मुग्लानी खबर माघ २६
नेपाल प्रवासि तामाङ समाज कतारको आयोजनामा बृहत२८५५ औ सोनाम ल्होछार( नयाँ बर्ष) कार्यक्रम सम्पन्न भएको छ ।
हिजो शुक्रबारको दिन मिसाइद स्थित अमवाज क्याट्रीङ कम्पन्नीको प्राङ्गणमा नेपाल बाट आएका चर्चित ४ जना कलाकार र स्थानिय कलाकारको बेजोड प्रस्तुतिका साथ भब्य तरिकाले कार्यक्रम सम्पन्न भएको हो ।
समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महाससंघ कतारका अध्यक्ष शिव भुजेल रहेका थिए। त्यस्तै अन्य विभिन्न संघसस्था,पत्रकार,बुद्धिजीवी तथा सामाजिक ब्यक्तित्व,लामा गुरु, विशेष अथिति,अथितीको बाक्लो उपस्थिति रहेको थियो ।
ब्यानर उट्घाटन दिप प्रज्वनन संगै उपस्तिथि सम्पुर्ण बाट नेपाली रास्ट्रिय गीत र कतारी रास्ट्रिय गीत गाउँदै सुरु गरिएको कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अथिती भुजेलले तामाङ समाज कतारले प्रवासी भुमी कतारमा रहेरपनि आफ्नो मौलिक सस्कार सस्कृती,रितिरिवाज परम्परालाई जिवन्त राख्न गरिएको कार्यक्रम अत्यन्तै सह्रानिय रहेको बताउदै बर्तमान नेपाल सरकारले जनजातिहरुका राष्ट्रिय पर्बहरुमा समेट छुट्टी कटौती गरि बिभेद गरेकोमा सबै आदिबासी जनजाती एक भैइ हाम्रो राजनितिक मुद्दालाई बुलन्द पार्नु पर्ने बताए।
उनले आफ्नो छिमेकीमा बस्ने बाहुन क्षेत्री लगाएत अन्य जातजातिहरु सङको यो लडाई नभई सरकार र सिंहदरवार सङ्गको लडाई हो र सम्पुर्ण नागरिक हरुका समान हक हितका लागि यो मुद्दा जारी रहेको समेत बताए।
त्यस्तै मन्तव्य राख्ने अन्य ब्यक्तीहरुमा जिल्लागत सस्थाबाट प्रदेश नम्बर ३ समन्वय परिषद कतारका अध्यक्ष समीर केसि, सम्पुर्ण मातृ सस्थाको तर्फबाट भाइकाजी गुरुङ, सगु प्रड्क्सन बाट गणेश अधिकारि, छिमेकी मार्ट लिमिटेडका म्यानेजिङ डाइरेक्टर तथा तामाङ समाज बिदेश बिभाग प्रमुख संखलाल तामाङ, आदिवासी जनजाति महाससंघ कतारका प्रमुख सल्लाहकार सियाराम चौधरी,एनआर एन ए कतारका कार्यवाहक अध्यक्ष तेज कटुवाल लगायतले २८५५ सोनाम ल्होछार कार्यक्रमको सफलताको सुभकामना दिदै आफ्नो मौलिक चाडपर्व हरु बिस्वको जुनसुकै देशमा गएपनी भुल्न नहुने बताउदै आजको कार्यक्रम सब्य भब्य भएको बताए ।
मन्तब्य दिनेहरु सम्पुर्णले आ आफ्ना तरिकाले सुझाब सल्लाह दिदै नेपाल प्रबासी तामाङ समाज कतार द्वारा विभिन्न समयमा गरिएका कार्यक्रम प्रती खुसी ब्यक्त समेत गर्न भ्याए।
बिशेष गरि नेपाली तामाङ समुदायको यो नयाँ बर्षको रुपमा मनाईने मौलिक तथा राष्ट्रिय चाडका बारेमा किन कसरी र कहिले देखि मनाईन्छ भन्ने बारेमा सस्थाकी सल्लाहकार मिना लामा तामाङले प्रष्ट पारेकी थिइन् भने तामाङ समुदायको यो प्रमुख चाडको २०४६ सालको जन आन्दोलन तथा प्रजातन्त्र पश्चात् तत्कालिन प्रधानमन्त्री स्वर्गीय मनमोहन सिङ्ले सोनाम ल्होछारलाई रास्ट्रीय चाडको रुपमा घोषणा गरि एक दिन छुट्टी दिएकोमा बर्तमान संघीय लोकतान्त्रिक गणतन्त्रको दुई तिहाई भएको केपी सरकारले सरकारी छुट्टी कटौती गरिदिएकोमा यो विभेद बिरुद्ध एकजुट भैइ अगाडी बढ्न आह्वान समेत गरेकी थिइन।
