मुग्लानी खबर- माघ २६
प्रबासी भुमी इराक कुर्दिस्तानमा मन्जुश्री सम्बत २८५५ औ सुँगुर वर्ग सोनाम ल्होछार कार्यक्रम हिजो शुक्रबार नवरोज हलमा भव्यताका साथ सम्पन्न भएको छ।
भाष, धर्म ,संस्कृती परम्पराको संरक्षण गरै २८५५ औ फा ल्हो (सुंगुर) बर्ग सोनाम ल्होछार भब्यताका साथ सफल गरौ भन्ने मुल नाराका साथ हिजो मिति २०१९/२/८ तारिखका दिन नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकको आयोजनामा सोनाम ल्होछार कार्यक्रम सप्पन्न भएको छ ।
नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका अध्यक्ष च्यङ्बा लामा ( नुरि ) को सभापतित्व, प्रवासी नेपाली समाजका अध्यक्ष नवीन कुमार को प्रमुख आतिथ्य तथा कुर्दिस्तान प्रवासी नेपाली समाज सुलेमनी अध्यक्ष राजिब थिङ तामाङ ,नेपाली महिला समाज कुर्दिस्तान अध्यक्ष सानू शेर्पा,नेपाली प्रवासी मञ्च दोहोक अध्यक्ष मेग गर्बुज मगर विशेष आथिथ्यमा भब्य सम्पन्न भएको थियो।
कार्यक्रममा इराकमा रहेका विभिन्न संघ सस्थाका पदाअधिकारीहरु उपस्थिति भइ कार्यक्रमको शोभा बढाइदिएको भन्दै २८५५ औँ राष्ट्रिय सोनाम ल्होछारको शुभकामना सहित कार्यक्रम संयोजक दिल कुमार लामाले स्वागत मन्तव्य राखेका थिए।
उक्त कार्यक्रममा नेपाल बाट आमन्त्रित बरिस्ठ गायिका सशिकला मोक्तान सेलो गायक गोम्पो शेर्पा साथै म्हेन्दोमाया गायक कान्छा लामा को बेजोड प्रस्तुति रहेको थियो ।साथै स्थानीय कलाकार ,लोक तथा दोहोरी गायिका सोनिया तामाङ ,सेलो गायक सजन शेर्पा, शक्तिमान तामाङ ,नृत्य तर्फ अश्मा लामा ,डोल्मा लामाको प्रस्तुति रहेको थियो ।
अन्त्यमा कार्यक्रमका सभापति च्यङ्बा लामा ( नुरी)ले यो तामाङ तथा सम्पुर्ण नेपालीहरुको महान चाड सोनाम ल्होछार एकदम सब्री भब्यको हुनाले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए। कार्यक्रमको सहजीकरण राम बहादुर तामाङ ले गरेका थिए।