मुग्लानी खबर- पौष २२
ग्याबा तामाङ बंशको भाषा धर्म सस्कार सस्कृतिको भेष भुषाको संरक्षणको निम्ति अन्तरास्ट्रिय रुपमा प्रबर्द्धन गर्ने उदेश्य अनुरुप "ग्याबा तामाङ बंश उत्थान संघ"नेपालको बिदेश बिभागको पहिलो कार्यसमिति हिजो जनवरी ५ कतारमा चयन गरेको छ।
"बर्मा गए कर्म सङै, नेपाल गए कपाल सङै" भने झै रोजगारीको शिलशिलामा बिस्वका जुनसुकै कुनामा रहेपनी आफ्नो पन आफ्नो मन त कहाँ भुलिन्छ र?हो यस्तै नेपाल देखि सातसमुन्द्र पारि झन्डै ५५% डिग्रीको तातो घामको ताप र सुख्खा मरुभूमि को राप सङ्ग पौठिजोरी खेल्दै गरेपनी ग्याबा तामाङ वंशको भाषा-भेषभुषा संस्कार,संस्कृति,संरक्षण,सम्बर्द्धनको लागि अथवा अन्तर्राष्ट्रिय रुपमा विस्तार गर्ने उदेश्यले नेपाल स्थित पाँचथर ६ मिख्लाजुङ चुनेबा स्थानीय घर भै हाल रोजगारीको सिलसिलामा लामो समयदेखि कतारमा बसोबास गर्दै अाउनुभएका रामचन्द्र ग्याबा तामाङको सभापतित्व र प्रबासी तामाङ समाज कतारका महासचिव श्री धीरेन ग्याबा तामाङको विशेष उपस्थितिमा "ग्याबा तामाङ वंश उत्थान संघ" नेपालको विदेश विभागको पहिलो कार्यसमिति गठन गरिएको हो।
ग्याबा तामाङ बंश उत्थान संघको बिदेश बिभाग गठित पहिलो कार्यसमितिमा रामचन्द्र ग्याबा तामाङको अध्यक्षतामा १२ सदस्यीय कार्यसमितिको गठन गरेको छ जस अनुसार: १.अध्यक्ष: राम चन्द्र ग्याबा तामाङ पाँचथर,मिख्लाजुङ-६ चुनेपा, २.प्रथम उपाध्यक्ष: धिरेन ग्याबा तामाङ धादिङ, खानियाबास-५ दार्खा,३.दितिय उपाध्यक्ष: टिका ग्याबा तामाङ भोजपुर,पावादुङ-६,४.सचिव: तुल बहादुर ग्याबा तामाङ (वाफलि) चितवन,खैरहनी-८ पर्सा ५.सहसचिब:श्रीमती सिर्जना ग्याबा तामाङ पाचथर,मिख्लाजुङ-६ जोगिडाडा, ६.कोषध्यक्ष: सगुन ग्याबा तामाङ पाचथर,मिख्लाजुङ-६ चुनेपा, ७.सहकोषध्यक्ष:श्रीमती साबित्री तामाङ पाचथर मिख्लाजुङ-६ चुनेपा,८.सक्रिय सदस्य: लाल बहादुर ग्याबा तामाङ ओखलढुंगा, चम्फादेबी-५ , ९.सक्रिय सदस्य: लक दोर्जे ग्याबा तामाङ सिन्धुपाल्चोक लिसखुपखार-५ भ्रना , १०.सक्रिय सदस्य: रामकुमार ग्याबा तामाङ पाचथर,मिख्लाजुङ-६ वसिदि ११.सक्रिय सदस्य: फुर्बा ग्याबा तामाङ सिन्धुपाल्चोक, लिसखुपाखर-५ भ्रना , १२.सक्रिय सदस्य:श्री बुद्धिमान ग्याबा तामाङ धादिङ,खानियाबास-३ रहेका छन।