मुग्लानी खबर डटकम
बिरेन्द्र याक्थुम्बा (सुबाश)
20७३ मंसिर २८ मंगलबार
पूर्वमा जताततै चासोक तोङ्नाम अरुण मेचिपुर्बका बिभिन्न जिल्लाहरुमा आज चासोक तोङ्नाम धुमधामसंग मनाइएको छ।
खास गरेर किरात लिम्बु जातिहरुको मात्र संस्था किरात याक्थुम चुम्लुङको अगुवाइमा पूर्व-लिम्बुवानका प्रमुख जिल्लाहरु धरान, इटहरी, पाँचथर, ताप्लेजुङ, इलाम, झापा, धनकुटा, तेह्रथुम, संखुवासभा लगायतका जिल्लाहरुमा भब्यताका साथ राष्ट्रिय कलाकारहरुका साथमा र कतै आफ्नै लिम्बू भाषिक कलासंस्कृतिक च्याभ्रुंग, केलाङ, हाक्पारे र धाननाच आफ्नै मौलिक बाजागाजाका साथ भब्यसभ्यरुपमा मनाईको हो ।
प्रकृतिपूजक किरातलिम्बू जाति मंसिरे पूर्णिमादेखि उधौली पर्वलाई महान् चाडका रूपमा धूमधामका साथ मनाउँछन् । लिम्बू गाऊबस्तीहरुमा ढोल र झ्याम्टा बजाई केलाङ (च्याबु्रङ) नाच्ने गर्दछन । बाली उब्जाऊ अन्न कोदोको रक्सी, तोङ्बा र विभिन्न लिम्बू परिकार खाँदै लिम्बूहरू रमाइलो गर्नेगर्छन् ।
यो बेलामा बारीभरि ढक्कमक्क पैयुँ फुलेर चारैतिर दृश्य झन् मनमोहक देखिन्छ । समयलाई किराँतीले उधौली याम (दक्षिणायन) सुरु भएको संकेतका रूपमा चासोक चाड मनाउँछन् । ‘चासोक‘तङ्नामको अर्थ न्वागी चाडपर्व पनि हो।
नेपाल आफैमा कृषि प्रधान देश भयकोले आफ्नो खेतमा पाकेको नयाँ अन्न धान, कोदो, मकै, दाल, भटमास तागेरा निङ्वाफु माङलाई चढाएर घरघरमा पूजा गरी परिवारका सबै सदस्य एकै ठाउँमा भेला भएर खाने प्रचलन रहेको छ । भने सम्पूर्ण नेपालीहरुका लागी पनि उतिकै यो पर्वको महत्व रहेको छ।