मुग्लानी खबर पौष २९
कतारमा स्थापित तिन किराति सस्थाहरु सुनुवार सेवा समाज शाखा कतार, किरात याक्थुङ चुम्लुङ कतार र किरात राई यायोक्खा शाखा क़तारको संयुक्त आयोजनामा किरात संम्वत येल थोचे, तङवे,दोङग ५०७९ शुभकामना आदान प्रदान कार्यक्रम दोहा स्थित रोयल नेपाल रेष्टुरेन्टको सभाहलमा सम्पन गरिएको छ।
मुल समारोह आयोजक समितिका संयोजक तथा सुनुवार सेवा समाज शाखा कतारका अध्यक्ष श्री सामुयल सुनुवार ज्यु को सभापतित्व रहेको कार्यक्रमा नेपाल प्रवासि आदिवासि जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेल प्रमुख अथिति रहेका थिए भने उपसम्योजक कियाचु अध्यक्ष राजेन्द्र साम्याङ्खाम, उपसम्योजक किराया अध्यक्ष एकराज राई, तिन किराति सस्थाका प्रमुख सल्लाकार सुसेस शाखा कतारका सोम सुनुवार, किराया शाखा कतारका अमृत राई, कियाचु कतारका बिषेस सल्लाकार लोकेन्द्र तुम्रोक, सुसेस शाखा कतारका संस्था संरक्षक पुरुसोतम सुनुवार,
किराया शाखा कतारका बिषेस सल्लाहकार धिरज चाम्लिङ राई साथै मातृ सस्था बाट तमु गुरुङ समाज कतारका अध्यक्ष भाई काजि गुरुङ, नेपाल प्रवासि तामांग समाज कतारका सचिव कुमारी वोम्जन तामाङ, प्रवासि भुजेल सेवा समाजका द्धितिय उपाध्यक्ष रमेश भुजेल, थारुकल्साकारीणि सभा च्याप्टरका अध्यक्ष अर्बिन्द्र चौधरी, शेर्पा किदुग संघ कतारका अध्यक्ष कुसाङ शेर्पा बिषेस अथिति रहेका थिए भने कियाचु कतारका सल्लाहकार केवल पाहिम लिम्बु,डम्बर लिबाङ लिम्बु ,तिल बिक्रम थेवे लिम्बु, सोम माबोहांग लिम्बु , किराया शाखा का सल्लाकार दीपेन्द्र राई, दिपक राई, तिर्थ संगम राई , रबिन राई,रेखा राई, नियम भुजेल, तेज मुक्तान अथिति रहेका उक्त कार्यक्रममा कतार स्थित किरात तथा गैर किरातिहरुको बाक्लो उपस्थिती रहेको थियो ।
प्रमुख अथिति तथा सभापत्तिको संयुक्त हस्तवाहुलि बाट ब्यानर अनावरण तथा दिप प्रज्वलन, राष्ट्रीय गित संगै कार्यक्रम समुत्घाटन गरिएको थियो भने कार्यक्रममा किराया शाखा कतारका अध्यक्ष तथा मुलसमारोह आयोजक समितिका उप- संयोजक एक राज राईले स्वागत मन्तव्य संगसगै येले थोचे, येले तङवे , येले दोङग ५०७९ बारेमा बिस्तृत जानकारी गरौऊदै स्वागत मन्तव्य राख्नु भएको थियो ।
