मुग्लानी खबर पुस ३०
गत जनवरी ११, २०१९ का दिन रोतना रेष्टुरेण्ट, बारवा भिलेज, कतारमा सम्पन्न नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिती कतारको प्रथम अधिवेशनबाट अध्यक्षमा एका प्रसाद तामाङ (योगेन्द्र) सहित २१ सदस्सिय कार्यसमिति सर्वसम्वत चयन गरिएको छ ।
उक्त अधिबेसनमा तदर्थ समतितिका संयोजक योगेन्द्र तामाङको सभापतित्व रहेको थियो भने प्रमुख अतिथि नेपाल तामाङ घेदुङ संघिय कार्यसमिति नेपालका भाषा, साहित्य तथा प्रशिक्षण विभाग प्रमुख साथै नेपाल आदिवासी जनजाति महासंघ नेपालका प्रदेश नं. ३ का संयोजक काजिमान थिङ तामाङ ज्यू रहनु भएको थियो । सचिव विकाश तामाङद्धारा सञ्चालित उक्त कार्यक्रममा स्वागत मन्तव्य धन बहादुर तामाङले राखेका थिए । यसै गरि निर्वाचन समितिका संयोजक ईन्द्र बहादुर तामाङ, सदस्य गोतविर तामाङ र सदस्य प्रतिक्षा तामाङ रहेका थिए ।
कार्यक्रममा विशेष अतिथिहरुमा क्रमशः एनआरएनए आईसिसिका मानार्थ सदस्य कमलमणि गुरागा“ई, एनआरएनए एनसिसि कतारका उपाध्यक्ष सुदर्शन भट्ट, प्रवासी नेपाली मञ्च कतारका उपाध्यक्ष द्रोण बस्नेत, तराई मधेस प्रवासी मञ्चका अध्यक्ष हुसेन खान, संघीय समाज कतारका उपाध्यक्ष हिराधन राई, नेपाल पत्रकार महासंघ शाखा कतारका अध्यक्ष करिम बक्स मिया“, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका उपाध्यक्ष पुरुषोत्तम सुनुवार र नेपाल प्रवासी अदिवासी जनजाति महासंघ कतारका पुर्व अध्यक्ष बिनेश तामाङ रहेको थियो । अतिथिहरुमा क्रमशः प्रदेश नं. ५ समन्वय समिती कतारका सचिव बलदेब राना मगर, नेपाल मगर संघ शाखा कतारका अध्यक्ष शेर बहादुर रोका मगर, किरा“त याक्थुम चुम्लुङ कतारका उपाध्यक्ष हर्क खजुम, किराँत राई याख्खा कतारको प्रतिनिधि, मोरङ सुनसरी सेवा समाज कतारको प्रतिनिधि लिला नाथ घिमिरे लगायत तामाङ बुद्धिजिवि गोतविर तामाङ, ईन्द्र बहादुर तामाङ, आङग तामाङ धिसिङ, नुवाकोट सामरी यूवा सेवा समाज प्रतिनिधि, संगम ुसेवा समाजका प्रतिनिहरु समेत करिब एक सय पचास भन्दा बढि घेदुङका आजिवन र साधारण सदस्यहरुको उपस्थिति रहेको थियो ।
“सोनाम ल्होछारको प्रबर्द्धन, हाम्रो सांस्कृतिक सरोकार, तामसालिङ प्रदेशको निर्माण, हाम्रो राजनैतिक आधार” भन्ने मुल नारा साथै धर्म लामा गुरु ज्युहरुले विधिवत रुपमा पुजापाठ र मोलम मन्त्र पढेर प्रमुख अतिथि काजिमान थिङद्धारा दिप प्रज्वलन गरी उद्घघाटन गरीएको अधिवेशन उद्घाटन सत्र, बन्द सत्र र प्रशिक्षण सत्र गरि तिन चरणमा सम्पन्न भएको थियो ।
सिङ्गो तामाङ समुदायको, कला, संस्कृति , भाषा, लिपि, भेषभुषा, धर्म, संस्कार मौलिक पहिचानको संरक्षण र सम्बर्द्धन गर्नुका साथै राज्यबाट बञ्चित गरिएको हक अधिकार सुनिश्चित प्राप्त गर्नुको निम्ति नेपाल तामाङ धेदुङ केन्द्रको निर्देशन पश्चात् दोहा कतारमा नेपाल तामाङ घेदुङ, प्रवास कार्यसमिति २३ अगस्ट, २०१८ मा तदर्थ स्थापना गरेको थियो ।
प्रमुख अतिथि कजिमान तामाङ ज्यूले खुल्ला सत्रको मन्तव्यमा तामाङ जातिको पहिचानको लागि नेता होइन नेतृत्वको आवश्यकता रहेको कुरामा जोड दिनुभएको थियो । तामाङ जातिको मौलिक जिवन दर्शनको संरक्षणको लागि नेपाल तामाङ घेदुङ एउटा विश्व विद्यालय रहेको भनाई राख्दै ताम्वा, बोन्बो र लामा लगायत सवै व्यक्तित्वको सम्मान गर्दै चेतना माथि चेतनाको सिर्जशिल हस्तक्षेप हुनु पर्छ, जस लाई संस्कृति माथिको पुनर्जागरणबाट जोड्नुपर्ने सवै सहभागि हरुलाई प्रष्ट पारेका थिए । उहा“ले प्रवासमा रहेका तामाङ संस्थाहरुलाई आबद्धता दिएता पनि कतार भने नेपाल तामाङ घेदुङको पहिलो प्रवाश कार्यसमिति रहेको कुरा प्रष्ट्याउनु भएको थियो । प्रवास कमिटि गठन गर्ने क्रममा कतार पश्चात अन्य देशहरुमा पनि प्रकृया अगाडि बढाई सकेको र अहिलेको परिस्थितमा आवश्यक्त रहेको जानकारी समेत दिनु भएको थियो । प्रवासमा रहेको कुटनितिक नियोग, पार्टिका प्रवास संगठन, अदिवासी जनजाति महासंघ लगायतका सम्पुर्ण नेपाल सरकारका आधिकारीक संघसंस्थाहरुलाई घेदुङको प्रवास कार्यसमितिसंग समन्वयको लागि आग्रह गर्नु भएको थिए ।
