मुग्लानी खबर माघ ७
“सबल समृद्ध जिल्ला निर्माणमा प्रवासीको योगदान, सहयोग र सद्भाव सबैमा ओखलढुंगा सेवा समाज कतारको अभियान” भन्ने मूल नाराका साथ सन् २००४मा स्थापना भएको ओखलढुंगा सेवा समाज कतारको सातौं अधिवेशन तथा सम्मान कार्यक्रम १८ जन्नवरी २०१९ का दिन दोहा स्थित केरला कल्चरसेन्टरको हलमा भब्य रूपमा सम्पन्न भएको छ ।
संस्थाका अध्यक्ष अशोक तामाङको सभापतित्व, एनआरएनए एनसीसी कतारका अध्यक्ष नबिन पोखरेलको प्रमुख आतिथ्य र प्रदेश नं.१ समन्वय परिषदकतारका अध्यक्ष चुडामणि कार्कीको विशेष आतिथ्यमा सम्पन्न कार्यक्रममा प्रदेश नं १ अन्तर्गतका जिल्ला संस्थाहरू, ओखलढुंगा सेवा समाज कतारद्वाराजिल्लामा एम्बुलेंस संचालनका लागि सहयोग गर्ने सहयोगी संस्थाहरू, व्यक्तिहरूलाई निमन्त्रणा गरिएको कार्यक्रममा अतिथिहरु क्रमश: प्रवासी नेपाली मंचकतारका उपाध्यक्ष द्रोण बस्नेत, खोटाङ सेवा समाज कतारका अध्यक्ष तिल बहादुर खत्री, मोरङ सुनसरी सेवा समाज कतारका उपाध्यक्ष दिलीप पराजुली,झापाली समाज कतारका अध्यक्ष भवानी कोईराला, पाथीभरा सेवा समाज ताप्लेजुङ कतारका अध्यक्ष दुर्गा प्याकुरेल, धनकुटा प्रवासी सेवा समाज कतारकामहासचिव मोतीराम पाँचकोटी, उदयपुर प्रवासी सेवा समाज कतारका उपाध्यक्ष भक्त कटुवाल, पाँचथर सेवा समाज कतारका कोषाध्यक्ष राज कुमारतामाङ,तेह्रथुम सेवा समाज कतारका सचिव राजेन्द्र सावा लिम्बु, संखुवासभा समाज कतारका कोषाध्यक्ष पदम तामाङ अतिथिको रुपमा रहेका थिए ।
त्यसैगरी सहयोगी संस्थाहरू गोरखा सेवा समाज कतारका महासचिव ओम गुरुङ, गुल्मी सेवा समाज कतारका प्रतिनिधि सुरज बिसी, रामेछाप सम्पर्क मंचकतारका कावा अध्यक्ष ललित कुमार तामाङ, नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ, तमू (गुरुङ) समाज कतारका महासचिव तेजगुरुङ, नेपाल तामाङ कलाकार संघ कतारका द्वितीय उपाध्यक्ष तारा थिङ तामाङ, म्हेन्दोमाया समाज कतारका प्रथम उपाध्यक्ष गौतम तामाङ रहेका थिए ।त्यसैगरी समाजसेवी व्यक्तित्वहरू सुक बहादुर तामाङ, क्रान्ति सिंह, शंखलाल तामाङ,माईला वाईबा, रोशन दोङ तामाङ, तेज मोक्तान, खडानन्द बास्कोटा,नेत्र वाईबा तामाङ, र विभिन्न संचार माध्यमसंग आवद्ध संचारकर्मीहरू अतिथिको रुपमा रहेका थिए ।
कार्यक्रम तालिका अनुसार नेपाली राष्ट्रियगान र प्रमुख अतिथि, सभापति र विशेष अतिथिले सातौँ अधिवेशनको सात वटा दियो बालेर कार्यक्रमको उद्घाटनगरे पश्चात संस्थाका प्रथम उपाध्यक्ष भीम तामाङले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य द्वारा स्वागत गरेका थिए ।
यसरी औपचारिक रुपमा सुरु भएको कार्यक्रममा जिल्लामा एम्बुलेन्स संचालनका लागि सहयोग गर्ने सम्पूर्ण सहयोगी व्यक्ति तथा संस्थाहरुलाई सम्मानपत्र द्वारा सम्मान गरिएको थियो । यसै अवसरमा संस्थालाई विभिन्न तवरबाट सहयोग गर्ने व्यक्तिहरुलाई पनि कदर-पत्र प्रदान गरेका थिए ।
