मुग्लानी खबर २५ कार्तिक
सन्तोष कुवर
नेपालीहरुका महानपर्बहरु दशै,दिपावली,बलिहाङ तङ्नाम,म्ह:पुजा,छट,चासोक तङ्नाम,उधौली तथा ल्होसारको पावन अवसरमा कतारका विभिन्न क्षेत्रमा क्वाटर फाईनल खेलाउदै पुर्ब निर्धारित तालिकाअनुसार हिजो ९ नोभेम्बर शुक्रबारका दिन कतारको अल्खोर स्थित बरुवा स्टुडियममा भएको सेमि फाइनल र फाईनल खेलबाट सिएफ सी(रातो)ले पहिलो पुरुस्कार हात पार्न सफल भएको छ।
सङ्घिय लिम्बुवान सामाजिक मन्च कतारको खेलकुद बिभागद्वारा आयोजित उक्त खेल सङ्घिय लिम्बुवान सामाजिक मन्च अनतर्गतको खेलकुद बिभागका प्रमुख खगेन्द्र नेम्बाङको सभापतित्व तथा सङ्घिय लिम्बुवान मंच नेपालका केन्द्रिय सदस्य तथा सङ्घिय लिम्बुवान सामाजिक मंच कतारका का.वा. अध्यक्ष रेखा राईको प्रमुख आथित्यमा भएको थियो।
त्यसैगरी विशेष अतिथीहरुमा सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा,समाजसेवी बिष्णु जङ्ग कार्की,नेपाल प्रबासी आदिबासी जनजाती महासङ्घ कतारका पुर्व अध्यक्ष सियाराम चौधरी, डा. शुरेश बतास,डा. पुजा लामा,समाज सेबी तथा तामाङ घेदुङ पुर्ब केन्द्रिय सदस्य राम चन्द्र ज्याबा तामाङ,समाजसेबी खगेन्द्र राई,रोशन तामाङ,रहेका थिए।
सलिसाम कतारका क्षेत्रीय अध्यक्षहरुमा तेज थेबे,शुरेश नेम्बाङ,छत्र कुरुम्भा र लोकेन्द्र कुसम्बाङ,आर एम खबरका कतार प्रतिनिधि अर्जुन पौडेल,सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयिल सुनुवार,महिला समाजसेवी रमी तामाङ,सङ्घिय लिम्बुवान महिला मन्चका केन्द्रिय सदस्य मन्जु सावाँ,राज रुजाल,बिस्नु मरासनी लगाएत बिभिन्न सामाजिक ब्यक्तित्व,बुद्दिजीवी अतिथिहरुको बाक्लो उपस्थिती रहेको थियो।
मैत्रीपुर्ण फुटबल प्रतियोगिताको फाईनल तथा पुरुस्कार बितरण समारोह नेपालीहरुको दोश्रो महानपर्ब दिपावलीको देउसी भैलो लगाएत विभिन्न नृत्य र गायनका साथ भएको सास्कृतिक कार्यक्रम दीप प्रज्वलन तथा उपस्थित बिशिस्ट ब्यक्तिहरुबाट ब्यानर उद्घाटन र सामुहिक रुपमा राष्ट्रिय गान गाएर शुरु भएको थियो।
कार्यक्रममा उपस्थित सम्पुर्णलाई उक्त कार्यक्रमका सम्योजक छत्र कुरुम्भाले मन्तब्य द्वारा स्वागत गरेका थिए भने सलिसाम कतारका सास्कृतिक कलाकारबाट नृत्यद्वारा पनि थप मनोरञ्जनात्मक रुपमा स्वागत गरिएको थियो।
सलिसाम कतारको संक्षिप्त परिचय तथा उक्त कार्यक्रमका बारेमा सलिसाम कतारका महासचिव डम्बर लिबाङले प्रस्ट पारेका थिए।
दिपावली शुभ अवसर भएको कारणले सम्पुर्ण उपस्थित नेपाली दाजुभाई तथा दिदी बहिनी लगाएत कार्यक्रमका प्रमुख अतिथि रेखा राईका साथमा सामुहिक देउसी भैलो खेल्दा त्यहाको रौनक फरक थियो ।
