मुग्लानी खबर- पौष २१
कतारमा कार्यरत दङ्गाली युवाहरुलो सकृयतामा सन २०१२ मा "दाङ देउखुरीको चाहना,प्रवासमा सभ्य एबम सुरक्षित रोजगारको कामना" भन्ने मूल नाराका साथ् स्थापनार्थ दाङ देउखुरी सेवा दोहा समाज कतारले हिजो जनवरी ४ शुक्रबारका दिन आफ्नो चौथो बार्षिक साधारण सभा सम्पन्न गरि हेमराज बस्नेतको अध्यक्षतामा २१ सदस्यीय नबकार्यसमिती चयन गरेको छ।
दोहाको टपफर्म रेस्टुरेन्टको सभाहलमा सम्पन्न उक्त कार्यक्रम मा संस्थाका अध्यक्ष बसन्त राज पुरीको सभापतित्व तथा पूर्व अध्यक्ष एबम वरिष्ठ सल्लाहाकार लुमाकान्त पुनको प्रमुख अतिथ्यमा भएको थियो।
त्यसै गरी बिशेष अतिथि हरुमा प्रमुख सल्लाहकार सुर्य सुबेदी, वरिष्ठ सल्लाहाकार अर्जुन खड्का, सस्थापक अध्यक्ष गणेश बन्जाडे,एन आर एनए एनसीसी कतारका सचिब रामजी खत्री ,नेपाली जनसम्पर्क समितिका कार्यबाहक सभापति शंकर न्यौपाने, प्रवासी मञ्चका उपाध्यक्ष दोर्ण बस्नेत, नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाइबा , अन्तर्राष्ट्रिय नेपाली समाज नयाँ शक्ति का अध्यक्ष देव परियार प्रदेश न पाँच का द्वितीय उपाध्यक्ष अकतर हुसेन ,रहेका थिए त्यसै
गरि अतिथीहरुमा समाज सेवा अभियान रुपन्देही का अध्यक्ष डिल्लीराम भट्टराई , प्युठान सेवा समाजका अध्यक्ष बलदेव राना , बाके प्रवासी सेवा समाज का अध्यक्ष प्रकाश कोइराला , गुल्मी सेवा समाजका सचीव कमल अर्याल , अर्घाखाँची सेवा समाजका बिष्णु कुवर , रोल्पा जलजलाका प्रतिनिधि,साझा नेटवर्कका पत्रकार कुमार अविरल पन्थी नुवाकोट टाईम्सकी पत्रकार मणि लामा, संस्था अन्तरगत महिला बिभागकि संयोजक उषा परियार सस्कृतिक बिभाग प्रमुख केशव बुढामगरका साथै महिला बिभाग सास्कृतिक बिभाग कलाकारहरु लगाएत दाङबासी दाजुभाई दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
राष्ट्रिय गान गाएर शुरु भएको कार्यक्रममा उपस्थित सम्पुर्णलाई सस्थाका प्रथम उपध्यक्ष हेमराज बसनेतले स्वागत मन्तब्य बाट स्वागत गरेका थिए।शुभकामना मन्तब्य राख्ने क्रममा विभिन्न ब्यक्तित्वहरुले बोल्दै सबैले दाङ देउखुरी सेवा समाज कतारको चुस्त दुरुस्त सामाजिक सास्कृतिक धर्म सस्कार मानबिय हितमा जस्तै शिक्षा स्वास्थ्य लगाएत जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति र सबैको मनोबल उच्च हुनेखालका विभिन्न कार्यप्रती खुसी ब्यक्त गर्दै दाङ देउखुरी सेवा समाजले उदाहरणिय काम गर्दै आएको र आगामी दिनमा अझै तिब्रगतिमा बढोस भन्दै शुभकामना दिएका थिए भने दुई बर्षे कार्यकालमा सस्थाले गरेको प्रगती विवरण सस्थाका महासचिब लिलाधर आचार्य र आर्थिक प्रतिबेदन कोषाध्यक्ष मिनराज पुनले पेश गरेका थिए।
