मुग्लानी खबर- पौष २८
प्रदेश नम्बर ३ समन्वय परिषद कतारको आयोजनामा प्रथम बनभोज तथा सास्कृतिक कार्यक्रम २०१९ भब्यताका साथ सम्पन्न भएको छ भने स्थानिय कलाकार र राष्ट्रीय लोकदोहोरी गायक प्रकाश कटुवालले छमछमी नचाए।
प्रदेश नम्बर ३ समन्वय परिषद कतारका अध्यक्ष समीर केसीको सभापतित्व तथा नेपाली समुदायका अगुवा र वरिष्ठ समाजसेबी सागर नेपालको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बिशेष अतिथीहरुमा एन आर एन ए( NCC) कतारका उपाध्यक्ष तेज कटुवाल,जन सम्पर्समिती कतारका कावा अध्यक्ष शन्कर न्यौपाने,प्रबासी नेपाली मन्च कतारका अध्यक्ष चानक पोख्रेल ,तराई मधेस लोकतान्त्रिक पार्टिका अध्यक्ष मोहम्मद हुसेन,पत्रकार महासङ्घ कतारका अध्यक्ष करिम बक्स मिया,आदिबासी जनजाती महासङ्घ कतारका सचिब नियम भुजेल ,प्रदेश नम्बर १ समन्वय पदिषद कतारका अध्यक्ष टि एन बराल र नेपाल बाट आमन्त्रित राष्ट्रिय लोक तथा दोहोरी गायक प्रकाश कटुवाल लगाएत विभिन्न बैचारिक जिल्लागत संघ सस्था, मात्री संस्थाहरु बुद्धिजीवी व्यापारी समाजसेवी लगाएत थुप्रै नेपाली दाजुभाई तथा दिदी बहिनिको उल्लेख्य सहभागिता रहेको थियो।
सामुहिक राष्ट्रीय गानबाट शुरु गरिएको उक्त कार्यक्रममा सम्पुर्णलाई स्वागत मन्तब्य समाजका उपाध्यक्ष रमेश तिवारीले दिएका थिए भने कार्यक्रम सफलताको शुभकामना सहित मन्तब्य दिनेहरुमा प्रदेश न १ समन्वय परिष्द कतारका अध्यक्ष टि. एन. बराल,एन आर एन ए (NCC) कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल,नेपाल जन सम्पर्क मन्च कतारका उपाध्यक्ष शन्कर न्यौपाने, नेपाल प्रबासी मन्च कतारका अध्यक्ष चानक पोख्रेल लगाएतका ब्यक्तित्व रहेका थिए।त्यसैगरी कार्यक्रममा प्रदेश नम्बर ३ समन्वय परिषद कतारको प्रथम अधिबेसन बाट जन निर्बाचित कार्यसमितिका सदस्यहरुलाई कार्यक्रमका प्रमुख अतिथी तथा नेपाली समुदायका अग्रज ब्यक्तित्व सागर नेपालको हातबाट प्रमाण पत्र हस्तान्तरण गरिएको थियो।कार्यक्रमका प्रमुख अतिथि सागर नेपालले बोल्दै सम्पुर्ण एक एक नेपाली आफ्नो देश र परिवारको लागि अत्यन्तै महत्वपुर्ण रहेको र कहिले पनि आफ्नो जिवनमा आफुलाई असक्षम तथा कम पारिश्रमिकमा काम गर्छु भन्दै कमजोर महशुस गर्नु भन्दा देशको अर्थतन्त्रमा बलियो टेवा पुर्याउने देशको जिम्मेवार सिपाही हु भन्ने आत्माबोध गर्दै सधै आफू भाषा धर्म सस्कृती र सस्कारमा आफुलाई नेपाली बनाउनुपर्छ भन्ने सुझाव समेत दिएका थिए।
गणेश अधिकारी सम्योजकत्वमा भएको औपचारिक र अनौपचारिक सास्कृतिक कार्यक्रम गरि दुई चरणमा भएको उक्त कार्यक्रममा सभापति समिर केसीले बोल्दै प्रदेश नम्बर ३ समन्वय परिषद कतार करिब 1३ ओटा जिल्लालाई लक्षित गरि गठित यो सस्थामा अहिले सम्म सात ओटा जिल्लाका सस्थाहरुले सामाजिक कार्यहरुमा हातेमालो गर्दै आइसकेको र छिट्टै अन्य सस्थाहरु पनि आउने आसा रहेको बताएका थिए।सस्थाका बारेमा छर्लङ्ग पार्दै यो प्रथम बनभोज तथा सास्कृतिक कार्यक्रमलाई सफल बनाईदिन आउनुहुने विभिन्न जिल्लाका प्रतिनिधिहरु समाजसेबि व्यापारी बुद्धिजीवी लगाएत नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायक प्रकाश कटुवाललाई धन्यबाद दिदै औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।औपचारिक कार्यक्रमको सहजीकरण महासचिव कबिन्द्र कडेलले गरेका थिए।
प्रथम बनभोज तथा सास्कृतिक र विभिन्न खेलकुद,चिट्ठा प्रथा जस्ता मनोरञ्जनात्मक खेलहरु समेत रहेको उक्त कार्यक्रममा स्थानिय कलाकार तथा नेपाल बाट आमन्त्रित अथिती कलाकार राष्ट्रिय लोक तथा दोहोरी गायक प्रकाश कटुवालका दर्जनौ गीतहरु छेकेन जामाले,रक्सीको गन्ध,पहिलो बेसार ,फुल फुल्यो केसरी,ढल्क्यो आधा बैन्स ढल्क्यो जस्ता दर्जनौ सर्बाधिक चर्चा कमाउन सफल गीत गाएर कार्यक्रममा उपस्थितलाई ब्रुक ब्रुक उफारे समाल गार्डेनको विभिन्न क्षेत्रमा दाजुभाई तथा दिदिबहिनिहरु नाच्दै रमाईलो गरिरहेका थिए।त्यसैगरी स्थानिय कलाकारहरुमा प्रशान्त परियार,सिर्चेन तामाङ,सोनु तामाङ,मणिराज तामाङ,अश्मिता तामाङ लगाएतका कलाकरहरुले आफ्नो प्रस्तुती दमदार दिई बनभोज थप मनोरञ्जनात्मक बनाउन सफल रहे भने त्यसैगरी खेलकुद अन्तर्गत ५/५ जनाको समूह बनाई डोरी तान खेलमा सन्ध्या ग्रुप अलखोर कतार र मुग्लानी सौगात कतारले बिजेता हासिल गर्यो त्यसै चिट्ठा प्रतियोगिता समेत भएको थियो।सास्कृतिक कार्यक्रमको सहजीकरण शुबास तामाङले गरेका थिए।