मुग्लानी खबर माग २२
लक्ष्मी ब्लोन तामाङ साईप्रस
" तामाङ जातिको उत्थान,भाषा,धर्म र संस्कृतिको सम्बर्द्धन गरौं २८५५ औं ड्वा ल्हो सोनम ल्होछार भव्यताको साथ सफल पारौं" भन्ने मुल नाराको साथ नेपाल तामाङ घेदुङ साईप्रसको आयोजनामा बृहत ल्होछार कार्यक्रम सम्पन्न भएको छ।
"तामाङ जातिको उत्थान,भाषा धर्म र संस्कृतिको सम्बर्द्धन " भन्ने मुल नारालाई आत्मासाथ गर्दै सन 2016 मा स्थापना भएको घेदुङ साईप्रसले तामाङ जातिको भाषा धर्म, भेष भुषा संस्कृति आदिलाई जोगाई राख्न,संरक्षण र सम्बर्द्धनको लागि यो बृहत ल्होछार धमाका सास्कृतिक कार्यक्रम 2019 आयोजना गरिएको थियो।
कार्यक्रममा घेदुङकि अध्यक्ष साङमो थोकर तामाङको सभापतित्व र होनरी कन्सुलरका डा. रामजिवन पञ्जियार ज्युको प्रमुख अतिथ्यामा रहेको सो कार्यक्रममा बिशेष अतिथीहरुमा NRNA साईप्रसका अध्यक्ष सुबास मल्ल साथै NRNA साईप्रसकै सल्लाहकार सुरेश शाह, निलिमा पञ्जियार,नेपाल तामाङ घेदुङकी संस्थापक अध्यक्ष साथै अन्तर्राष्ट्रिय तामाङ परिषदकि नानू गोम्ज तामाङ लगाएत विभिन्न सामाजिक संस्था तथा बुद्धिजिविहरुको बाक्लो उपस्थित रहेको थियो ।
त्येस्तै अन्य अतिथीहरुमा चितवन सेवा समाजकी निवर्तमान अध्यक्ष जसुपुन मगर, नेपाली मगर संघ साईप्रसका अध्यक्ष खगेन्द्र राना मगर, नेपाली प्रवासी एकता मन्च साईप्रसकी रमिला राई, सेर्पा किदुक साईप्रसकी बरिस्ठ उपाध्यक्ष निमा याङजुम, किरात याक्थुङ चाम्लुङ साईप्रसकी अध्यक्ष सबिन लिम्बु, तमु सेवा समाज साईप्रसकी अध्यक्ष कृष्ण गुरुङ, काभ्रे सेवा समाज साईप्रसकी अध्यक्ष कल्पना वाईबा तामाङ, नेपाली संघिय समाज साईप्रसकी अध्यक्ष तारा लिम्बू, किरात राई यायोक्खा साईप्रसकि सह सचिब निशा राई, नेपालि जनसम्पर्क समिती साईप्रसकी सदस्य कर्चुङ लामा ह्योल्मो, किरात याक्थुङ चाम्लुङ साइप्रसका अध्यक्ष सबिन लिम्बू, चितवन सेवा साईप्रसको तर्फबाट सबि थापा, कोरियो ग्राफर तथा मिस नेपाल साईप्रसको अर्गनाइजेसन बाट निराजन खत्री लगायतका कार्यक्रममा उपस्थित रहेको थियो ।
दुई चरण गरि सम्पन्न गरिएको उक्त कार्यक्रमलाई सभापति र प्रमुख अतिथीको सयुक्तमा कोङामा दिप प्रज्वलन गरि उद्द्घाटन गरिएको थियो भने उपस्थित सम्पुर्णको मुखारबिन्दु बाट रास्ट्रीय गीत गाइएको थियो भने कार्यक्रम सफल बनाउनको लागि संयोजक समीर श्रेष्ठ, अमुद केसि र इन्सुम थिङ तामाङ रहेका थिए ।
