मुग्लानी खबर पौष २९
रन्जित क्रोम्छे तमु / कतार
तमुहरुको महान राष्ट्रिय पर्व फो ल्होसारको शुभ अवसरमा तमु प्ये ल्हु संघ कतार शाखाको आयोजनामा हिजो ११ जनवरी २०१९ शुक्रबारका दिन दोहाको गल्फ होराईजन होटलको सभाहलमा "फो ल्होसार बिशेष कार्यक्रम २०१९" कार्यक्रम भव्यताका साथ सम्पन्न भयो ।
संघको अध्यक्ष श्री रबिन्द्र प्ल्हे तमुको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुता बास दोहा कतारको महामहिम राजदुत श्री रमेश प्रसाद कोइराला ज्यु प्रमुख अतिथि रहनुभएको थियो भने विशेष अतिथिहरुमा नेपाली राजदुता बास दोहा कतारको तृतीय सचिब श्री तुलशी प्रसाद कोईराला ज्यु, संघको पच्यु खेगी श्री जिबन ल्हेंगे तमु ज्यु, क्ल्हेप्री खेगी श्री नबिन टु क्ल्हेप्री तमु ज्यु, जेस्ठ नागरिक श्री खिम बहादुर प्ल्हे तमु ज्यु, संघकै संस्थापक तथा संरक्षक श्री युद्दजंग प्हच्यु तमु ज्यु, संघको निमन्त्रणा लाई स्वीकार गरि नेपाल बाट पाल्नु हुने अतिथि कलाकार द्द्य, कास्की निबासी तमु प्ये ल्हु संघ केन्द्रिय युबा समितिको दित्तीय उपाध्य्क्ष तथा नृत्य निर्देशक सुश्री पूर्ण कुमारी ल्हेंगे तमुस्यो (रुपा) ज्यु, लमजुङ्ग निबासी, तमु प्ये ल्हु संघ लमजुङ्ग जिल्ला शाखा समितिको सक्रिय सदस्य तथा नृत्य निर्देशक सुश्री भारती घलेस्यो ज्यु, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद सदस्य श्री बिमल सुबेदी ज्यु,
गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदको सस्टेईबल चेयरम्यान श्री क्रान्ती सिंह ज्यु, गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका महासचिब श्री बुधबल तमु ज्यु, बैचारिक संस्थाहरु, प्रबासी नेपाली एकता मन्च कतारको प्रतिनिधि ज्यु, नेपाली जनसम्पर्क समिति कतारको महामन्त्री श्री अजिज अलि ज्यु, बिबेकशील शाझा मन्च कतारको प्रतिनिधि ज्यु, जन प्रगतिशील मन्च कतारको केन्द्रिय सदस्य जमुना श्रेष्ठ ज्यु, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष श्री शिव भुजेल ज्यु र तमु (गुरुङ) समाज कतारको अध्यक्ष श्री भईकाजी तमु ज्युको उपस्थित रहेको थियो ।
त्यसै गरि अतिथिहरुमा, नेपाल मगर संघ कतारको प्रतिनिधि ज्यु, किराँत याक्थुङ, चुम्लुङ कतारका अध्यक्ष श्री राजेन्द्र साम्मेखाम लिम्बू ज्यु, किराँत राई यायोख्खा कतारका अध्यक्ष श्री एकराज राई ज्यु, नेपाल प्रवासी तामाङ समाज कतारका प्रथम उपाध्य्क्ष श्री तेज मोक्तान तामाङ्ग ज्यु, थारु कल्याणकारी सभा कतार च्याप्टरका अध्यक्ष श्री अरबिन चौधरी ज्यु, सुनुवार सेवा समाज कतारका प्रमुख सल्लाहकार श्री सोम सुनुवार ज्यु, नेपाल प्रवासी भुजेल सेवा समाज कतारका अध्यक्ष श्री मिलन भुजेल ज्यु, शेर्पा किदुङ समाज कतारका अध्यक्ष श्री ङवाङ कुसाङ शेर्पा ज्यु, धानुक सेवा समाज कतारका अध्यक्ष श्री राम कुमार मण्डल ज्यु, विभिन्न जिल्लागत संघ-संस्थाहरुका प्रमुख तथा प्रतिनिधि ज्युहरु, व्यवसायी तथा समाजसेवी व्यक्तित्वहरुको गरिमामय उपस्थिति सँगै दोहावासी तमु तमुस्यो तथा गैर तमु महानुभावहरुको उल्लेखनीय उपस्तिथि रहेको कार्यक्रम संघको सचिव रन्जित क्रोम्छे तमु र सांस्कृतिक विभागको कोर्डिनेटर राजेश टु क्ल्हेप्री तमुले सञ्चालन गरेका थिए ।
प्रदेशमा रहेर आफ्नो महान पर्व मनाउनको निम्ति कार्यक्रम सुरुवात घरदेशको नेपाली राष्ट्रिय गान गाएर लगत्तै, कर्मभूमि कतारलाई सम्मान स्वरुप कतारको राष्ट्रिय गान बजाई कार्यक्रम बारेमा प्रकाश पार्दै संघको प्रथम उपाध्यक्ष श्री चन्द्र ल्हेंगे तमु ज्युले स्वागत मन्तव्य द्वारा उपस्थित सम्पूर्णलाई स्वागत गर्नुभए लगत्तै कार्यक्रमको सभापति तथा प्रमुख अतिथिज्युको बाहुली बाट दीप प्रज्वलन र ब्यानर अनावरण गरी कार्यक्रमको समुद्घाटन गरिएको थियो।
