मुग्लानी खबर - ०१ माघ
दोहा-कतार:
बिगत २/३ महिना पहिले देखि नै प्रचार प्रसार गर्दै ल्होछार सांगीतिक कार्यक्रमका लागि जुटिरहेको नेपाल प्रबासी तामाङ समाज कतार उक्त साङ्गेतिक कार्यक्रमको ब्यबस्थापनको तयारीका लागि अन्तिम चरणमा पुगेको बताएको छ।
नेपालबाट आमन्त्रित चर्चित टप चारजना कलाकारहरूको साथमा तामाङ समाज कतारले प्रत्येक वर्षझै यसवर्ष पनि भव्य रुपमा सोनाम ल्होछार मनाउने तयारी तिब्र गतिमा अगाडि बढाउदै आएको हो। कतारको राजधानी दोहा बाट करिब २०/२५ किलोमीटरको दुरीमा रहेको मिसाईद स्थित अमवाज क्याम- को हाताभित्र फ्रेब्रुवरी ८ तारिख शुक्रबारको दिन हुन गइरहेको ल्होछार कार्यक्रमको लागि समाजले सामाजिक सञ्जाल फेसबुक लगायत विभिन्न सामाजिक संजाल द्वारा प्रचारप्रसार लाई पनि तिब्र बनाइ रहेका छ।
तामाङ जातिको महान चाड मन्जुश्री सम्वत २८५५ सोनाम (नयाँ बर्ष)ल्होछार (ढ्वा) सुंगुर बर्गलाई बृहत साँस्कृतिक कार्यक्रम, तामाङ जातिको विभिन्न मौलिक भेषभुषा र रितिरिवाज प्रदर्शनीको साथ स्वागत गर्दै मनाउने संस्थाले निर्णय अनुसार कार्यक्रमको तयारी तिब्र गर्दै आएको र अब भने लगभग सबै कामहरु अन्तिम चरणमा पुगि सकेको मुग्लानी खबरलाई बताएका छन। उक्त कार्यक्रमका लागि नेपालबाट आमन्त्रण कलाकारहरुको भिषा टिकेट लगायत सबै तयार भैसकेको जानकारी गराएको छ।
कार्यक्रमको लागि नेपाल बाट ख्यातिप्राप्त सेलो गायक तथा सङ्गितकार
आरवि लामा सिङतान, चर्चित सेलो गायिका
जितु लोप्चन, दोस्रो चितवन Idol तथा दोस्रो नेपाली ताराको द्वितीय रनर अप चर्चित गायक
शुरेश लामाको साथै म्हेन्दोमायाका चर्चित गायक
चिजा लेकालि (ल्हाई ब्योन) कतार आउदै छन भने स्थानीय कलाकारहरुको समेत बेजोड प्रस्तुती रहने आयोजकले जनाएको छ। उक्त ल्होछार कार्यक्रम स्थल सम्म आवतजावतको लागि आयोजकले हरेकलाई पायक पर्ने स्थानहरु बाट यातायातको ब्यबस्था गरिएको साथै कार्यक्रम स्थलमा खाना, चिया र कफिको ब्यबस्थापन गरिने बताएको छ। कार्यक्रममा जानको लागि महिला र पुरुष गरि दुइ श्रेणिको टिकटको व्यवस्था गरिएको र संबंधित ब्यक्तिहरु सङ्ग सम्पर्क गरि आफ्नो सिट सुरक्षित राख्नु हुनको लागि समाज द्वारा अनुरोध गरिएको छ।