कार्यक्रमको अन्त्यमा सभापती तिर्थ थिङ तामाङले सम्पुर्ण बक्ताहरुद्वारा गरिएका सवाल जवाफ जिज्ञासाहरुलाई स्पस्ट रुपमा प्रस्ट्याउदै दोहा कतारमा रहेका तामाङ्हरु दुई ग्रुपमा बिभाजन भएको भन्ने बिषयलाई उठाउदै हामी तामाङहरु जतिबेला पनि एकहुन सक्नेमा ढुक्क हुन अनुरोध गर्दै अब तामाङ्हरुले सोनाम ल्होछार मनाउने र खाने पिने मात्र नभई आफ्नो हक अधिकार र पहिचान भेषभुषा प्रती कटिबद्ध भैई लाग्नुपर्ने र उक्त प्राप्तिको लागि राजनितीक क्षेत्रमा समेत आफ्नो कुरा राख्नुपर्ने बताए।
साथै सम्पुर्ण उपस्थित विभिन्न संघ आस्थाबाट प्रतिनिधित्व गर्नुहुने ब्यक्तित्वहरु ज्ञात अज्ञात रुपमा कार्यक्रमलाई सभ्य भब्य रुपमा मनाउन योगदान पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै औपचारिक कार्यक्रमको समापन भएको बताए ।
उपस्थित सम्पुर्णलाई स्वागत मन्तब्यद्वारा स्वागत कार्यक्रमका सम्योजक प्रेम घिसिङ तामाङ ले दिएका थिए।औपचारिक कार्यक्रमको सहजीकरण सस्थाका महासचिव धिरेन तामाङले गरेका थिए।
औपचारिक तथा अनौपचारिक दुई चरणमा सन्चालन भएको उक्त कार्यक्रममा बृहत साकृतिक ल्होछारलाई भब्य रुपमा मनाउन नेपालबाट चार जना चर्चित तथा राष्ट्रिय कलाकारहरु लाई आमन्त्रण गरिएको थियो
जसमा नेपाली तारा सिजन थ्री सेकेन्ड रनर अप तथा चितवन आईडल फस्ट रनर अप शुरेश तामाङ,बरिस्ठ सङ्गीतकार एरेन्जर तथा गायक आर बि तामाङ सिन्ताङ,चर्चित गायिका जितु लोप्चन तामाङ र गायक चिजु लेकाली को दर्जनौ विभिन्न गीत सङ्गीतले माहोल नै तताएको थियो उक्त अवसरमा तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनिहरुको ग्रुप ग्रुप डान्स गर्दा स्टेजनै भरिएको थियो ।
नेपालमै गरिएको ल्होछार कार्यक्रमको रौनक्ता भन्दा कुनै कमिथिएन, उपस्थिति सम्पुर्ण दर्सक अतिथि गीत सङ्गीतमा झुम्मिरहेका थिए।
त्यसैगरी चर्चित स्थानिय कलाकारहरुको समेत प्रस्तुती दमदार रहेको थियो,जस अनुसार गायनमा मोईराम तामाङ,कुमार ओख्रेली,सुन्दर मोक्तान,दिनेश लामा तामाङ,अर्जुल लामा तामाङ,रन्जित तामाङ,मणिराज तामाङ र अशोक तामाङ रहेका थिए त्यसैगरी नृत्यहरुमा श्री पाख्रीन तामाङ,सिर्चेन तामाङ,नवराज तामाङ,शुसिला तामाङ,शर्मिला तामाङ र अश्मिता तामाङ्ले सामुहिक स्वागत नृत्य "फ्याफुल्ला ज्योज्यो अले नाना अङ फ्याफुल्ला .."बोलको गीतमा र " म्हेन्दोमाया अबिस्मरणिय पिलो अपित" बोलको गीतमा प्रस्तुत देखाए,अन्य कलाकारहरु सीता तामाङ,ईन्द्र तामाङ ,मैच्याङ तामाङ,सुबिसा तामाङले पनि आफ्नो प्रस्तुती राखेका थिए।
कार्यक्रममा विभिन्न मौलिक झाकीहरु प्रस्तुत गरिएका थियो जसमद्दे कान्छाराम तामाङको टोलीद्वारा मुखियानाच, साथै डम्फुनाच लगाएत विभिन्न प्रस्तुती राखिएका थिए भने सास्कृतिक कार्यक्रमको सहजीकरण समाजकी सचिब कुमारी बम्जन तामाङ र शुभाष तामाङले गरेका थिए।
सन २००५ मा कतारमा स्थापना गरिएको सस्थाले सक्रिय रुपमा तामाङ जातिको भाषा,कला,धर्म,संस्कृति र परम्परालाई जोगाउने उदेश्यले विभिन्न चेतनामूलक कार्यक्रम साथै मौलिक सोनाम ल्होछार चाड
भब्य तरिकाले मनाउँदै आएको छ ।