मुग्लानी खबर- माघ १२
विभिन्न सामाजिक कार्यमा आफ्नो छुट्टै पहिचान बनाउन सफल सम्पुर्ण नेपालीहरुको साझा सस्था नेपाली साझा मंच,साउदी अरबले आफ्नो तेस्रो बार्षिक उत्सब भब्यताका साथ मनाउनुका साथै बिष्णु घिमिरेको संयोजकत्वमा २५ सदस्यीय नयाँ कार्यसमितिको चयन गरेको छ।
नेपाली साझा मन्च अन्तर्गत प्रबासी आवाजका साउदी अरेबियाबाट लाइभ प्रशारण कार्यक्रम सन्चालक तथा अन्तरास्ट्रिय सम्योजक राजेश प्रसाईं" सिनामे" विशेष पहलमा साहित्यिक स्मारिका ‘प्रबासी आवाज’ को लोकार्पण समेत गरिएको छ।
नेपाली साझा मंच,साउदी अरव का संयोजक कृष्ण पुरीको सभापतित्वमा तथा नेपाली दुताबासका नियोग उपप्रमुख आनन्द प्रसाद शर्मा को प्रमुख आथित्यतामा भएको कार्यक्रममा बिशेष अथितिहरु दुतावास का स्थानीय कर्मचारी हरि घिमिरे,एन.ए मिडियाका प्रधान सम्पादक श्री कृष्ण श्रेष्ठ,अन्तरसंस्था समन्वय समितिका अध्यक्ष मोहन बिएसके,समाजसेवी,एन.ए मिडिया बर्ष व्यक्तित्व द्वारा सम्मानित तुलसी मायाँ गुरुङ रहेका थिए भने अथितिहरुमा अन्तर्राष्ट्रिय नेपाली समाज का अध्यक्ष रमेश लाम्गादे,संघीय लिम्बुवान सामाजिक मंच का केन्द्रीय सदस्य यावा लिम्बु, अन्तर्राष्ट्रिय साहित्य समाज,साउदी अरबका अध्यक्ष नमराज लामिछाने,युवा सेवा समाज का अध्यक्ष नवराज थापा,किरात राई यायोख्याका उपाध्यक्ष पुस्पा राई, सामाजिक अभियन्ताहरु मनोज नेपाली,दिलिप घिमिरे,नबिन मुडभरि, पत्रकार भुम बुढा,नबिन आचार्य,एल बि श्रीपाली,नेपाल मगर संघ, प्रबास शाखा साउदी अरबका अध्यक्ष युबराज पुन मगर, हिमालयन एयरलाइन्स का प्रतिनिधि सुरेश राज त्रिपाठी,प्रबासी नेपाली एकता मंचका केन्द्रीय सदस्य भक्त कार्की जन सम्पर्क समिति साउदी अरबका बरिस्ठ उपसभापति अर्जुन थापा,प्रमोद लामिछाने, काभ्रे सेवा समाज का अध्यक्ष जेन लामा,फ्रेन्ड्स अफ नेपाल,साउदी अरबका संस्थापक अध्यक्ष सुर्य श्रेष्ठ,हेल्प मधेस का अध्यक्ष कमल देव साह,जिफन्ट साउदी अरब का उपाध्यक्ष रमेश बुढामगर,ब्यबसायी कमल खरेल,कुमार हुमागाई, लगायतका ब्यक्तित्वहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपाली रास्ट्रीय गान तथा कार्यक्रमका प्रमुख अतिथि लगाएतका ब्यक्तित्वहरुबाट दिप प्रज्वलन गरि औपचारिक कार्यक्रमको उद्घाटन गरिए पस्चात साझा मंचका अन्तर्राष्ट्रिय संयोजक महेश श्रेष्ठ को भिडियो संदेश कार्यक्रम मा स्लाईड उपस्थित सम्पुर्णलाई प्रदर्शन गराईएको थियो भने उक्त भिडियो मार्फत सम्योजक श्रेष्ठले संस्थाले विभिन्न समयमा गरेका उन्नती चुनौती अवशर लगाएतका बिषयबस्तु प्रस्तुत गरेका थिए भने सस्थालाई यहाँ सम्म ल्याईपुर्याउन सहयोग गर्नुहुने सम्पुर्ण ज्ञात अज्ञात ब्यक्तित्वहरु प्रती धन्यवाद ब्यक्त गरेका थिए। सस्थाको बारेमा अभियन्ता अकल प्रधानले स्पष्ट पार्नुका साथै उपस्थित सम्पुर्णलाई शुभकामना मन्तब्य मार्फत मंच का उपसंयोजक बिष्णु घिमिरेले स्वागत गरेका थिए।
