मुग्लानी खबर- मंसिर ३
परिवारको साथमा सन २००८ देखि अमेरिकामा बस्दै आएका सल्यान बाफुखोला निबासी लोक तथा दोहोरी गायक पवन वली झन्डै १० बर्ष पछि नया एल्बम " थाके धाउदा धाउदै " लिएर नेपाली लोक दोहोरी क्षेत्रमा पुन फर्किएका छन।
गरिवको जिन्दगी , मनमा पिर बढ्दै गाको छ, अक्षतामा दही,बुट्वल बसपार्क लगाएतका करिब १६ वटा चर्चित गित गाईसकेका गायक वलीले आफ्नो सत्रौ कोसेली स्वरुप " थाके धाउदा धाउदै " बोलको साङ्गेतिक कोशेली लिएर आएका हुन।प्रायजसो गरिब र गाउँ घर दुर दराजका वास्तविक परिबेशलाई आफ्ना गहकिला शब्दहरु मार्फत मीठो लयमा गाएर लोक तथा दोहोरी प्रेमी लाखौ मन मुटुमा बस्न सफल गायक वलीले यो सत्रौ गीत भने प्रेममा धोका खाएर बिछिप्त पिडित प्रेमिल मुटुहरुको बेदनाका शब्दहरुलाई मीठो लयमा उतारेका छन।
अग्रज गायकका रुपमा परिचित गायक पवन वलीको शब्द अनि सङ्गीतमा पछिल्लो समयकी चर्चित गायिका पुर्णकला बिसीको स्वरमा सजिएको यो गीतको म्युजिक भिडियो विजय म्यूजिक प्रालीले बजार ब्यबस्थापन गरेको छ। कुशल निर्देशक प्रकाश भट्टद्वारा निर्देशित उक्त म्युजिक भिडियोलाई राजेश घिमिरेले छायांकन गरेका छन्।विष्णु शर्माद्वारा सम्पादन गरिएको यो म्युजिक भिडियोमा चर्चित मोडलहरु महेन्द्र गौतम , सारिका के.सी का साथै दिनेश खड्काले समेत कुशल अभिनय गरेर न्याय दिन सफल भएका हुन भने म्युजिक नेपालको आफ्नै अफिसियल युट्युब च्यानल मार्फत गत शुक्रबार देखि उक्त म्युजिक भिडियो सार्बजनिक गरिएको छ।
गायक पवन वली पेशाले शिक्षक भएपनी नेपाली गीत सङ्गीतमा औधी चाख राख्ने ब्यक्तित्व हुन।सधै संघर्ष र कर्ममा बिस्वास गर्ने हक्की निडर र शृजनात्मक ब्यक्तित्व सन २००८ मा सपनाको ठूलो देश अमेरिका सपरिवार गयपछी नेपाली गीत सङ्गीतमा मौन देखिन्थे। अमेरिका पुगेर आफ्नो करियरलाई मुर्तरुप दिदै यतिबेला अमेरिकी एक सरकारी कार्यलयमा कम्प्युटर इन्जिनियरको रुपमा कार्यरत छन।उनको अमेरिका पलायन पछि नेपाली गीत सङ्गीतमा कुनै किसिमको क्रियाकलाप नभएपछी उनका दर्शकहरुमा एक किसिमको नैराश्यता पैदा भएको थियो।ब्यस्त परिस्थितिका बाबजुद पनि उनको यो सत्रौ साङ्गेतिक कोसेली " थाके धाउदा धाउदै" को आगमनबाट नेपाली गीत सङ्गीत प्रेमीहरुमा छुट्टै किसिमको खुसी र तरङ्ग छाएको छ।
फरक परिबेश,धर्म कला सस्कृती र उठबसका कारण पनि उनको नेपाली पन नेपाली मन र नेपाली गीत सङ्गीत प्रतिको माया मोह जस्ताको तस्तै रहेको र यो गीतले धेरैको मन जित्ने अड्कल बाजि समेत गरिएको छ।
भिडियो हेर्नुहोस।
https://youtu.be/KpD-lKf2YC8