मुग्लानि खाबर डटकम
सन्तोष के.सी
कार्यक्रमको सिलसिलामा कतार आएका चर्चित युवा कवि हेमन यात्री लाई नेपाली भाषा, साहित्य र बाङमयमा पुर्याएको योगदानको कदर गर्दै सन्ध्याग्रुप अन्तरर्गत रहेको साहित्यिक बिभाग मुग्लानी सौगातले गत शनिवार आफ्नै कार्यलय भवन अलखोर कतारमा खादा,अविर र सम्मानपत्र बाट सम्मान गरेको छ ।
उपस्थित जनहरुबाट पनि अबिर लगाई सम्मान गर्नुका साथै संस्थाका सल्लाहकार बिजय यादवको हातबाट उपहार स्वरुप मायाँको चिनो प्रदान गरेका थिए अध्यक्ष बिरेन्द्र याक्थुम्वाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि गत सुक्रवार भएको साहित्य कार्यक्रमको निम्ती नेपाल देखी आउनु भएका यूवा कवि हेमन यात्री रहेका थिए ।
त्यसैगरि बिशेष अतिथिहरु अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका अध्यक्ष तिर्थ संगम राई , सन्ध्याग्रुप कतारका संस्थापक अध्यक्ष तथा परदेशी जीवन फिल्मका निर्देशक क्यामरामेन सुरज तामाङ, अतिथिहरु अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका प्रथम उपाध्यक्ष प्रेम प्रकास भट्टराई , दिलिप अविरल, आईबोस अलखोर बाट राज रुजाल, मनि पौडेल, सल्लाहकार बिजय यादव, भविलाल सुनार, राम पाण्डे, हिराचन बस्नेत, चन्द्र खत्रि लगायत बिभिन्न संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
राष्ट्रिय गीतपछि अतिथिहरु बाट दिप प्रज्वलन गर्नुका साथै ब्यानर उट्घाटन पछी संस्थाको तर्फबाट उपस्थित सबैलाई स्वागत मन्तब्य श्री पाख्रिन तामाङले र सुभकामना मन्तब्य बिष्णु मरासिनी, भविलाल सुनारले राखेपछि बिशेष अतिथि अनेससका अध्यक्ष् तथा रेगीस्थानी कवि तिर्थसंगम राई अतिथिहरु प्रेम प्रसाद भट्टराई, मनी पौडेल,लगायतकाहरुले मन्तब्य सहित आफ्ना सिर्जनाहरु वाचन गरेका थिए ।
बिगतका बर्षहरुमा तिन संस्थाले राट्रिय बिभुति कविहरुको स्मरणमा नेपाल बाट कविहरु ल्याएर गर्ने कार्यक्रममा ३ वोटा संस्थाहरु अन्र्तराष्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर, नवोदित वाचनलय, सन्ध्याग्रुप मुग्लानी सौगात मात्रै रहेपनि यसपाली देखि एन.आर.एन.ए कतार अन्तरर्गत साहित्यिक भिभाग पनि समावेस हुदै चार ओटा संस्थाको संयुक्त आयोजनामा गत सुक्रवार सनैया स्थित २७ रोटना होटलमा भएको कार्यक्रमको निम्ती आएका प्रमुख अतिथि युवा कवि हेमन यात्रीले सन्ध्याग्रुप मुग्लानी सौगातले आफुलाई सम्मान गर्न योग्य ठानेकोमा र महाकवि लक्ष्मी प्रसाद देवकोटाको १०७ औ जन्म जयन्तिको अवसर पारेर कतार आउने अवरस प्रदान गरेकोमा चारैवोटा संस्थालाई धन्यवाद दिदै ” पिखुवा ” सिर्षकको कविता वाचन गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापती बिरेन्द्र याक्थुम्वाले कविलाई यहाँसम्म ल्याउन सहयोग गर्ने र कार्यक्रम सफल पार्न सहयोग गर्ने सम्पुर्ण लाई धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषण गरेका थिए ।
उक्त कार्यक्रमको संचालक गणेश क्षेत्रीले गरेका थिए ।
थप तस्विर