किराति सम्बत येले थोचे , येले तङवे,येले दोङग ५०७९ को शुभकामना मन्तव्यमा प्रमुख अथिति शिव कुमार भुजेल ज्यु ले राज्यले गर्ने जातीय, भाषिक, धार्मिक, संस्कृतिक असमानताको बिरुद्धमा एक हुनका लागि पनि समस्त किराती लगाएत आदिवासि जनजातिहरु एक हुन अति आवश्यक रहेको बताउदै एकता बिना केही सम्भावना नभएको, एकता नै शक्ति भएको भन्दै, बिचार, सिद्धान्त मिल्ने सम्बन्धित सबै समुदाय, संघसंस्थाहरु एकता र शक्ति के हो ? भन्ने कुरा कतारका ३ किराती संस्थाहरुसंग सिको गर्दै आजैदेखि सो अभियानमा लागि पर्नु पर्ने बताएका थिए उक्त कार्यक्रममा सुसेस शाखा संरक्षक पुरुषोत्तम सुनुवार, प्रमुख सल्लाहकार सोम सुनावार, कियाचु कतारका बिषेस सल्लाकार लोकेन्द्र तुम्रोक, किराया शाखा कतारका प्रमुख सल्लाहकार अमृत राई, बिषेस सल्लाकार धिरज चाम्लिङ राई, तमु गुरुङ समाजका अध्यक्ष भाई काजि गुरुङ, नेपाल प्रवासि तामाङ समाजका सचिव कुमारी तामाङ, प्रवासि भुजेल सेवा समाजका द्धितिय उपाध्याक्ष रमेश भुजेल, थारु काल्याणकारिणि सभा च्याप्टरका अध्यक्ष अर्बिन्द्र चौधिरी, सेर्पा किदुग संघ कतारका अध्यक्ष कुसाङ शेर्पा,कियाचु कतार सल्लाहकार तिल बिक्रम थेबे, किराया सल्लाकार दीपेन्द्र राईले आफ्नो शुभकामना मन्तव्य राख्नु भएको थियो।
त्यसै गरी दोहामा स्थापित तिन किराति सस्थाहरु लाई एकबद्धता , सहकार्य र किराति चाडहरुलाई संयुक्तरुपमा मनाउनका लागि परिकल्पना गरी सुरुवात गर्नु हुने तिन किराति सस्थाको पुर्व अध्यक्ष राम सुनुवार, लोकेन्द्र तुम्रोक , धिरज चाम्लिङ राई, तत्कालीन अवस्थामा एकताको लागि अहम भुमिका खेल्नु हुने कियाचु कतारका पुर्व अध्यक्ष तथा बर्तमान बिषेस सल्लाहकार दिल किरण खजुम, किराया शाखा कतारका पुर्ब अध्यक्ष तथा सल्लाहकार चन्द्र शेर राई , तिर्थ संगम राई, सुसेस शाखा कतारका निवर्तमान सल्लाहकार भानु सुनुवार ज्युहरुलाई फेटा तथा दोसल्ला ओढाएर सम्मानपत्रका साथ स-सम्मान गरिएको थियो भने २३ डिसेम्बर २०१८ मा सम्पन्न भएको उधौलि कार्यक्रमलाई सफल वनौउनका लागि अहोरात्र खटनु हुने स्वयंसेवक तथा कलाकारहरुलाई धन्यबाद सहित कदर पत्र र प्रसंशा पत्र प्रदान गरिएको थियो।
कार्यक्रमको अनत्यमा उप–संयोजक राजेन्द्र साम्याङ्खामले कार्यक्रमलाई सफल बनाउन हरेक तह र तप्कामा योगदान पुर्याउने व्यत्ति तथा संघ संस्थालाई धन्यवाद दिएका थिए भने सभाध्यक्ष सामुयल सुनुवारले कतारका किराती संस्थाहरुद्वारा सुरु गरिएको यस बृहत् अभियानमा सबै किरातीहरु सकारात्मक हुनपर्ने अपिल गर्दै कार्यक्रम सफलता पुर्बक सम्पन्न गर्न खट्नु हुने लगायत सम्पुर्ण उपस्थित जनसमुदायहरुलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको उक्त कार्यक्रम मुल समारोह समितिका सदस्य सचिब तथा कियाचु कतारका महासचिव सागर तुम्बाहाङ्फेले संचालन गर्नु भएको थियो।
सागर तुम्बाहाङफे लिम्बु
सदस्य सचिव
मुल समारोह आयोजक समिति
दोहा कतार ।