भने गजलकारहरु कमेन्द्र साहि ,अनिल परिबर्तन बिष्ट , सेखर बस्नेत, सावित्री गिरी, राम आचार्य सायर, बिन्दा लामा, दिप प्रदिप कुमार, संतोष अधिकारी, सिताराम थापा, प्रेम प्रसाद अभट्टराई लगायत अन्य धेरै गजलकारहरुले प्रणय दिवसका, माया प्रेमका, देश प्रेमका, प्रवासका पिडाहरुलाई समेटेर लेखिएका उत्कृष्ट गजलहरु कसैले वाचन गरेर कसैले लय बद्द तरिकाले गायर उपस्थित सम्पुर्ण साहित्यप्रेमी नेपाली दाजुभाइ तथा दिदिबैनिहरुलाइ भरपुर साहित्यिक मनोरञ्जन दिएका थिए ।
त्यसैगरी कविता तर्फ सुमन सहयात्री, लिलानाथ घिमिरे,दिपेश राई लगायत अन्य धेरै कविहरुले कविता वाचन गरेका थिए ।
उक्त डबलिमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष प्रेम प्रसाद भट्टराईले कतारको साहित्यमा सबै साहित्य बिधाको बिकास गर्दै सबै बिधालाइ अगाडि बढाएर लैजान जोड दिनुपर्ने बताउदै कार्यक्रममा उपस्थिति जनाएर डबलिलाइ सब्य र भब्य @बनाइदिनुभएकोमा सम्पुर्ण उपस्थित साहित्यप्रेमि नेपाली दाजुभाइ तथा दिदिबैनिहरु लगायत विशिष्ट श्रोतालाइ मुरि मुरि धन्यवाद ब्याक्त गरेका थिए ।
अनेसास नवोदित ८९ औं वाचन डबली श्रृगारिक गजलकार इस्वर राई "लजालु"ले एकदमै रमाइलो तरिकाले संचालन गरेका थिए ।
डबलिको अन्त्यमा विशिष्ट श्रोता प्रदेश न. ३ समन्वय परिषद कतारका अध्यक्ष समीर खत्रीले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्णा गर्दै यस्तो अन्यकार्यक्रम भन्दा भिन्दै कार्यक्रम गरेर ८९ औ डबली सम्म आइपुग्न सफल भएकोमा खुसी ब्यक्त गर्दै अझै हजारौं हजार डबली चलिरहोस भन्ने शुभकामना दिदै यो पबित्र साहित्य डबलिमा आफुलाइ विशिष्ट श्रोता बनेर कतारको साहित्य श्रवण गर्न पाउँदा इन्द्रको आसन पाएको महसुस भएको बताउदै अनेसास नवोदित साहित्यिक वाचन डबलिको ८९ औं श्रृङखलालाई समापन गरेका थिए ।