त्यसै गरि सस्थाको तर्फबाट सस्थापक अध्यक्ष गणेश बन्जाडेले सस्थाले गरेको समाजिक कामको जानकारी दिदै छात्रवृत्ति अक्षय कोष स्थापना लगायत अब छिट्टै एक भब्य कार्यक्रमको उद्घाटन गरी दाङ्ग मा एम्बुलेन्स संचालन गर्ने दाङ्ग जिल्लाको जिल्ला कार्यलयमा दर्ता भएको संस्था दाङ्ग देउखुरी समाज दाङ्ग मार्फत दाङ्ग देउखुरी सेवा समाज कतारको आर्थिक सहयोगमा भन्ने नाम राख्ने गरि संचालन गर्ने सहमति भएको बताएका हुन र वरिष्ठ सल्लाहाकार लुमाकान्त पुनले सस्थाले स्थापनाकाल देखि गरेका काम हरुको सम्क्षिप्तमा जानकारी दिदै अहिले सम्मका कार्य समिति हरुले गरेको काम प्रसंसा गर्नुका साथै नव कार्य समिति लाई अग्रिम शुभकामना दिदै आफु हरुको साथ् सहयोग सदा रहिरहने प्रतिबद्धता समेत गरेका छन।
कार्यक्रममा संस्थाले समाजिक काममा संस्था प्रति महत्त्वपूर्ण योगदान पुराउनु हुने ब्यक्तिहरु सम्मान गरेको छ जस अनुसार प्रमुख सल्लाहकार सुर्य सुवेदी ,उपाध्यक्ष छबिलाल बुढाथोकी ,महिला बिभागकी सह संयोजक मनिषा खड्का साझा नेटवर्कका पत्रकार कुमार अविरल पन्थीलाई प्रमाणपत्र पत्र र दोसल्ला ओढाएर संमान गरेको थियो भने नुवाकोट टाइम्सकि पत्रकार मणिलामा लाई खादा र प्रमाणपत्र द्वारा सम्मान गरिएको हो।
त्यसैगरी प्रबासमा रहेर पनि आफ्नो मौलिक सस्कृतिको संरक्षण र सम्बर्द्धनमा हरपल खटिरहने समाजका स सास्कृतिक बिभागका सम्पुर्ण कलाकारलाई पनि सम्मान गरिएको थियो भने आफ्नो सफलताका साथ सम्पन्न गर्न सफल कार्यसमितिका सदस्य हरुलाई पनि दुई बर्षे कार्यकालको योगदानको कदर गर्दै प्रशन्सा पत्र दिएको र आजिवन सदस्यलाई प्रमाणपत्र दिईएको थियो।अन्त्यमा समाजका अध्यक्ष तथा कार्यक्रमका सभापती बसन्तराज पुरीले आफनो कार्यकाल सफल बनाउन साथ सहयोग गर्नु हुने सम्पूर्ण सहकर्मी लगायत अग्रज हरुलाई धन्यबाद दिदै नयाँ बन्ने कार्यसमिति लाई आफ्नो पूर्ण साथ सहयोग रहने प्रतिबद्धताका साथ उद्घाटन सत्रको कार्यक्रम समापन भएको घोषणा गरेका थिए।
कार्यक्रमको सन्चालन सस्थाका महासचिब लिलाधर आचार्यले गरेका थिए। दुई चरणमा भएको कार्यक्रम अन्तर्गत बन्द सत्रमा निर्वाचन मण्डली गठन गरि निर्वाचन मण्डलले निर्बिरोध रुपमा अध्यक्षमा हेम राज बस्नेत, प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकी, द्वितिय उपाध्यक्ष लिलाधर आचार्य, महासचिव मिनराज पुन, सचिब रण बहादुर के सि, कोषाध्यक्ष केशव बुढा मगर, सह कोषाध्यक्ष मनिषा खडका लगायत २१ सदस्सीय कार्यसमिति पदाधिकारी र ९ सल्लाहकार हरु निर्बाचित हुनु भयको थियो ।
नब निर्बाचित कार्यसमितिलाई सस्थाका पूर्व अध्यक्ष तथा सलाहकारद्वारा खादा माला लगायर स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । नब निर्बाचित अध्यक्ष हेमराज बसनेतले सम्पुर्णलाई धन्यबाद ब्यक्त गर्दै सस्थाको लक्ष्य उदेश्य अनुरुप कटिबद्ध भैई सबैसङ्ग सहकार्य गरी काम गर्ने प्रतिबद्धता ब्यक्त गरेका थिए भने बन्द सत्रको कार्यक्रमको सहजीकरण लुमाकान्त पुनले गरेका थिए।