कार्यक्रममा शुभकामना मन्तब्य राख्दै प्रमुख अतिथि गैरआवासीय नेपाली सघ, राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नबिन पोखरेलले ओखलढुंगा सेवासमाज कतारले एनआरएनए एनसिसी कतार संग सामाजिक अभियानका हरेक कार्यहरुहरुमा हातेमालो र सहकार्य विगतदेखि नै गर्दै आएको बताए ।
पछिल्लो समय यी दुई संस्था विचको सुमधुर सम्बन्ध अझ प्रगाढ हुदै गएको र एनसीसी कतारले आयोजना गरेका हरेक कार्यक्रमहरुमा कतारमा स्थापितविभिन्न संघ-संस्था लगायत ओखलढुंगा सेवा समाज कतारको सक्रिय सहभागिता रहने गरेको छ । मेरै नेतृत्वको कार्यकालमा पनि दशैँ,तिहार, छठ, नयाँवर्ष,तीज र बुद्ध जयन्ति जस्ता राष्ट्रिय पर्वहरुमा सामूहिक कार्यक्रम आयोजना गरी सफल भईसकेका छौं । जसले गर्दा हामीले कतारबाट सामाजिक एकताकोदरिलो सन्देश संसारभरका नेपालीहरु माझ पस्किन सफल भएका छौं । उनले थपे, ओखलढुंगा सेवा समाज कतारले कतारमा रहेका ओखलढुंगेलाई मात्रै नभईदुखमा परेका सारा नेपालीलाई एनसीसी कतारको माध्यमबाट पनि सेवा गरेको बताए ।
भूकम्प पिडित, बाढी पिडित लगायतका प्रकृतिक बिपत्तिमा परेकानेपालीहरुलाई यो समाजले पटक पटक एनसीसी कतार मार्फद सहयोग गरेको स्मरण गराए । यति मात्रै नभएर वर्तमान नेतृत्वले आफ्नो गृह जिल्लामासमेत एम्बुलेन्स सेवा संचालन गरेर मानवीय सेवा प्रतिको अत्यन्त महत्वपूर्ण धर्म निर्वाह गरेकोमा हर्षभावमा धन्यवाद ब्यक्त गर्दै यस कार्यमा संलग्नसबैलाई बधाई ज्ञापन गरे । यही शिलशिलामा उनले भने , अबको दिनमा अन्य जिल्ला संस्थाहरुले पनि अनावाश्यक खर्चलाई कम गरी यसरी नै छोटो मिठोआन्तरिक कार्यक्रम गर्न सुझाब दिए ।
शुभकामान मन्तव्य राख्ने क्रममा अर्का वक्ता विशेष अतिथि प्रदेश नं. १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्कीले समाजले गरेका महत्वपूर्णसामाजिक कार्यहरुको मुक्तकण्ठले तारिफ गरे । उनले भने हप्ताभरी कामको थकानको पर्वाह नगरी एक दिन पाएको छुट्टीलाई पनि समाजसेवामा खर्चेरएम्बुलेन्स जस्तो मानवीय उद्दारको कार्यमा सदुपयोग गरेको देख्न पाउदा ओखलढुंगेहरु प्रति आफू नतमस्तक भएको बताए । उनले यो समाज यतिमा मात्रसिमित नभएर प्रतिवेदनले बताए अनुसार ९० हजार रियाल हाराहारीको आर्थिक कारोबारमा त्यसको झन्डै आधा हिस्सा अन्य मानवीय उद्दारको कार्यमासमेत सहयोग गरेको पाईयो ।
एउटा समूह जुटेर यति ठूलो कार्य गर्नसक्ने सामाजिक मनका खानी वर्तमान समितिलाई धन्यावाद सहित बधाई ज्ञापन गरे । प्रदेश नं. १ समन्वय परिषद कतारको स्थपनाको एक अभियानकर्ता वर्तमान अध्यक्ष अशोक तामाङको म नेतृत्वको परिषदमा पनि ठुलै योगदान रहेको पनिबताए । उनले प्रदेश नं. १ अन्तर्गतका १३ जिल्ला संस्थाहरुले विगतमा छुट्टाछुट्टै बनभोज कार्यक्रम आयोजना गर्दै आएकोमा यो परिषदको स्थापना पश्चातआगामी २२ फ्रेबुअरी २०१९ का दिन सबै संस्थाहरुको संयुक्त आयोजनामा परिषदले समन्वयको भूमिकामा रही बरिष्ठ गायक शम्भू राईलाई आमन्त्रण गरिविगतको छुट्टाछुट्टै वनभोज कार्यक्रमलाई एउटा महोत्सवको रुपमा परिमरमार्जन गरि एकै ठाउमा आयोजना गर्न लागेको र त्यसमा ओखलढुंगा सेवा समाजकतारको पनि महत्वपूर्ण जिम्मेवारी रहेकोले सबैले सहभागी भई कार्यक्रम सफल बनाउन अपिल गरे ।
