मुग्लानी खबर पौष २९
कतारमा स्थापित नेपाली साहित्यिक संस्थाहरु अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर तथा नवोदित साहित्यिक वाचनालय कतारले संयुक्त आयोजनामा बिगत ८८ मैना देखि प्रत्यक मैनाको दोस्रो सुक्रबार संचालन गर्दै आएको अनेसास नवोदित साहित्यिक वाचन डबलिको ८८ औं शृङ्खला यहि ११ जनवरी २०१९ का दिन कतारको दोहा स्थित टपफम रेस्टुरेन्टको सभाहलमा बिभिन्न साहित्यिक रचनाहरु वाचन गर्दै सम्पन्न गरिएको थियो सोही डबलिलाइ अनलाइन रेडियो रेडियो हिमालयबाट प्रत्यक्ष प्रसारण पनि गरिएको थियो ।
डबलिमा विशिष्ट श्रोता कतारमा रहेर नेपाली भाषा र साहित्यलाइ मायागर्ने एक समाजसेवी ब्यक्तित्यो एन आर एन ए कतारका अध्यक्ष समाजसेवी श्री नवीन पोख्रेललाई बनाइएको थियो ।
डबलिमा विशिष्ट श्रोताको आसन ग्रहण पछि सबैले यथा स्थानमा उठेर नेपाली राष्ट्रिय गान गाएर सभाहललाइनै मन्त्र मुघ्न बनाउदै सुरुगरिएको थियो ।
कतारमा रहेर विभिन्न बिधामा कलम चालाउनुहुने साहित्यकारहरुको बाक्लो उपस्थिति रहेको डाबलिमा पुर्ब विशिष्ट श्रोताहरुको पनि उपस्थिति रहेको थियो ।
कतारमा रहेर साहित्य क्षेत्रमा कलम चलाइरहेका दिपेश राइको गजल बाचनले डबलिको ढोका उघारेको थियो भने गजलकारहरु खमेन्द्र शाही, सागर बिभोर पाल्पाली, दिप क्षेत्री , अखिल अनुराग, खेम राज सुबेदी, निरन नेपाल, महेन्द्र खड्का, इस्वर राई लजालु, दिप प्रदिप कुमार, राम आचर्य सायर, सन्तोष अधिकारी, चक्र कार्की, मणि पौडेल,दिलिप पराजुली, श्यामराज रानाभाट, बिन्दा लामा, सेखर बस्नेत, तपन जिएम, बिनोद अधिकारी, सावित्री गिरी,प्रेम प्रसाद भट्टराई माया प्रेमका देश प्रेमका प्रवासका पिडाहरुलाई समेटेर लेखिएका उत्कृष्ट गजलहरु कसैले वाचन गरेर कसैले लय बद्द तरिकाले गायर उपस्थित सम्पुर्ण साहित्यप्रेमी नेपाली दाजुभाइ तथा दिदिबैनिहरुलाइ भरपुर साहित्यिक मनोरञ्जन दिएका थिए ।
त्यसैगरी कविहरु लिला नाथ घिमिरे र सिताराम थापाले एकदमै उत्कृष्ट कविता वाचन गरेका थिए ।
त्यसैगरी सावित्री गिरि र लेख कार्किले अतिनै रमाइला मया प्रेमका अनि देश भक्तिका केही थान मुक्तक वाचन गरेर सभाहलमा रहेका सबै सहित्यप्रेमी श्रस्टाहरुलाइ जुरुक जुरुक उचालेका थिए ।
उक्त डबलिमा बोल्दै अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कतारका अध्यक्ष प्रेम प्रसाद भट्टराईले कतारको साहित्यमा सबै साहित्य बिधाको बिकास गर्दै सबै बिधालाइ अगाडि बढाएर लैजान जोड दिनुपर्ने बताउदै कार्यक्रममा उपस्थिति जनाएर डबलिलाइ सब्य र भब्य बनाइदिनुभएकोमा सम्पुर्ण उपस्थित साहित्यप्रेमि नेपाली दाजुभाइ तथा दिदिबैनिहरुलाइ मुरि मुरि धन्यवाद ब्याक्त गर्दै आगामी डबलिमा पनि निरन्तर उपस्थिति जनाउन आग्रह गरेका थिए ।
अनेसास नवोदित ८८ औं वाचन डबली गजलकार नारायण भण्डारी "निर्जल"ले एकदमै रमाइलो तरिकाले संचालन गरेका थिए ।
डबलिको अन्त्यमा विशिष्ट श्रोता एन आर एन ए कतारका अध्यक्ष नवीन पोख्रेलले प्रवासमा रहेर पनि नेपाली भाषा र साहित्यको जगेर्ना गर्दै यस्तो अन्यकार्यक्रम भन्दा भिन्दै कार्यक्रम गरेर ८८ औं डबली सम्म आइपुग्न सफल भएकोमा खुसी ब्यक्त गर्दै अझै हजारौं हजार डबली चलिरहोस भन्ने शुभकामना दिएर डबलिको समापन गरेका थिए ।