नेपाल बहुभाषिक, बहुसांस्कृतिक मुलुक हो, त्यसमा पनि तमु जातीको अझै छुट्टै आफ्नै पहिचान रहेको तमु जातिको राष्ट्रिय गान संगै तमु प्ये ल्हु संघ स्वागत गित पनि बजाई उपस्थित सम्पूर्ण महानुभावज्युहरु सम्मान गर्नु भएको थियो भने संघको खेगी गुरुहरु बाट फो ल्होसारको अबसरमा सम्पूर्णमा आ आफ्नो आशिमला / शुभकामना ब्यक्त गर्नु भएको थियो । तमु जातिमा ल्होसार महत्व बारेमा संघको संस्थापक अध्यक्ष तथा संरक्षक श्री युद्दजंग प्हच्यु तमु ज्युले प्रस्ट्याउदै उपस्थित सम्पूर्णमा फो ल्होसार को शुभकामना तथा कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो।
नेपाली राजदुतावास दोहा कतारको महामहिम राजदुत श्री रमेशप्रसाद कोईराला ज्यु बाट तमु (गुरुङ) समुदायको महान पर्व तमु ल्होसारको उपलक्ष्यमा उपस्थित सम्पूर्ण तमु तमुस्यो तथा कार्यक्रम मा उपस्थित अन्य गैर तमु हरुमा पनि शुभकामना ब्यक्त गर्दै, रोजगारीको शिलशिलामा दोहामा रहनु हुने सम्पूर्णमा नेपाली राजदुताबासको तर्फबाट सक्दो साथ सहयोग रहने, तमु जातिमा रहेको यति मुल्यवान संस्कृति र अन्य हामी नेपालीहरु संस्कार संस्कृतिको धनि छौ भन्नलाई विश्व सामु देखाउन निम्ति सक्दो कतार समक्ष पहल गरिने, चाडै नै नेपाली सामुदायिक घर, नेपाली संस्कृति केन्द्र खोल्न प्रयत्न गरिने खुलाशा समेत मन्तव्यमा राख्नु भएको थियो । साथै तमु जातिको सत्कार र सम्मान लाई खुलेर प्रसंशा गर्दै तमु फो ल्होसारको सम्पूर्ण नेपाली तमु दिदीबहिनी तथा दाजुभाइहरुमा सुख, शान्ती, समृद्धि , सुस्वास्थ्य तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्नुभएको मन्तब्य अन्य अतिथि ज्युहरुले राख्नु भएको थियो ।
यस "फो ल्होसार बिशेष कार्यक्रम २०१९ लाई भव्यताका साथ सफल बनाउन विभिन्न संस्था र व्यक्तित्वहरु द्वारा आर्थिक सहयोग गर्नु भएको थियो। ल्होसार एउटा शुभकामना आदान प्रदान तथा स्यार्कै कार्यक्रम भएकोले उपस्थित सम्पूर्णले फो ल्होसारको आशिमला / शुभकामना आदान प्रदान गर्दै तमु चेलीहरुले बनाउनु भएको मिठो परिकार रोटि, अचार, खानाको ग्रहण गर्दै, सम्पूर्णमा मनोरञ्जन तथा तमु संस्कार पछि संस्कृतिले तमु प्ये ता ल्हु ता संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्य लिई तमु प्ये ल्हु संघ कतार सांस्कृतिक बिभागको कलाकार भाइबहिनीहरुको बिभिन्न रमाइला प्रस्तुतीहरुको साथमा संघको निमन्त्रणामा नेपाल बाट पाल्नु हुने अतिथि कलाकार द्द्य रुपा ल्हेंगे तमुस्यो र भारती घलेस्योको बेजोड नृत्य प्रस्तुतिले कार्यक्रम मनोरन्जात्मक रौनकता बढाएको थियो।
कार्यक्रमका प्रमुख अतिथि महामहिम राजदुत श्री रमेश प्रसाद कोईराला ज्युलाई (क्रेगी) फेटा र भाङ्ग्राले संस्थागत सम्मान गरिएको थियो र क्रिस्टल र तमु जातिको आस्थाको क्होईवो धी को प्रतिक मायाको चिनो संघको अध्यक्ष तथा संरक्षक द्वारा प्रदान गरिएको थियो । फो ल्होसारको शुभ अवसरमा तमु (गुरुङ) समाज कतार महिला बिभागको तर्फ़ बाट कोशेली स्वरुप मिठो परिकारहरु कार्यक्रमको सभापती ज्युलाई हस्तान्तरण गर्नु भएको थियो भने तमु (गुरुङ) समाज कतारबाट कार्यक्रमको सभापती श्री रबिन्द्र प्ल्हे तमु, प्रमुख अतिथि महामहिम राजदुत श्री रमेश प्रसाद कोईराला, संघको संरक्षक श्री युद्दजंग प्हच्यु तमु र महिला विभागको संयोजक सारा लेम तमुस्योलाई क्रमश (क्रेगी) फेटा र क्रमु (पछ्यौरी) ले सम्मान गर्नु गरिएको थियो
अन्त्यमा कार्यक्रममा उपस्थित सम्पूर्ण आमन्त्रित प्रमुख अतिथि, बिशेष अतिथि र अतिथिहरु, सम्पूर्ण संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ज्युहरु, दोहावासी तमु तथा गैर तमु महानुभावहरु प्रति गरिमामय उपस्थितिको निम्ति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दै, उहाँहरुको यो सद्भाव र सहयोगको निम्ति कृतज्ञता ब्यक्त गर्दै कार्यक्रमका सभापती रबिन्द्र प्ल्हे तमु ज्यु द्वारा "फो ल्होसार बिशेष कार्यक्रम २०१९" को समापन गर्नुभएको थियो।