मुग्लानी खबर मंसिर ०४
दोहा, कतार
तमु (गुरुङ )समाज ,कतारको महिला बिभागले तिहारमा देउसी(भैलो)खेली संकलित रकम मृगौला पिडितलाई हस्तान्तरण गरेको छ ।
देउसी भैली बाट संकलन भएको रकम ३१ हजार पाँच रुपैया स्याङ्जा कोल्मा बराह - ६ धारापानीकी दुवै मृगौला पिडित जौमाया नेपालि (कान्छी) लाई प्रदान गरिएको हो ।
हाल आर्मी अस्पताल छाउनी काठमाडौमा उपचाररत नेपालीको आर्थिक अवस्था कम्जोर भएकोले आर्थिक सहयोगको लागि निवेदन आएकोले उनलाइ सहयोग गरिएको संस्थाका अध्यक्ष भाइकाजि गुरुङले बताए ।
सुभ दिपावलीको अवसरमा तमु (गुरुङ )समाज ,कतारको महिला बिभागकी संयोजक दिल कुमारी गुरुङको संयोजनमा खेलीएको देउसी भैली बाट संकलन भएको सो रकम सस्थाको प्रमुख संरक्षक बिल बहादुर गुरुङ, महिला सदस्य प्रतिमा गुरुङ , संस्थाका पुर्ब अधक्ष्य खेम गुरुङ , खेरु गुरुङ, सम्झना गुरुङले पीडितलाई प्रदान गरेका हुन ।
देउसी भैलो कार्यक्रममा समाजको लागि आर्थिक सहयोग गर्नेमा अमृत गुरुङ, लक्ष्मन थापा, करन गुरुङ ,कैलास गुरुङ , प्रितम थापा ,हिमाल गुरुङ, बिसो गुरुङ लगायत रहेका छन् ।
प्रदेशमा रहेर आफनो कामको ब्यस्तताका बीच पनि समाजको देउसी भैलो कार्यक्रममा प्रत्यक्ष सहभागी हुने सल्लहाकार बिष्णु गुरुङ , नारायण सिंह गुरुङ ,तारा गुरुङ, महिला हरुमा दिल कुमारी गुरुङ , लक्ष्मी गुरुङ ,पुस्पा गुरुङ तथा रन्जना गुरुङ लगाएतलाई संस्थाले धन्यवाद व्यक्त गरेको छ ।