मुग्लानी खबर-कार्तिक २६
रसुवा, कार्तिक २५ – राष्ट्रिय संगीतकर्मी संघ रसुवाको संरक्षणमा आइतबार भएको प्रथम अधिवेसनले कलाकार संघ रसुवा, नेपालको अध्यक्षमा शिशिर तामाङ निर्विरोध चयन भएका छन ।
शिशिर तामाङको अध्यक्षतामा ११ सदस्सीय कार्यसमिति निर्विरोध चयन भएको जस्मा प्रथम उपाध्यक्षमा प्रभात लामा, द्वित्तीय उपाध्यक्षमा मेन डोल्मा तामाङ, सचिवमा पेमा तामाङ, महासचिवमा एस्तर थोकर तामाङ, कोषाध्यक्षमा दिल कुमारी दोङ तामाङ र सहकोषाध्यक्षमा पूर्णिमा स्याङ्बा तामाङ चयन भएका छन् त्यसैगरी सदस्यहरूमा दावा ल्हामो तामाङ, पविना स्याङ्बा तामाङ, रोमन छेमेन वाइवा तामाङ र विपना थोकर रहेका छन् भने प्रमुख सल्लाहकारमा दावा फिन्जो तामाङ, विशेष सल्लाहकारमा छेसाङ तामाङ, रिया घले, सुमन घले र वाङ्गेल लामा रहेका छन् ।
हाम्रो कला संस्कृति, भाषा धर्मको प्रवद्र्धन र जगेर्ना गरौँ–रसुवाली कलाकार एक हौँ भन्ने नाराका साथ आईतबार भएको उक्त कार्यक्रममा राष्ट्रिय संगीतकर्मी संघ रसुवाका अध्यक्ष दावा फिन्जो तामाङको अध्यक्षता तथा नेपाल चीन केरुङ व्यापार संघका अध्यक्ष मान बहादुर तामाङको प्रमुख अतिथित्यमा भएको थियो ।
कार्यक्रमको विशेष अतिथिमा मध्यवर्ती व्यवस्थापन परिषद्का अध्यक्ष तथा गोसाईकुण्ड सुमो समितिका अध्यक्ष टेम्पा नुर्पु तामाङ रहेका थिए।कार्यक्रममा बोल्दै कार्यक्रमका अध्यक्ष तथा नायक एंव समाजसेवी दावा फिन्जो तामाङले कलाकार र पत्रकार नङ र मासुको सम्बन्ध जस्तै रहेको भएपनि समन्वयको अभावले संस्थाको सूचना प्रवाह हुन नसकेको बताए । आगामी दिनमा कलाकार र पत्रकार बीच समन्वय बढाइने उनले बताए । ‘हामीले कार्यक्रम सञ्चालन गर्दा पत्रकारसँग समन्वय गर्छौँ, उनले भने यसले कलाकारलाई माथि उठाउन मद्दत गर्छ ।’
जिल्लामा लुकेर रहेको कला, भाषा, धर्म संस्कृतिको जगेर्ना गर्ने संघको मुख्य लक्ष्य रहेको बताएको छ । पुराना कलाकारलाई सम्मान गर्ने र नयाँ स्थानीय कलाकारलाईलाई प्रोत्साहन समेत गरिनेछ ।उक्त कार्यक्रममा विभिन्न सास्कृतिक कोशेलीहरु समेत पस्किएका थिए प्रस्तुति राख्ने कलाकारहरुमा नायिका तथा मिसेस तामाङ श्याम माया तामाङ, मोडल दिल कुमारी तामाङ, विपना तामाङले नृत्यमा गरेका थिए । एस्तर थोकर तामाङ, प्रेमा तामाङ, रोमन छेमेन वाइवा, शिशिर थोकर, सुमन घलेले तामाङ सेलो, मेन्दो माया लगायतका गीत गाएका थिए ।