मुग्लानी खबर- कार्तिक २६
श्याम मम्बा तामाङ
नेपाली कलाकार ग्रुप कुर्दिस्तान इराकले पहिलो पटक आफ्नो प्रथम प्रस्तुति सास्कृतिक प्रस्तुति सहित इराकको कुर्दिस्तानमा दिपावली धमका -२०७५ भब्यताका साथ सम्पन्न गत नोभेम्बर ९ तारिख शुक्रबारका दिन सम्पन्न गरेको छ।
नेपाली हरुको दोस्रो महान चाड दिपावली को अवसर पारेर कुर्दिस्तानमा रहेका दाजुभाइ ,दिदिबहिनी लाई मध्यनजर गर्दै गत ९ नोभेम्बर २०१८ शुक्रबारका दिन प्रकाश तामाङ को संयोजकत्वमा उक्त कार्यक्रम भएको हो।सुलेमानीको सर्चिनर पेरिज होटेलमा भएको थियो।
कार्यक्रममा नेपाली कलाकार ग्रुप कुर्दिस्तान इराकका संयोजक कान्छा लामाको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि प्रवासी नेपाली एकता समाजका अध्यक्ष निबिन कुमार र बिसेस अतिथिमा नेपाल तामाङ घेदुङ कुर्दिस्तान इराकका उपाध्यक्ष बिजय घिसिङ तामाङ ,सबिन तामाङ , FWCDO का प्रतिनिधित्व हमा हजर, नेपाली महिला समाज कि अध्यक्ष सानु शेर्पा ,कुर्दिस्तान प्रवासी नेपाली समाजका अध्यक्ष रजिब थिङ तामाङ साथै सुलेमनी इराकमा रहेका विभिन्न सामाजिक संघ सस्थाका प्रतिनिधिहरु कलाकार बुद्धिजीवी पत्रकार लगाएत नेपाली दाजुभाई दिदिबहिनीहरुको उपस्थिति रहेको थियो।
दुई चरण औपचारिक र अनौपचारिक रुपमा सन्चालित कार्यक्रममा निमा गोलेले सहजीकरण गरेका थिए भने भने सास्कृतिक कार्यक्रम परि शेर्पाले गरेकी थिइन।
कार्यक्रममा तीन सय भन्दा बढि दर्शक श्रोताहरुको उपस्थिति भएको कार्यक्रममा नेपाली कलाकार ग्रुप कुर्दिस्तानका कलाकारहरु नृत्य सोनु शेर्पा ,लक्ष्मी शेर्पा ,निमा शेर्पा , निशा तामाङ ,आश्मा तामाङ ,स्मृति योजना,नानू तामाङ गायनमा शक्तिमान तामाङ ,वान्चु लामा , सजन शेर्पा , सेलो गायिका पेम्बी शेर्पा , लोक तथा दोहोरी गायिका सोनिया तामाङ,साथै सेलो तथा चार्चित म्हेन्दोमाया गायक कान्छा लामाको बेजोड फरक फरक प्रस्तुति राखी भरपुर मनोरञ्जन दिएका थिए।
अन्त्यमा इराकमा पहिलो चोटि यसरी दिपावलीको कार्यक्रम सफल पुर्याउनु हुने सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रमका सभापती कान्छा लामाले कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।