मुग्लानी खबर- पौष २२
सङ्घिय लिम्बुवान सामाजिक मन्च कतारले अग्रेजी नयाँ बर्ष २०१९ को उपलक्ष्यमा अल्खोर स्थित फ्यामिली पार्कमा बृहत चौथो बनभोज कार्यक्रम गत ४ जनवरी शुक्रवारका दिन भब्यताका साथ सम्पन्न गरेको छ। पछिल्लो समयमा विभिन्न कार्यक्रमबाट सकृय हुँदै आएको सङ्घिय लिम्बुवान सामाजिक मन्च कतारले नयाँ बर्ष २०१९ को अवसर पारेर चौथो बनभोज कार्यक्रम राखेको हो।
संघीय लिम्बुवान सामाजिक मन्च कतारका का.वा अध्यक्ष रेखा राईको सभापतित्वमा भएको उक्त बनभोज कार्यक्रममा नेपाली संघिय समाज कतारका हिराधन राई, नेपाल् प्रबासी आदिबासी जनजाती महासङ्घ कतारका कार्यबाहक अध्यक्ष पुरुसोतम सुनुवार, किरात राई यायोख्खा साखा कतारका सचिब बिमल राई ,मोरङ सुन्सरी सेवा समाज कतार तथा भुजेल सेवा समाज कतारका प्रमुख सल्लाहकार नियम भुजेल, किरात याक्थुङ चुम्लुङ कतारका वरिष्ठ उपाध्यक्ष हर्क खजुम लगायत
सुनुवार सेवा समाज कतारका उपाध्यक्ष गोरि माया सुनुवार, नेपाल मगर संघ साखा कतारका प्रमुख सल्लाहकार महेन्द्र थापा मगर, कतार एकता समाजका केन्द्रीय सदस्य राम प्रसाद पराजुली, मुग्लानी अन्लाईन खबर डट कम सह- सम्पादक सन्तोष के सि, गल्फ टाइम्स सम्बादाता उषा वाग्ले ,सिबराज गौतम, सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा, आर एम खबर प्रतिनिधि अर्जुन पौडेल, समाज सेबि सुरज तामाङ,रामहरी गैरे,बिजय यादब ,नवीन के सि, महिला समाजशेबी सङ्गिता थिङ तामाङ,सलिसाम कतारका महिला बिभाग प्रमुख प्रमिला बस्नेत, सल्लाहकार देबि थेगुवा लिम्बू, सलिसाम कतारका उपाध्यक्ष जगदिश ढुङ्गेल लगाएत मन्चका विभिन्न क्षेत्रका पदाधिकारी लगाएत विभिन्न संघ सस्थाका ब्यक्तित्वहरु साथै पुर्ब मेचिदेखी पश्चिम महाकाली सम्मका नेपाली दाजुभाई तथा दिदिबहिनि हरु को बाक्लो उपस्थिति थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई सलिसाम कतारका उपाध्यक्ष जगदिश ढुङ्गेलले स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए भने उक्त बनभोज कार्यक्रमलाई सभ्य भब्य रुपमा सफलताको निम्ति शुभकामना मन्तब्य दिने ब्यक्तित्वहरुमा जिल्ला सस्थाबाट मोरङ सुन्सरि सेवा समाजका नियम भुजेल ,मात्री सस्थाबाट किराया शाखा कतारका बिमल राई ,नेपाली संघिय समाज कतारका हिराधन राई, नेपाल आदिबासी जनजाती महासङ्घ कतारका पुरुसोतम सुनुवार समाज सेबि राम हरि गैरे लगाएतका ब्यक्तित्वहरुले शुभकामना ब्यक्त गरेका थिए।
स्थानिय कलाकारहरुका साथमा सम्पन्न भएको उक्त बनभोजमा सास्कृतिक कार्यक्रम ,मनोरञ्जनात्मक खेल,चिठ्ठा प्रतियोगिता,साहित्यिक कोशेली बाचन समेत गरि भरपुर मनोरञ्जन गरिएको थियो।
सास्कृतिक कार्यक्रम तर्फ गायक अमृत कुरुम्बाङ (लिम्बुवानी गित), गायिका सुनिता चेम्जोङले देउराली भञ्ज्याङ् साची छ ,हामिले पिरती लाएको बोलको गीत र अन्य गायकहरु सुजन राई, असोक गुरुङ, नवीन केसि,मुस्कान मिभक लिम्बू, ले विभिन्न गीत गाएर भरपुर मनोरञ्जन दिएका थिए त्यसै गरि नृत्यमा राज गुरुङ सरु गुरुङ्ले ( chhitta को गुन्यु तिमिले लगाउदा) बोलको गीतमा नृत्य प्रस्तुत गरेका थिए भने खगेन्द्र चेम्जोङ ,मन कुमार जबेगुले समेत आफ्नो प्रस्तुती मार्फत बनभोज कार्यक्रममा थप रमाइलो बनाएका थिए।त्यसै गरि साहित्यका कोशेलीहरु बाचन गरी निलम निस्चल याक्थुङ्बा, मदन चौहान, नगेन सावाँ र सन्तोस केसीले बनभोजलाई केहीसमय साहित्यमय बनाएका थिए।
सबैभन्दा फरक र बिशेष बनभोज कार्यक्रम बनाउने र कतारमा कार्यरत सम्पुर्ण नेपाली दाजुभाई दिदिबहिनिहरुलाई एकताको सन्देश दिने यो बनभोजमा फ्री गोलाप्रथा उपहार कार्यक्रम राखिएको थियो जसमा ३२ इन्चको सोनी स्मार्ट टिभी याम कुमार काङ्बा,साम्सुङ ग्यालेक्सी ग्रान्ड प्राईम मोबाईल उमेश चौधरी,कबिन लिम्बू,ब्लेक एन्ड डेक्कर कुकर- रामलाल बलामी,ब्लेन्डर मेसिन मेषराज ईजम,शार्पको हेभी डिउटी आईरन मेशिन - टीका धिताल,एकलाख घन्टा वारेन्टेट लाईट- पवन गिरि र शरु गुरुङ ले जितेका थिए।
गरि नास्ता र खानाको ब्यबस्था साथै कतारका विभिन्न क्षेत्रबाट बनभोज स्थल आउनलाई मन्चले गाडीको ब्यबस्था समेत गरेको थियो।
स्थानिय कलाकारहरुका.आकर्षक प्रस्तुतिहरु थिए सामुहिक नाच एकल नाच एकल गायन लगाएतका प्रस्तुतिले भरपुर मनोरञ्जन दिन सफल भएका थिए। कार्यक्रमको अन्त्यमा कार्यक्रमकि सभापति बाट बनभोज कार्यक्रममा उपस्थित सम्पुर्ण लाई धन्यवाद दिदै यो बनभोजलाई सफल पार्न सहयोग गर्नु हुने सम्पूर्ण दाजुभाई दिदिबहिनिहरुलाई शुरुवात देखि अन्त्यसम्म बसेर साथ सहयोग दिनुभएकोमा सबैलाई धन्यवाद दिदै कार्यक्रम अन्त्य भएको घोषणा गरेकी थिइन।
कार्यक्रमको औपचारिक सहजिकरण सलिसाम कतारका सचिब नगेन पाक्सावा र सास्कृतिक तर्फ केन्द्रिय सदस्य देबिन आङ्देम्बे लिम्बुले गरेका थिए।