मुग्लानी खबर पौष ७
"प्रतिभा उत्थान कोषको " निमित्त तामाङ कथानक चलचित्र "सेर्कु "को गत शुक्रबार दोहा स्थित केरला कल्चर सेन्टरको सभाहलमा नेपाल तामाङ कलाकार संघ दोहा कतारको आयोजनामा भब्य रुपमा प्रदर्शन सम्पन भएको छ
उल्लेख्य रुपमा दर्सक उपस्थिति रहेको कार्यक्रममा नेपाल बाट फिल्मका नायक ऋतुराज पाख्रिनको प्रत्यक्ष उपस्थितिमा उक्त फिल्म प्रदर्शन भएको थियो ।
संघ अध्यक्ष सबिना लोप्चन तामाङको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङ रहेका थिए । मन्तव्यको क्रममा प्रमुख अतिथी थिङले "सेर्कु"चलचित्रको प्रवासमा च्यारिटिे सो गर्दै कलाकार सम्मान गर्न सस्थाले लिएको उदेश्य लाई सफलताको सुभकामना दिए । मातृभुमी छोडेर पनि प्रदेशमा आएर हाम्रो कल्चरल भाषा,सस्कृतिका फिल्मलाई प्रोत्साहन गर्नुठूलो कुरा हो,आफ्नो मौलिक हक अधिकारको विषय बस्तुहरु चलचित्र बाट पनि समाबेश गरिएको हुँदा सबैले समय मिलाएर चलचित्र हेर्न अनुरोध गरे ।
कार्यक्रमका विशेष अतिथी तथा "नेपाल बाट आमन्त्रित सेर्कु फिल्मका नायक तथा कथाकार ऋतुराज पाख्रिनले कार्यक्रम लाई सम्बोधन गर्दै "तामाङ फिल्म अरु फिल्मको दाजोमा पछि परेको र राज्यले तामाङ फिल्मलाई हलको ब्यबस्थापन गर्न सकिरहेको छैन, त्यसैकारण च्यारिटी सो को भरमा सिमित भएको बताए । तामाङ चलचित्र संघले नियम खडा गरिएको र काठमाडौं उपत्यका भित्र एउटा हल तामाङ फिल्म लाई दिन सकुन् भन्ने माग राखेको बताए ।
उन्ले सेर्कु चलचित्रको अर्थ कोट्टाउदै सेर्कु नाम किन कसरी रहन गयो भन्ने बारेमा नेपालमा बहस चलेको बताउदै सेर्कुको अर्थ "सुनौलो मुर्ती" रहेको जानाकारी दिए । कलाकार संघले गरेको च्यारिटो सो र प्रतिभा उत्थान कोषको खुलेर तारिफ गर्दै आगामी दिनमा देश देखि बिदेशमा यसै गरि मौलिक तामाङ चलचित्र प्रदर्शन र प्रबर्द्धन गरेको खन्डमा कलाकार हरु बिदेसिन बाध्य हुने थिएनौ नायक ऋतुराज पाख्रिनले भने ।
त्येस्तै कार्यक्रम गर्नुको उदेश्यको बारेमा सस्थाका दिर्तिय उपाध्यक्ष तारा लामा थिङले प्रष्ट पारे ।
"सेर्कु " फिल्ममा नायिका चाँदनी मोक्तान , नायक ऋतुराज पाख्रिन ,नायिकाहरु सुश्मा थिङ , सुस्मा मोक्तान , उर्मिला वाइबा , त्यस्तै चर्चित खलनायक बिकास स्यङ्तान ,श्याम लाल योन्जन ,बैरागी मोक्तान , मुस्कान तामाङ् ,योगेस मोक्तान, किरण तामाङ् , गोपिराम तामाङ् ,निमा रुम्बा लगायतका कलाकारहरुको अभिनय रहेको छ ।
तामाङ हरुको बास्तबिक जिबन कथालाई समेटिएको चलचित्रमा स्कुल जादा एउटि तामाङ जातिको नारिलाई नेपाली भाषा बोल्न न आउनुको समस्या र मास्टर हरुले अपहेलना गर्नुको साथै साथी भाइले खिल्ली उडाउनु जस्ता विभिन्न विषय बस्तुलाई जोडटोड का साथ उठान गरिएको छ ।
कार्यक्रमको अन्त्यमामा सभापति सबिना लोप्चन तामाङले कलाकार संघले आज बाट प्रतिभा उत्थान कोष"को सुरुवात गरेको बताउदै यस्ले छिट्टै बृहत् रुप लिने र आगामी दिनमा प्रवास बाट भएपनि मौलिक तामाङ चलचित्र लाई आफ्नो सस्थाले प्रबर्द्धन गर्ने बताउदै कार्यक्रममा सहयोग गर्ने सम्पुर्ण प्रती आभार ब्याक्त गरिन । उक्त कार्यक्रमको संचालन सस्थामा महासचिव रन्जित तामाङले गरेका थिए ।