नेपाल तामाङ घेदुङकी उपाध्यक्ष सबिता घिसिङले स्वागत मन्तव्य राख्दै सुरुगरिएको कार्यकममा मिना लामा, अञ्जली गोले तामाङ, सुभम तामाङ, सबिता घिसिङ,म्हेन्दा तामाङ, शान्ती तामाङ, शुभलक्ष्मी ब्लोन तामाङ, सबिता घिसिङ, सुनिला दोङ, निरु घिसिङ र लक्ष्मी ब्लोन तामाङ लागयतका कलाकारहरुले उपस्थित महानु भावहरुलाई स्वागत गीतबाट स्वागत गरिएको थियो ।
कार्यक्रमलाइ सम्बोधनको क्रममा प्रमुख अतिथि डा. राम जिवान पञ्जियाले घेदुङ साईप्रसले आफ्नो संस्कृति तामाङ जातिको मौलिक सस्कार संस्कृति चाडपर्वको महत्त्व दर्शाउनको लागि प्रवासमा आएर पनि यस्तो ऐतिहासिक बृहत सास्कृतिक कार्यक्रम गर्नु खुसिको कुरा हो भन्दै हामी नेपाली जुनसुकै देशमा पुगे पनि आफ्नो मौलिक चिजहरुलाई जोगाउनु पर्छ भन्दै कार्यक्रम सफलता को शुभकामना मन्तव्य राखेका थिए ।
औपचारिक कार्यक्रमको अन्त्यमा घेदुङ साईप्रसकी संस्थापक अध्यक्षलाई घेदुङ प्रती गर्नु भएको योगदानलाई कदर गर्दै आगामी दिनहरुमा पनि यसै गरि साथ पाईराखुन भनि दोसल्ला ओडाएर अध्यक्ष साङमो थोकरले सम्मान गरेका थिए । पहिलो चरणको औपचारीक कार्यक्रमको समापन गर्दै कार्यक्रमका सभापति घेदुङकी अध्यक्ष साङमु थोकर तामाङले ल्होछारको शुभकामना साथै सो कार्यक्रमलाई प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सम्पुर्णलाई धन्यवाद दिदै पहिलो चरणको कार्यक्रम समापन भएको घोसण गरेकी थिइन ।
नेपाल र साईप्रसको बिचको मित्रता झल्काउने गरि आकर्षक रुपमा सजाएको मन्चमा पहिलो चरणको कार्यक्रमको समाप्त लगतै दोस्रो चरणको सांगीतिक कार्यक्रमको सुरुवात संगै स्थानिया कलाकारहरु साहारा लोप्चन तामाङ, सलिना गुरुङ, सुनी दोङ तामाङ साथै रसुवाली दिदिबहिनीहरुको मौलिक सेब्रु नाचले कार्यक्रमलाई सुनमा सुगन्धको आभास गराएका थिए।
गायन तर्फबाट स्थानिय गायक अबिज लामा ( मिकमर ) ,गायक सागर ठकुरीले पनि दर्शकहरुलाई सिट छोडेर नाच्न बाध्य तुलाए । तेसैगरि नेपालबाट आमन्त्रित कलाकारहरु नेपालिहरुको ढुक ढुकी पहिलो नेपाल आईडल चर्चित गायक बुद्ध लामा र अहिलेको चर्चित म्हेन्दोमाया तथा सेलो गायक सुमन घलेले दर्जनौ गीत गाउदा दर्सक दिर्घाबाट वान्स मोर वान्स मोरको अवाज घन्किएको थियो भने अर्का अथिति कलाकार UK बाट आएका गायक आकाश सुनुवारले पनि दर्शकहरुलाई मज्जाले नचाउदा कार्यक्रमको माहोलनै सांगीतिक मय रह्यो,समग्रमा कार्यक्रम सोचेभन्दा राम्रो,सभ्यभब्य र पहिला भन्दा बिशेस बनेको जानाकार हरुले बताए ।
तामाङ घेदुङ साईप्रस महासचिव लक्ष्मी ब्लोन तामाङले औपचारिक कार्यक्रम र सांगीतिक कार्यक्रम भने संस्थाकी सचिब सुनिला दोङ तामाङले संचालन गरेकी थिइन ।