मुग्लानिक खबर डटकम
सन्तोष के.सी
रोजगारीको सिल सिलामा बिगत ८ वर्ष देखि कतारमा रहि डिउटि देखि बचेको समयमा “साहित्य जिवन र जगतको दर्पण हो” भन्ने मुल नारालाई लिएर अगाडि बडेको सन्ध्याग्रुप अन्तर्गत रहेको साहित्य बिभाग मुग्लानी सौगातमा आबद्ध रहेका सह—सम्पादक छवि रमण तिवारीलाई एक कार्यक्रमको बिच उपस्थित अथितिहरु जन बाट उन्ले पुर्याएको योगदानको कदर गर्दे खादा,अविर र सम्मानपत्र बाट बिदाई गर्दे सम्मान गरेको छ ।
संस्थाका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बाको सभापत्विमा भएको कार्यक्रममा प्रमुख अतिथि बिदाई भएर जाने मुग्लानी सौगातका सह—सम्पादक छवि रमण तिवारी थिए भने बिषेश अतिथि सन्ध्याग्रुपका संस्थापक अध्यक्ष सुरज तामाङ रहेका थिए । अतिथि हरु मुग्लानी खवर डटकमका सम्बादाता गणेश क्षेत्रि, सन्ध्यागु्रप का उपाध्यक्ष अर्जुन कुमार, पुर्व खेलकुद उपाध्यक्ष रुद्र के.सी, राम पाण्डे लगायत बिभिन्न संघसंस्थाहरु बाट उपस्थिति रहेको थियो । राष्ट्रिय गित संङ्गै सुरुभएको कार्यक्रममा शुभकामाना मन्त्यब्य दिनेहरुमा प्रकाश बोहरा, सन्जिव खाति,सन्तोष कुँवर, राम पाण्डे, गणेश क्षेत्रि, अर्जुन कुमारले बिदाई भएर जाँदा दु:ख लागेपनि नेपाल गएर यहाँको भविस्य उज्ज्वल बनोश भनेर शुभकामना दिएका थिए ।
बिषेश अितिथि सन्ध्याग्रुपका संस्थापक अध्यक्ष सुरज तामाङले शुभकामना को क्रममा छविरमण तिवारिले मुग्लानी सौगात साहित्यिक पत्रिकामा पुर्याएको योगदान निकै महत्वपुर्ण रहेको बताउदै उन्ले अहिलेपनि सन्ध्याग्रुप अन्तर्गत रहेका बिबिध बिधामा साथ दिएको र संस्थाका साथिहरुलाई बिदाई गर्दा नराम्रो लागेपनि, कर्मथलो बाट जन्मथलो जानु खुसिको कुरा हो भन्दै सोचेका कुराहरु सगरमाथाको जस्तै सिर चुम्न सकोस भनि शुभकामना मन्त्यब्य राखेका थिए तेसैगरि बिदाई समारोहका प्रमुख अथिति छवि रमण तिवारीले आफुलाई यसरि संस्थाले सम्मनसहित बिदाई गरेकोमा संस्थालाई धन्यवाद दिदै मुग्लानी सौगात पत्रिकामा बिगतदेखि संङ्गै कार्यरत गर्दे आएकासाथिहरुको नाम लिदै आफु नेपाल गएपनि सन्ध्याग्रुप र मुग्लानी सौगातलाई कहिले भुल्न नसक्ने बताएका थिए ।
अन्त्यमा कार्यक्रमका सभापती बिरेन्द्र याक्थुम्वाले आफ्नो पहिलो कार्यकालमा उनि मुग्लानी सौगातका सह—सम्पादक हुँदा साहित्यमा जति सक्रिय थिए तेतिनै मुग्लानी सौगातमा लागीपरेको तर पछिल्लो समय पुस्तिका प्रकासनमा आउन छोडेपछि उनि केहि निस्क्रिय भएपनि अन्य बिधामा ससक्त भुमिका निभाएको र संस्थाले यस्ता ब्याक्तिलाई गुमाउनु पर्दा दु:ख लागेपनि प्रबास बाट हामिपनि यसैगरि ढिलोचाडो फर्किनुपर्ने हुँदा उन्को यात्रा संगै नेपालको बसाई सुखमय बनोस भन्ने सुभकामना दिदै उपस्थित सम्पुर्णमा धन्यवाद भन्दै कार्यक्रमको समापन गरेका थिए । सो कार्यक्रम लाई विष्णु मरासनिले संन्चालन र उमेश बस्नेतले स्वागत मन्त्ब्य राखेका थिए ।
थप तस्विरहरु