यसै गरी शुभकामना मन्तव्यको क्रममा विषेश अतिथि तथा अतिथि ज्यूहरुले मन्तव्यको क्रममा तामाङ जातिको पनि विभिन्न राजनितिका पार्टिहरुले प्रवास कमिटि गरे जस्तै तामाङ जातिको आधिकारीक संस्था नेपाल तामाङ घेदुङले पनि कतारलाई नै प्रवासको पहिलो कमिटि रहेको जानकारी पाउदा खुशी व्यक्त गर्दै सबै संस्थाहरुले सहकार्य गर्नको लागि प्रतिबद्धता जाहेर गर्दै कार्यसफलताको शुभकामना दिएका थिए ।
अन्य निर्वाचित पदाधिकारी तथा सदस्यहरुमा क्रमशः उपाध्यक्षमा ज्ञानमान लामा थिङ र वाङजु लामा, सचिव विकाश तामाङ, सह–सचिव धन बहादुर तामाङ, कोषाध्यक्ष सुक बहादुर तामाङ (सुरेन), सहकोषाध्यक्ष सुमान कुमार लो, सांस्कृतिक धेदुङ अध्यक्ष हिरे तामाङ, महिला धेदुङ अध्यक्ष मिन कुमारी तामाङ, यूवा घेदुङ अध्यक्ष शुक्र ब. तामाङ, तम्बा घेदुङ अध्यक्ष आङ्ग तामाङ घिसिङ, सदस्यहरुमा क्रमशः राज कुमार गोले, सन्त बहादुर तामाङ, कुमारी बेली गोले, कन्छाराम स्याङतान, पञ्च कुमार मोक्तान, टिकाराम तामाङ, लक दोर्जे तामाङ, निमा तामाङ र पुर्णमान तामाङ रहेका छन् । निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई प्रमुख अतिथिद्धारा सपथ ग्रहण गराईएको थियो
तेस्रो चरणको प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिबाट उपस्थित तामाङ दाजुभाई तथा दिदीबहिनीहरुलाई तामाङ सांकृतिक पुनर्जागरण सम्वन्धि प्रणिक्षण दिनु भएको थिए । साथै नेपाल तामाङ घेदुङले स्थापना २०१३ देखि हाल सम्म गरेका विभिन्न संघर्षको ईतिहास र आगामी दिनमा तामाङ जागरणको मार्गदर्शनका कुराहरुलाई प्रष्ट रुपमा प्रस्तुत गरेका थिए ।
कार्यक्रमलाई सफल पार्नुको निम्ति प्रत्यक्ष अप्रत्यक्ष रुपमा अमुल्य योगदान पुर्याउनु हुने प्रमुख अतिथी, विभिन्न संघ, संस्थाबाट पाल्नु भएका विषेश अतिथी ज्युहरु, अतिथीहरु, बुद्धिजीवी ज्युहरु, कलाकार व्यावशायिक, पत्रकार ज्युहरु, आयोजक टिमबाट आर्थिक, भौतिक नैतिक, सामाजिक रुपमा अमुल्य योगदान पु¥याउने समितिका पदाधिकारीहरू, स्वयंसेवक साथीहरू एवम अन्य पदाधिकारी ज्युहरु लगायत कार्यक्रममा दोहाको विभिन्न स्थानबाट पाल्नु भएका नेपाल तामाङ घेदुङप्रेमी, आदरणीय, दाजुभाइ तथा दिदिबहिनी शुभेच्छुक, शुभचिन्तक दर्शक महानुभावहरुप्रती विशेष धन्यवाद आभार प्रकट गर्दै सभापतिबाट कार्यक्रम समापन गरिएको थियो ।
साथै आगामी १ फ्रवु्रवरी २०१९ मा हुने तामाङ समुदायको राष्ट्रिय महान पर्व मञ्जुश्री संवत २८५५ औं सोनाम ल्होछार “फा्ग र ड्वा ल्हो (सु“गुर वर्ग) को पावन अवसरमा नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिती दोहा कातारद्वारा आयोजित प्रथम ऐतिहासिक राष्ट्रिय पर्व “सोनाम ल्होछार” विशेष सांस्कृतिक कार्यक्रमलाई सफलता बनाउनका लागि कतारमा कार्यरत सम्पुर्ण तामाङ तथा गैह्र तामाङ नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा हार्दिक निमन्त्रण गर्दै भविस्यमा गरिने विविध कार्यक्रमहरुमा पनि साथ, सहयोग हौसला, सुझाव, समर्थनको अपेक्षा समेत अनुरोध गरेका थिए ।