मुग्लानी खबर- पौष १५
कन्चपुरकि किशोरी निर्मला पन्तको बलात्कार पछि हत्या भैइसके पछि अहिले सम्म अपराधीको कुनै टुङो छैन भने डि एन ए गर्दा समेत कुनै अपराधि पत्ता नलागेको बताईएको छ यसै अबसरमा डि एन ए का अनेक प्रकार र अनुसन्धान गर्ने अन्य तरिका हरु पनि भएको हुदा अब्दुल बसीर यस्तो लेख्नुहुन्छ:
हुनत लेख्न मन भएर पनि नलेखेको हुँ ।सोचेको थिए कि चाडै समाधान निस्कन्छ ।
धेरै पटक लेखेर पनि मेटाएको बिषय हो | निर्मला बलात्कार र हत्या काण्ड । हुन सक्ला यस्मा प्रहरीको संग्लनता होला | अथवा कुनै ठुलै मान्छे को हात होला | कसले कसलाई बचाउदै छ ? कसले कसलाई फसाउदै छ ? त्यो नितान्त अन्तरिक प्रशंग हो | मैले यहाँबाट यी हरफ लेखेर परिवर्तन हुने भनेको केहि छैन | तर पनि केहि फोरेन्सिक विज्ञानको मजाक उडाको देखि लिएर DNA टेस्ट गर्दा हुन सक्ने सम्भावनाहरु जसलाई ध्यान नदिदा हुन सक्ने गल्ति लाइ लेख्न जादै छु ।
घेरा बन्दि खोइ?? : सबै जना दुर्घटना वा अपराध घटेको ठाउँ मा जात्र जसरि मान्छे जम्मा हुदा अपराधी को पाउ को छाप ( foot print ) लिएरै गएका हुँ र ? अपराधी को जुत्तानै नभेटे पनि संदिघ्द अपराधी को दायरा घटाउन प्रयोग गर्न सकिन्थियो नि त ? होइन र ? कत्ति जना अपराधी थिए भन्ने पत्ता लगाउन सकिन्छ नि होइन र ? Fiber वा रेशा vacuum गरेकै हो र ? :
तेत्रो संघर्ष पूर्ण मृतु बरण गर्दा अपराधी को कपडा को fiber वा रेशा हरु पक्कै पनि वारी परि घासमा लागेको अवश्य हुन्छा तेस्को नमुना लिनु पर्छ कि पर्दैन ? fiber नमुना लिंदा oblique light उपाए अपनाएकै होर ? वा ultra voilet प्रकाश को प्रयोग गरेकै हो र? छेउ छाउ को बनस्पति को नमुना लिएको हो त ? तेस्को पनि DNA अपराधी को कपडा मा लागेको दाग बाट अपराधी घटना स्थल मा भएको नभएको आकलन लगाउन सक्छ भन्ने जानकारी भएकै हो त? नङ्ग को नमुना खोइ ?? : बलात्कार जस्तो घटनामा पिडित ले अपराधीलाई चिथार्नु टोक्नु , मुक्का हान्नु र भुत्ल्याउनु सामान्य हो ।
nirmala को नङ्ग को नमुना खोइ ? तेस्मा भएको सुक्ष्म माङ्सपेसी को नमुना खोइ ? DNA tyaha बाट पनि पाउन सकिन्छ थाह भएकै हो त ? हाम्रो अपराध अनुसन्धान महासङ्घ संग लुमिनोल (luminol ) छ ? : मान्छु कि हामी संग Blood spatter analysis गर्ने दक्ष्य जनशक्ति नहोला तर luminol प्रयोग गरेर अपराधीको रगत नमुना संकलन गर्न सकिन्छ | गरेकै हो त ? तेस्को DNA नमुना खोइ ? Vaginal swap को रहस्य ( योनिरस को रहस्य ) : बलात्कार पछिको योनिरस ( vaginal swap ) नमुना मा अपराधी र पिडित को DNA मिश्रित हुन्छ ।
जसमा संदिब्ध अपराधी र पिडितको दुवैको रिपोर्ट अलग अलग गरेर प्रसोधन गरेर मिश्रित नमुना लाई अध्यन गरेर पत्ता लगाउनु पर्छ गरेको हो त ? कि मात्रै मिश्रित को मात्रै अध्यन गरेको हो त ? अनि कसरि निर्णय गर्नु भयो कि बलात्कारी एक जना मात्रै हुन् भन्ने मा ? यदि एक भन्दा बढी रहेको अवस्थामा कसरि एक जना को नमुनाले कसरि निश्चित गर्न सकिन्छ भन्ने सोच्नु भएको छ ? कत्ति जना को DNA मिश्रित छ भन्ने पत्ता लगाउनु भयो त ? त्यो निर्णय नगरी कसरि DNA सहयोगले अपराधी पत्ता लगाउन सक्नु हुन्छ ?यो प्रश्न आम नागरिक मा उठेको छ।