मुग्लानी खबर- २१ माघ
इराक स्थित कुर्दिस्तान सुलेमनिमा नेपालीहरु तथा विशेष गरि तामाङ समुदायको प्रमुख चाड मन्जुश्री सम्बत २८५५ सोनाम ल्होछार( सुंगुर बर्ग)बृहत् सास्कृतिक कार्यक्रमका साथ गत शुक्रबार सर्चिनार को ओस्कार हलमा भव्यताका साथ सम्पन्न भएको छ।
गत १ फेब्रुअरी २०१९ शुक्रबारका दिन नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराक ,कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज कुर्दिस्तान सुलेमनीको संयुक्त आयोजनामा ल्होछार कार्यक्रम सप्पन्न भएको छ । नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका उपाध्यक्ष बिजय तामाङ को सभापतित्व, सिटि एक्सप्रेस मनि ट्रान्सफरका प्रतिनिधि बिनोद श्रेष्ठको प्रमुख आतिथ्य तथा FWCDO का ब्यवस्थापक हमा हजर को विशेष आतिथ्य लगाएत इराकमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधि हरू,तामाङ तथा गैर तामाङ दाजुभाई तथा दिदिबहिनि हरुको बाक्लो उपस्थितमा ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न भएको थियो।
पहिलो चरण को औपचारिक कार्यक्रम नेपाल तामाङ घेदुङ कुर्दिस्तानका महासचिव श्याम घिसिङ तामाङले सञ्चालन गरेका थिए भने दोस्रो चरणको साँस्कृतिक कार्यक्रम कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष रजिब थिङ तामाङ र नेपाल तामाङ घेदुङका सदस्य परी तामाङले सञ्चालन गरेका थिए। सो कार्यक्रममा उपस्थित सम्पुर्णलाई उपस्थित भइ कार्यक्रमको शोभा बढाइदिनुहुने सम्पुर्णमा २८५५ औँ राष्ट्रिय सोनाम ल्होछारको शुभकामना सहित कार्यक्रम संयोजक श्याम मम्बा तामाङले स्वागत मन्तव्य राखेका थिए ।
साथै कुर्दिस्तान प्रवासी नेपाली समाज र नेपाली महिला समाज सुलेमनीका अध्यक्षले शुभकामना मन्तब्य राखेका थिए। उक्त कार्यक्रममा स्थानीय कलाकार सेलो तथा म्हेन्दोमाया गायक कान्छा लामा ,लोक तथा दोहोरी गायिका सोनिया तामाङ ,सेलो गायक सजन शेर्पा, शक्तिमान तामाङ ,नृत्य बाट बिना मोक्तान , निमा शेर्पा ,लक्ष्मी शेर्पा, बाट बेजोड प्रस्तुति रहेको थियो ।