मुग्लानी खबर मंगसिर २३
सन्तोष क्षत्री दोहा कतार
पर्वत समाज कतारको चौथो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शुक्रबार सम्पन्न भएको छ ।
साधारण सभा तथा चौथो अधिवेशनको उदघाटन गर्दै कार्यक्रमका प्रमुख अतिथि एवं पर्वत समाज कतारका संस्थापक भुपति भट्टराईले कठिन परिस्थितिमा पनि कतारमा छरिएर रहेका पर्वतबासीलाई एकत्रित गरेर खोलीएको संस्था निरन्तर सामाजिक सेवामा सक्रिय रहेको भन्दै खुसी ब्यक्त गरे ।
संस्थापक भट्टराईले हाल सम्म संस्थालाई यो उचाई सम्म पुर्याउनुहुने ब्यक्तित्वलाइ आभार व्यक्त गर्दै आगामी नव निर्वाचित भएर आउने कार्यसमितीलाई संस्थाको गरिमा बचाइ राख्न आग्रह गरे । संस्थाका अध्यक्ष चिन्तामणी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संरक्षक छबिलाल भट्टराई, प्रवासी नेपाली मञ्चका अध्यक्ष चानक पोख्रेल, नेपाली जनसम्पर्क समितीका महामन्त्री अजिज अलि, नेपाली जनप्रगतीशिल मञ्च पाचौं महाधिवेशन आयोजक समितीका संगठन बिभाग प्रमुख मोहन कार्की, समाजसेवि कमलमणि गुरागाइ, प्रदेश नम्बर पाँच समन्वय परिषदका कार्यबाहक अध्यक्ष ठाकुर कुमार परियार, जिल्ला संस्थाको तर्फबाट बाग्लुङ सेवा समाजका अध्यक्ष सागर पौडेल लगाएतले पर्वत सेवा समाजले मानवीय र सामाजिक सेवामा स्थापनाकाल देखि नै उल्लेखनीय भुमिका खेलेको भन्दै निरन्तरता दिन आग्रह गरे ।
कार्यक्रममा बिधान संसोधन उपसमितिका संयोजक अजय बिकले संस्थाको संसोधित बिधान अनुसार संस्थाको नाम पर्वत युवा सेवा समाज कतार बाट पर्वत समाज कतार भएको र स्थापना मिति बि.स. २०६० साल कायम गरिएको जानकारी गराए भने संस्था र पर्वत जिल्लाको बारेमा पुर्व महासचीव दिलकुमार श्रष्ठले जानकारी गराएका थिए ।
सो कार्यक्रममा संस्थाका सचिव रघुनाथ शर्मालेले कार्यप्रगति प्रतिबेदन र सह -कोषाध्यक्ष हरिप्रसाद पोख्रेलले आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए । संस्थाका प्रथम उपाध्यक्ष आनन्द सुवेदीले स्वागत गरेको कार्यक्रमको संचालन कार्यबहाक महासचिव याम केसि र सचिव रघुनाथ शर्माले संयुक्त रूपमा गरेका थिए ।
कतारमा कार्यरत विभिन्न सामाजिक तथा बैचारिक संघ/संस्थाको उल्लेखनीय उपस्थिति रहेको कार्यक्रममा संस्थालाई सहयोग गर्ने संस्था तथा ब्याक्तित्वलाई सम्मान गरिएको थियो । यसै बिच अधिवेशनले सबिन्द्र श्रेष्ठको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । समितिको प्रथम उपाध्यक्षमा श्याम न्यौपाने, दित्तिय उपाध्यक्षमा बिक्रम कुबंर, सचिवमा शेषराज तिमिल्सिना र काेषाध्यक्षमा संजय तिबारी रहेका छन ।
यस्तै कार्य समिती सदस्यमा मिलन पौडेल, जगदीश शर्मा, सन्दीप पौडेल र गौतम कार्की रहेका छ्न भने बाकी रहेका पदाधिकारी तथा सदस्य कार्यसमितिले चयन गर्ने छ । सोही अवसरमा निर्वाचन समितीका संयोजक डिल्लीराम भट्टराईले निर्वाचित पदाधिकारी तथा सदस्यलाई प्रमाणपत्र प्रदानगर्दै सपथ खुवाएका थिए ।