त्यसैगरी अर्का अतिथि वक्ता प्रवासी नेपाली मंच कतारका उपाध्यक्ष द्रोण बस्नेतले यो संस्थाले एम्बुलेन्स लगायतका अन्य धेरै मानविय उद्दारका कार्य गर्नसफल भएकोमा बधाई ज्ञापन गर्दै म स्वयं र नेपाली प्रवासी नेपाली मंचलाई उक्त सामाजिक कार्यमा सहयोग गर्ने मौका दिएकोमा धन्यवाद ब्यक्त गरे ।
कार्यक्रममा जातीय संस्थाको तर्फबाट बोल्दै नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङले ईच्छा शक्ति भए असम्भव भन्ने चिज केहिहुन्न रहेछ । २००४ मा यो संस्था स्थापनाको त्यो समयमा ओखलढुंगामा सडकको सुविधा पनि थिएन होला, तर पनि एउटा विश्वासको आधारमा कतारमारहेका ओखलढुंगाका अग्रजहरुले कुनै दिन यो संस्थाले जिल्लामा एउटा एम्बुलेन्स सेवा संचालन गरेर मानवीय उद्दारको कार्य गर्नुपर्छ है भनेर जुनपरिकल्पना गर्नुभएको थियो त्यो अहिले आएर पूरा भएको छ । तर त्यसको लागि सवल नेतृत्व, इच्छाशक्ति, दृढ संकल्प र संस्था वा व्यक्तिहरु विचकोपारस्परिक सम्बन्धको आवश्यकता पर्दथ्यो, त्यो वर्तमान नेतृत्वमा भएकै कारण पनि आज हामीले पनि त्यो परोपकारी अभियानमा सहभागी हुन पाएरआजको यो महत्वपूर्ण घडीमा सम्मानित हुन पाएका छौं, उनले खुशी व्यक्त गरे।
त्यसैगरि शुभकामना मन्तव्य राख्ने अतिथि वक्ता समाजसेवी क्रान्ति सिंहले छैटौ कार्यकालमा म आफैले निर्वाचन समितिको जिम्मेवारी लिई सपथगराएका अशोक तामाङ नेतृत्वकोको कार्यसमितिले यति धेरै परोपकारी कार्यहरु सम्पन्न गरि आज आफैले सम्मान लिईरहदा मेरो जीवनको महत्वपूर्णहर्षको क्षण यो पनि एक हुनेछ भन्न्दै खुसी ब्यक्त गरे ।
शुभकामना मन्तव्यकै शिलशिलामा प्रदेश नं. १ समन्वय परिषदक महासचिव तथा सातौ अधिवेशन निर्वाचन समिति संयोजक टि एन बराल, सम्मानितव्यक्तिहरुको तर्फबाट समाजसेवी माईला वाईबा, प्रदेश नं. १ अन्तर्गतका जिल्ला संस्थाहरुको तर्फबाट खोटाङ सेवा समाज कतारका अध्यक्ष तिला खत्री,संस्कृतिक संस्थाहरुको तर्फबाट म्हेन्दोमाया समाज कतारका प्रथम उपाध्यक्ष गौतम तामाङ लगायतले ओखलढुंगा सेवा समाज कतारले गरेका सामाजिकपरोपकारी कार्यहरुको मुक्त कण्ठले प्रशंसा गर्दै बधाई धन्यवाद व्यक्त गरेका थिए ।
अन्त्यमा कार्यक्रम समापन गर्ने क्रममा सभापति समाजका अध्यक्ष अशोक तामाङले उपस्थित सम्पूर्णलाई धन्यवाद व्यक्त गरे । कतारमा हुने सबैकिसिमका सामाजिक गतिविधि संगसंगै २०१४ को अन्तिम देखि एम्बुलेन्स संचालन अभियानलाई सार्वजनिक रुपमा सहयोगको आह्वान गरि आवश्यकरकम जुटाउन २ वर्ष लाग्यो । त्यस पश्चात नेपालमा संस्था दर्ता गर्ने लगायत लामो खरिद प्रक्रियाले ६ महिना जति समय लियो । संचालनको क्रममा पनिकेहि ढिलाई भयो ।
