काठमाडौं – नेपाल आयल निगम लिमिटेडका पूर्वकार्यकारी निर्देशक गोपालबहादुर खड्काले गैरकानूनी रुपमा १८ करोड भन्दा बढी आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगल भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले सोमबार खड्काले निजामित सेवामा रहँदा अकुत सम्पत्ति आर्जन गरेको अभियोगमा विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । खड्काले सात करोड रुपैयाँ भन्दा बढीको सम्पत्ति पारिवार बाहेक अरु व्यक्तिको नाममा समेत राखेको अनुसन्धानका क्रममा खुलेको अख्यिारले अभियोग पत्रमा उल्लेख गरेको छ । आयोगले प्रमाणको रुपमा खड्काको ८९ लाख ८९ हजार रुपैयाँ अदालतमै पेश गरेको छ ।