मुग्लानी खबर- मंसीर ८
"म्हेन्दोमाया सङ्गीतको परिधी व्यापक हुने क्रम... श्रष्टाको सम्मान र प्रोत्साहनको निरन्तरता" भन्ने मुल नारा सहित म्हेन्दोमाया तेस्रो म्युजिक अवार्ड-२०७५ कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा. लि.ले संयुक्त आयोजनामा यहि आउदो माघ १७ गते राष्ट्रिय नाचघर जमलमा हुने भएको छ ।
नेपालका बिशेष गरि रसुवा,धादिङ र नुवाकोट मा प्रचलित म्हेन्दोमाया मौलिक सस्कृतिलाई जगेर्ना गर्दै संरक्षण सम्बर्द्धन र प्रबर्द्धन गर्दै यस को क्षेत्रलाई बृहत बनाउदै लैजानको लागि म्हेन्दोमाया गीत सङ्गीतका अग्रज श्रष्टा सर्जक लगाएत र यससंग सबन्धित समाज र ब्यक्तित्व हरुको अहम भुमिका रहन्छ।यहि कर्तव्यलाई आत्मसाथ गर्दै कर्स्योल मिडिया र बर्ल्हुम्हेन्दो डिजिटल प्रा.लि.को संयुक्त आयोजनामा तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड-२०७५ विविध साँस्कृतिक कार्यक्रमका साथ यही आउदो माघ १७ गते राष्ट्रिय नाचघर जमलमा गर्ने जमर्को गरेको हो ।
मिति २०७४ माघ १ गते देखि २०७५ पौष १५ सम्म गाईएका वा आधिकारिक रुपमा सार्वजनिक भएका म्हेन्दोमाया गित, एल्बम र म्युजिक भिडियोका सर्जकहरुले आवेदन दिन सक्ने समय मङ्सिर १० देखि पौष १५ गते मय तोकिएको छ भने उक्त अवार्डका लागि बिजेतालाई छनोट गर्न नयाँ र पुरानो गरि २३ वटा विधामा आवेदन खुल्ला गरेको छ ।
तेस्रो म्हेन्दोमाया अवार्ड २०७५ कार्यक्रमका संयोजक आशिक गोङ्बो तामाङ्का अनुसार पौष २२ गते उत्कृष्ट ५ मनोनयन सार्वजनिक गरि सामाजिक सन्जाल फेसबूक मार्फत पब्लिक चोइस र फेसबूकबाट प्राप्त हुने अंकको लागी म्हेन्दोमाया म्युजिक अवार्डको अफिसियल पेजमा सबै विधाका उत्कृष्ट ५ मा पर्न सफल कलाकारको फोटोसहित सार्वजनिक गरिने जानकारी दिनुभयो । यसैगरि यो कार्यक्रम विसुद्द म्हेन्दोमाया संगीत र म्हेन्दोमाया कलाकारहरुको हितको लागि गर्न लागिएको भन्दै कलाकारहरुलाई आफ्नो विधामा भाग लिई “तेस्रो म्हेन्दोमाया म्युजिक अवार्ड २०७५” लाई सफल बनाई दिनुहुन सम्पुर्णमा आयोजकले अनुरोध गरेको छ।
तल उल्लेखित बिधाहरुमा आवेदन दिन मिल्ने छ।जसनुसार
#नयाँ
१.गितकार,२.संगीतकार,३.गायक ,४.गायिका,५.कोरियो ग्राफर,
६.निर्देशक,७.मोडेल पुरुष,८.मोडेल महिला हुनेछन त्यसैगरि
#
पुरानो
१.गीतकार,२.संगीतकार,३.एरेन्जर,४.गायक,५.गायिका ६.कोरियोग्राफर,७.निर्देशक,८.छायांकन ,९.मोडेल पुरुष १०.मोडेल महिला,११.सम्पादन,१२.म्होन्दोमायापन आउने गित,
१३.उत्कृष्ट भिडियो,१४.उत्कृष्ट गीत,१५.पब्लिक चोइस रहेका छन भने आवेदनको दिनको लागि पनि स्थान तोकिएको छ:
जम्बुलिङ फिल्मस माछापोखरी ,ल्हापसङकर्पो म्युजिक सेन्टर बौद्ध ,ल्हालुङ मिडिया ग्रुप,कर्स्योल मिडिया नयाँ बजार,
बर्ल्हुम्हेन्दो डिजिटल नयाँ बजार रहेका छन।अन्य कुनै पनि बिस्तृत जानकारीको लागि तलको ठेगानामा सम्पर्क गर्न सक्नुहुनेछ।
आशिक गोङ्बो तामाङ
सम्पर्क:
९८४९४७८५५५(9849478555)
E-mail:
[email protected]