सुरुदेखि म आफै लागिरहेकोले होला, २०१७ मै सकिएको मेरो कार्यकाल संरक्षक,सल्लाहकार, कार्यसमिति साथीहरु र अन्य सदस्यहरुकोआग्रहमा सामान्य प्रकृया पुर्याई पुन: निरन्तरता दिए र २०१८ मा जिल्लाका माननिय, पूर्व माननीय, समाजसेवी, बुद्धिजीवी, पत्रकार राजनीतिकव्यक्तित्वहरु लगायत जिल्लाबासीको नाताले सरोकार राख्ने सबै क्षेत्रका मुर्धन्य व्यक्तिहरुको सहभागितामा एम्बुलेन्स उद्घाटन गरि हाल सेवा प्रदानगरिरहेको छ र त्यसैको खुशी बाड्ने अवसर यो सातौं अधिवेशनमा तपाई सम्पूर्ण सहयोगी, परोकापरी, मनका धनि व्यक्तित्वहरुलाई सम्मान गर्न पाउदाखुसि भएको बताए । उनले थपे, भोलिको दिनमा म पदमा रहुला वा नरहुँला तर समाज प्रतिको मेरो भूमिका सदैव कृयाशिल रहनेछ ।
प्रदेश नं. १ समन्वय परिषद कतारको संरचना र ओखलढुंगा सेवा समाज कतार वा त्यस प्रदेशका अन्य संस्थाहरुको जिम्मेवारी अब संस्थागत आधारभैसकेको सन्दर्भमा नयाँ समिति संग अझ निकट रही सल्लाह सुझाब सहित मार्ग निर्देश गर्नेछु उनले भने । यो संस्थाले एनआरएनए एनसीसी कतारलाईसाझा संस्थाको रुपमा सम्मान गर्नुपर्छ भन्ने बुझाई राख्दछ । एनसीसी संगको सहकार्य स्थापना कालदेखि नै थियो र पछिल्लो समय कार्यगत एकता रसहकार्य अझ तिब्र रूपमा भयो ।
धेरै सहयोगका कार्यहरू सामूहिक रुपमा एनसीसी कतारको मार्फत नै गरेको उनले स्वीकारे । जिल्ला संस्थाहरू लगायतअन्य सबै संस्थाहरू संग पारस्परिक सम्बन्ध अझ बृद्धि भयो । धेरै कार्यहरु सामूहिक रुपमै गरियो । सकारात्मक पाटोबाट सामाजिक रूपान्तरण गर्दैपरिस्कृत ढंगबाट समाजलाईअघि बढाउनु पर्दछ भन्नेमा ओखलढंगा सेवा समाज कतारको सक्रिय भूमिका रह्यो उनले स्पष्ट पारे । अन्त्यमा पुनः सबैलाईधन्यवाद दिदै कार्यक्रम समापन गरे ।
संस्थाकी सहकोषाध्यक्ष सबिना तामाङले संचालन गरेकी कार्यक्रममा सचिव रमेश आले मगरले प्रगति प्रतिवेदन र कोषाध्यक्ष सुदीप भित्रीकोटीले आर्थिकप्रतिवेदन प्रस्तुत गरेका थिए ।
सम्भवतः दोहामै अत्यन्त छोटो र निर्धारित समय भन्दा आगावै सम्पन्न भएको कार्यक्रम यो नै पहिलो हुनुपर्छ भन्ने सहभागीबाट प्रतिक्रिया सुनिन्थ्यो । ५बजे सम्मको समय अवधि लिएको भए तापनि खुल्लासत्र कार्यक्रम अपरान्ह १ बजे सुरु भई ३ बजे सम्पन्न भएको थियो भने बन्दसत्र कार्यक्रम ४:३० बजेसम्पन्न भएको थियो ।
संस्थाको सातौं अधिवेशनको बन्दसत्रबाट मोसू कतारका पूर्व अध्यक्ष एवं प्रदेश नं. १ समन्वय परिषद कतारका वर्तमान महासचिव टि.एन बरालकोसंयोजकत्वमा झापाली समाज कतारका अध्यक्ष भवानी कोईराला र पाँचथर सेवा समाज कतारका उपाध्यक्ष खडानन्द बास्कोटा सदस्य रहेको निर्वाचनसमितिले भीम तामाङको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति मध्य २ जना सदस्यलाई अध्यक्षले मनोनित गर्न सक्ने गरी १३ सदस्ययी कार्यसमितिनिर्विरोध चयन गरेका थिए ।
नव निर्वाचित कार्यसमिति यस प्रकार छन् :-
अध्यक्ष - भीम तामाङ (निश्चल)
प्रथम उपाध्यक्ष - सबिना तामाङ
द्धितिय उपाध्यक्ष - मोहन बा. खत्री
महासचिव - ब्रिन्दराज राई
सचिव - रमेश कुमार मगर
कोषाध्यक्ष - अर्जुन बि.कि.
सह-कोषाध्यक्ष - प्रेम बा. दर्जी
सदस्यहरु क्रमस : तेज ब. कार्की,सुदीप भित्रीकोटी, बेद प्रसाद दाहाल, सुबास तामाङ,लाल बा. तामाङ,
प्रेम बर्मा