मुग्लानी खबर- माघ ९
बिश्वका विभिन्न देशमा रही नेपाली भाषा साहित्यलाई संरक्षण सम्बर्द्धन तथा प्रबर्द्धन गर्दै आएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो साखा साउदी अरेबियामा समेत बिस्तार गर्दै नमराज लामिछानेको अध्यक्षतामा ९ सदस्यीय अनेसास साउदी च्यापटर गठन गरेको छ।
१९ जनवरी २०१९ का दिन नेपाली राजदूतावसको प्राङगणमा नियोग उप प्रमुख श्री आनन्द प्रसाद शर्माको प्रमुख अतिथ्यमा विभिन्न संघ संस्थाहरुको प्रतिनिधि र साहित्यप्रेमिहरुको भेलाले श्री नमराज लामिछानेको नेतृत्वमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज साउदी च्याप्टरमा ९ सदस्यीय कार्यसमिति सर्वसम्मतिबाट चयन गरेको हो । कार्यसमितिको अध्यक्षमा नमराज लामिछाने, उपाध्यक्षमा बिमल गाैतम, र अन्जान पाेख्रेल, महासचिवमा अरुण बेल्बासे “राेज”, सचिवमा सन्ताेष लुईटेल “समीप”, काेषाध्यक्षमा जितु खड्का “गाँउले”, सदस्यहरुमा नागेस तामाङ, हेम सुवेदी र सुवास तिमल्सिना रहेका छन भने प्रमुख सल्लाहकारमा आनन्द प्रसाद शर्मा रहेका छन । सो अबसरमा बोल्दै प्रमुख अतिथि आनन्द प्रसाद शर्माले नेपाली भाषा सहित्य विश्वमा चिनाउन विदेशमा बस्ने नेपालीहरुको ठूलो हात रहेको बताउदै प्रबासमा रहेको नेपालीहरुले आफ्नो सृजनाबाट पनि आफ्नो पहिचान बनाउन सक्ने र सहित्यमा कलम चलाउनु पर्ने सुझाव दिदै फुर्सदको बेला सबैले साहित्य सृजनाहरु कोर्ने र एक अर्कावीच भावनाहरु साटासाट गर्दा साहित्यको रुपमा भावना बुझ्न र साट्न सकिने बताएका हुन।
यसै अबसरमा पारिवारिक समाज नेपालका अध्यक्ष अमृत पाैडेल, नेपाली जनसम्पर्क समितिका वरिष्ठ उपसभापति अर्जुन थापा, काभ्रे सेवा समाजका अध्यक्ष जेन कुमार लामा, समाज सेवि एंवम नेपाली जनसम्पर्क समितिका काेषाध्यक्ष द्वारिका राज गिरी, सृजना सास्कृतिक समुहका अध्यक्ष विज्ञान राई, मिथिला संकृति समाजका अध्यक्ष जितेन्द्र साहा, श्रमिक सेवा समाजका अध्यक्ष रुपक वेबा तामाङ्, नेपाली कार्गाे फेन्सिका प्राेप्राईटर परशुराम मिश्र, काभ्रे सेवा समाज तथा नेपाली जनसम्पर्क समिति साउदीका महामन्त्री सुरेश राज त्रिपाठी, समाजसेवि रुद्र कुमार कार्कि, श्रमिक परिवार नेपालका पुर्व अध्यक्ष गंगा गाेदार, समाज सेवि एंव DXNका गाेपाल पंगेनि लगाएत उपस्थित सबैले शुभकामना तथा खुशि व्यक्त गर्दै साहित्य कहिलै बुढाे नहुने र यस्काे कुनै रंग, जात, धर्म, राजनीति, क्षेत्र वर्ग केही नहुने हुँदा सबै जना साहित्यमा अटाउन सकिने बताएका हुन साथै सबैले आउने दिनहरुमा नेपाली भाषा, साहित्यकाे जगेर्ना गर्नकाे निमित्त सबै क्षेत्रबाट सहयाेग गर्ने प्रतिबद्वता समेत जाहेर गरेका थिए।
कार्यक्रममा आनन्द प्रसाद शर्मा, नमराज लामिछाने, बिमल गाैतम, अरुण बेल्बासे “राेज”, जितु खड्का “गाउँले” र जितेन्द्र शाह लगाएतका साहित्यिक सर्जक स्रस्टाहरुले कविता, गजलहरु बाचन गरि उपस्थित सम्पुर्णलाई मन्त्रमुग्ध बनाएका थिए भने अमृत कुमार पाैडेल र गाेपाल पंगेनिले हास्यब्याङ्ग्य अभिनय गर्नुका साथै बिज्ञान राईले सुमुधुर गीत पस्केका थिए।
अ.ने.सा.स. साउदी च्याप्टरका अध्यक्ष नमराज लामिछाने नेपाली भाषा साहित्यको अन्तरास्ट्रिय स्तरमा विकास संरक्षण सम्बर्द्धनको लागि आगामी दिनमा विभिन्न साहित्यिक कार्यक्रमहरुको आयोजना गर्दै जाने र साउदीमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको च्याप्टर गठनले यस क्षेत्रमा नेपाली भाषा तथा साहित्यको बिकासमा अरु थप योगदान पुग्ने बिश्वास लिईएको बताउदै काएयक्रम समाप्त भएको थियो। दुई चरणमा संचालन गरिएको उक्त कार्यक्रम अनेसास साउदी च्याप्टरका महासचिव अरुण बेल्बासे “राेज” ले गरेका थिए भने कार्यक्रमको अबधिभर पत्रकार सुन्जित तामाङ द्वारा पिटि अनलाईन मार्फत प्रत्यक्ष लाईभ प्रशारण गरिएको थियो।