मुग्लानी खबर डटकम
गणेश क्षेत्री /सन्तोष के.सी
कतारमा साहित्यमा स्थापित संस्थाहरु अन्तराष्ट्रीय नेपाली साहित्य समाज कतार, नवोदित वाचनलय कतार, सन्ध्याग्रुप अन्तर्गत रहेको मुग्लानी सौगात र एन.आर.एन. कतार अन्तर्गत रहेको साहित्य फाँटको संयुक्त आयोजनामा सनैयाँ २७ स्थित रोटना होटलमा आज शुक्रवार भब्य कार्यक्रमको साथ सम्पन्न भएको छ ।
अन्तराष्ट्रीय नेपाली साहित्य समाज कतारका अध्यक्ष तिर्थ संगम राईको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल बाट आमन्त्रित कवि हेमन यात्री रहेका थिए त्यस्तै बिशेष अतिथिहरु नेपाल पत्रकार महाँसंघ कतारका अध्यक्ष गणेश बन्जाडे, एन.आर.एन कतार अन्तर्गत रहेको साहित्यिक फाँट ईन्चार्ज माईला वाईवा तामाङ, सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र याक्थुम्वा लगायतको उपस्थिति रहेको थियो । अतिथिहरुमा कतारमा रहेका बिभिन्न राजनीतिक दल, सामाजिक अभियान्ता हरु, जिल्लागत र जातिय संस्थाहरुको बाक्लो उपस्थितिरहेको थियो ।
कार्यक्रमका उपस्थित अतिथिहरु बाट दि्प प्रज्वलित गर्दै, देशलाई सम्झेर राष्ट्रीयगीत गायका थिए।
सह-संयोजक माईला वाईवा तामाङले सबैलाई मन्त्यब्य बाट स्वागत गरेका थिए भने त्यस्तै अर्का सह-संयोजक बिरेन्द्र याक्थुम्वाले कार्यक्रम गर्नुको उदेस्य र महाकवि लक्ष्मि प्रसाद देवकोटाले भोगेका पिडा देखि लिएर कसरि लक्ष्मि प्रसाद देवकोटा कवि बने भन्ने बारेमा बोलेका थिए । बिषेश अतिथिहरु तेज कटुवाल र गणेश बन्जाडेले पनि आफुपनि साहित्यको बिध्यार्थि भएको र साहित्यले समाज परिबर्तन ल्याउने कुरामा जोडदिदै कार्यक्रम सफलताको शुभकामना सहित आफुले सक्दो सहयोग गर्ने बताएका थिए ।
कार्यक्रमको मुख्य आकर्षक, ४ वोटा साहित्यिक संस्थाहरुको निमन्त्रणमा एकल वाचन कार्यक्रमको लागि कतारमा आएका कवि हेमन यात्रिले आफुलाई कतार मा ल्याउने संस्थाहरुलाई धन्यवाद दिदै आफुले लेखेका चर्चित कविता हरु वाचन गरेका थिए । उनले वाचन गरेका करिव २ दर्जन जति कविताका सिर्षकहरु यस्ता रहेका छन ।
१ ) देउता हरुलाई सम्झाईदिनु
२) बेपत्ताको आत्मा
३) म तेहि हुँ तिमिले बिर्सिगएको मानिस
४)बाटामा भरिया बालक
५) नारायणि मेरो आँखामा
६) छोडि जाने छोप्पा कोप्पाहरु
७) गुराँस नफुलेको बर्ष
८) स्यम्भु
९) सुकुम्वासी प्रेम
११) एक्लै एक्लै
१२) सकिन यस बर्ष पनि
१३ ) मेरो ज्यानमा कोप्पाको
१४ ) पर्खेर सपनाहरु
१५ ) फेरि एक्लै
१६ ) सपना जस्तो
१७ आमाको गित १
१८ आमाको गित २
१९ ) देस
२० ) एक साईवर क्याफेमा
२१ ) आमा आप्पाका लागी
२२ ) सपनाहरुको अवगान
लगायतका कविता हरु वाचन गरेका थिए । उक्त कार्यक्रममा अनेसास – नवोदितले कवी हेमन यात्रीलाइ मानार्थ सदस्य प्रदान गरेका थिए । कार्यक्रमको अन्त्यमा सभापति अन्तराष्ट्रीय नेपाली साहित्य समाज कतार चाप्टरका अध्यक्ष तिर्थ संगम राईले हरेक बर्ष भानु जयन्ति वा लक्ष्मि जयन्तिको अवसर पारेर नेपाल बाट साहित्यकार ल्याई कार्यक्रम गर्ने गरेको बताउदै उपस्थित सम्पुर्णंलाई धन्यवाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए ।
कार्यक्रमको संचालक नवोदित वाचनलय कतारका अध्यक्ष सिताराम थापाले गरेका थिए ।
कार्यक्रम समापन पछि अनेसास – नवोदितको ६३ औ डबलीमा साहित्यिक श्रस्टाहरुले आआफ्ना रचनाहरु वाचन गरेका थिए साथै प्रमुख अतिथि कवी हेमन यात्री संग आयोजक चार ओटै संस्थाका सहभागी सदस्यहरु माझ परिचयात्मक कार्यक्रम भएको थियो ।