मुग्लानी खबर- मंसिर २२
सङ्घीय लिम्बुवान सामाजिक मन्च कतारको आयोजनामा कतारको हमाद अस्पतालमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ भने कतारमा कार्यरत करिब ४८ जनाले रक्तदान गरेका छन।
विभिन्न कार्यक्रम गर्दै आएको सङ्घीय लिम्बुवान सामाजिक मन्च कतारले सबै भन्दा मानबिय धर्म नै महान धर्म हो भन्ने कुराको मनन गर्दै उक्त कार्यक्रम को आयोजना गरेको हो।प्रबासमा रहेर पनि विभिन्न सामाजिक सास्कृतिक खेलकुद लगाएतका कार्यक्रम हरु गर्दै आएको संघीय लिम्बुवान सामाजिक मन्च कतारले प्रथम पटक एतिहासीक कार्यक्रमको आयोजना गरेको हो।
करिब ७५ जना रक्तदान गर्न कतारमा कार्यरत नेपाली दाजुभाई तथा दिदी बहिनिहरु उपस्थित भए पनि मात्र ४८ जनाले रक्तदान गर्न सफल भएका थिए।विभिन्न संघ सस्थामा आवद्ध ब्यक्तित्वहरुमा नेपाली समाजका अग्रज समाजसेवी तथा ब्यबसायी सागर नेपाल ,नेपाल जनजाती महासङ्घ कतारका निबर्तमान अध्यक्ष देवराज राई,नेपाल जन सम्पर्क मन्च कतारका पुर्ब महामन्त्री धिरज चाम्लिङ श्रमिक,मोरङ सुनसरी सेवा समाज कतारका अध्यक्ष तेज कटुवाल ,सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको उपस्थिती रहेको थियो।
"सेवा नै धर्म हो" भन्ने मुल भावनामा रही सलिसाम कतारले हिजो डिसेम्बर ७ तारिख शुक्रबारका दिन कतारको एक मात्र प्रतिष्ठित सरकारी अस्पताल हमाद अस्पताल दोहामा पुर्ब निर्धारित समय अनुसार बिहानको ७ बजे देखी १२ बजे सम्म रक्तदान कार्यक्रम भएको हो।उक्त रक्तदान कार्यक्रममा कतारको विभिन्न क्षेत्रमा कार्यरत दाजुभाई तथा दिदिबहिनिहरु उपस्थित थिए।
उक्त रक्तदान कार्यक्रमलाई सफल बनाउन सङ्घीय लिम्बुवान सामाजिक मन्च कतारकी का. वा. अध्यक्ष रेखा राई,महासचिव डम्बर लिवाङ मिसेक,जगदीश ढुंगाना लगाएत आयोजक टिम अत्यन्तै सौहार्द आत्मियता का साथ लागिपरेका थिए। अध्यक्ष रेखा राईले "रक्त दान जीवन दान" भन्ने यो कार्यक्रमलाई बुझिदिनु हुने उपस्थित सम्पुर्ण लाई धन्यवाद दिएकी थिइन।
यस्ता महान कार्यले नेपालीहरु पनि यस्ता मानबिय स्वास्थ्य सम्बन्धी सम्बेदनसिल कार्यहरुमा सधै सतर्क र हातेमालो गर्न अग्रणी भुमिका खेल्छन भन्ने कार्यको यो ज्वलन्त उदाहरण हो।