कार्यक्रममा मन्तब्य राख्ने अधिकान्स ब्यक्तिहरुले नेपाली साझा मन्चले कानुनी बाटो अबलम्बन सहित विभिन्न समस्यामा परेका पिडितहरुका समस्याहरुलाई यथासिघ्र समाधान गर्न साझा मंच ले निभाएको भूमिका प्रती खुसी ब्यक्त गर्दै आगामी दिनमा अझै ससक्त रुपमा अगाडि बढ्न सबैले साथ सहयोग गर्नुपर्नेमा जोड दिदै सस्थाले सबैको मन जित्दै अगाडि बढोस भन्ने मनोकामना सहित शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा साझा मंच ले वार्षिकोत्सवको अवसर मा प्रकाशित गरेको साहित्यिक स्मारिका ‘प्रबासी आवाज’ को कार्यक्रमका सभापति,प्रमुख अथिति लगायत बिसिस्ट अथितिहरुले सामुहिक रुपमा लोकार्पण गरेका थिए । स्मारिकामा कथा,लघुकथा,गजल,कबिता,मुक्तक,प्रबासी लाई चिट्ठी लगायत स्रस्टाहरुले जान्नै पर्ने लय,बहर,छन्द र काफियाका कुरा हरु समेटी विभिन्न साहित्यिक व्यक्तित्वहरुको लेख रचना समेटिएका छन। स्मारिका प्रकाशन अन्तर्राष्ट्रिय संयोजक राजेश प्रसाई’सिनामे’ ले स्मारिका सम्बन्धि स्पस्ट पारेका थिए भने प्रमुख अतिथिद्वारा स्मारिकाको बारेमा समालोचना गर्दै साहित्य प्रेमी श्रस्टा तथा सर्जकहरुका लागि स्मारिका संग्रह अत्यन्तै उत्तम रहेको बताएका थिए।
नेपाली साझा मंच,साउदी अरबका संयोजक कृष्ण पुरीले दुई बर्षे सन २०१६ देखि २०१८ सम्मको कार्यकाल को प्रतिबेदन पेश गरी पुरानो कार्यसमिति बिघटन गरिएको घोषणा गर्दै आगामी कार्यसमितिका लागि बिष्णु घिमेरेको संयोम्जकत्वमा २५ सदस्यीय कार्यसमितिको चयन भएको बताए। जसनुसार: सह संयोजक – अकल प्रधान,रियाद क्षेत्र संयोजक – बिपुल ढुंगाना,दमाम क्षेत्र संयोजक -अन्जान गुभाजु,अल खर्ज संयोजक - नवराज थापा,जेद्दा संयोजक – दिपक कार्की रहेका छन त्यस्तै गरी सदस्यहरुमा नैनकला श्रेष्ठ,देबी आले,राजेश सिनामे,निर्मल रायमाझी,लक्षु राम श्रीमल,बहादुर श्रीमल,बहादुर विश्वकर्मा,लोक बहादुर श्रेष्ठ,रत्न लामा,प्रविन राज पाण्डे,शिब तिमल्सिना,टिकाराम पाण्डे,सुवास लिम्बु,चन्द्रेश्वोर लिम्बु,धर्म सारु मगर,मन कुमार तुम्बाहाम्फे रहेका छन।प्रमुख सल्लाहकार- कृष्ण पुरी रहेका छन।साझा मंच को अभियान मा साथ दिने विभिन्न व्यक्तिहरु लाई प्रमुख अथिति नियोग उपप्रमुख आनन्द प्र शर्मा,बिसिस्ट अथिति दुताबासका स्थानीय कर्मचारी हरि प्र घिमिरे ले कदर पत्र,प्रसंशा पत्र र सम्मान पत्र द्वारा सम्मानित गरेका थिए भने कार्यक्रमको सहजीकरण एन.ए मिडिया का प्रबन्ध निर्देशक रोशन एन श्रेष्ठले गरेका थिए भने NA Media को फेसबुक पेज मार्फत कार्यक्रम अबधिभर लाईभ प्रशारण गरिएको थियो । अन्त्यमा संस्थाका संयोजक कण्ण पुरीको ३९ अौं जन्मोत्सव केक काटेर मनाउँदै उहाँको दिर्घायू उत्तरोतर प्रगतिको कामना गर्दै सम्पूर्ण उपस्थितले एक स्वरमा ह्याप्पी वर्थ डे टू यू भन्दै केक खाएर कार्यक्रमको विसर्जन भएको हो