सम्पुर्ण जातजाती पुर्बमेची पश्चिम महाकालीका नेपालीहरु साथै अन्य देशका नागरिक हरु पनि प्रफुल्ल मोडमा हेर्दै थिए। सास्कृतिक माहोलमा भएको उक्त फुटबल खेलको सेमिफाईनल मा ओ टि एस र एल बि केराबारिको घमसान भएको थियो।उक्त खेलमा केही समय सामान्य बिबाद भए पनि आयोजकको सकृयतामा पेनाल्टी हान्ने सर्तमा खेल शुचारु भएको थियो भने ओटि एस ले केराबारी एल बि लाई ४ का विरुद्ध ५ गोल प्रहार गरि फाइनल खेलमा प्रबेश गरेको थियो।
फाइनल खेलमा सि. एफ.सी.र ओ.टिएस को सान्दार खेल भएकोथियो भने सि.एफ.सीले ० का बिरुद्ध ५ गोल प्रहार गरि आफुलाई बिजेता सुनिश्चित गर्दै प्रथम पुरुस्कार ट्रफी मेडल र प्रमाण पत्र र कतारी रियाल २५००/,हात पार्न सफल भएको हो ।
भने दोश्रो पुरुस्कार ट्रफी,मेडल र कतारी रियाल २०००/- ओ टि एसले हात पार्न सफल भएको हो।
सम्पुर्ण खेलहरुमा अनुशासनपुर्ण खेल खेलेर अनुशासित टिमको रुपमा ट्राग्स युथ ग्रुप,उत्कृष्ट गोल किपर दिप सोनार(सी.एफ सी ग्रीन),उत्कृष्ट खेलाडी रोशन खड्का( आयोजक "A"), घोषणा भएका छन भने उत्कृष्ट सम्पुर्ण ब्यक्तित्वहरुलाई सम्मान पत्र कदर पत्र द्वारा सम्मान गरिएको थियो।
त्यसै गरि कार्यक्रम सफल बनाउन विभिन्न सहयोग र प्रायोजन गर्नुहुने ब्यक्तित्वहरुमा प्रथम बिजेताका लागि आकर्षक ट्रफीका प्रायोजक रामचन्द्र ज्याबा तामाङ,दोश्रो बिजेताका लागि आकर्षक ट्रफीका प्रायोजक कगेंद्र राइ,तेस्रो बिजेता टिम र उत्कृष्ट खेलाडी ,हाई स्कोर र किपरका लागि आकर्षक ट्रफीका प्रायोजक रोशन तामाङ लगाएतका ब्यक्तिवहरुलाई सम्मन गरिएको थियो।
विभिन्न समयमा र खेलकुदमा दर्ता गरी सहयोग पुर्याउनु विभिन्न समाजसेबीहरुलाई पनि सम्मान पत्रद्वारा धन्यवाद दिइएको थियो। नगत रकम प्रायोजन गर्नु हुने ब्यक्तित्वहरुलाई धन्यबाद दिइएको थियो। कार्यक्रमको अबधिभर विभिन्न सास्कृतिक नृत्य गीत लाईभ भैइरहेका थिए।
कार्यक्रम सफलाताको शुभकामना दिनेहरुमा मुग्लानी खबर सम्पादक गणेश क्षेत्री,ट्राग्स युथ ग्रुप अध्यक्ष प्रबिन घिमेरे,समाजसेबी तथा महिला प्रतिनिधि रमि तामाङ,सन्ध्या ग्रुप कतारका महासचिब तथा पत्रकार सन्तोष कुवर,समाज सेबी चन्द्रा ग्याबा तामाङ,नेपालका राष्ट्रिय एम्पाईर तथा सुनुवार सेवा समाज कतारका अध्यक्ष सामुयिल सुनुवार र सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुङ्बा रहेका थिए।
अन्त्यमा कार्यक्रमका प्रमुख अतिथी तथा सलिसाम कतारका का.वा अध्यक्ष रेखा राईले सम्पुर्ण उपस्थित ब्यक्तित्वहरु र कार्यक्रम सफल बनाउन पर्दा अगाडि वा पछाडी बसेर सहयोग पुर्याउनु हुने कलाकार पत्रकार समाजसेबी खेलाडी प्रायोजक लगाएत सम्पुर्णको साथ सहयोगको लागि धन्यबाद दिदै आगामी दिनहरुमा पनि साथ सहयोगको निरन्तर अपेक्षा गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेकी थिइएन।
कार्यक्रम को सन्चालन उप सुमन योङ्हाङले गरेका थिए साथै कार्यक्रम अबधिभर मुग्लानी खबर डट को अफिसियल पेजबाट लाईभ प्रशारण समेत गरिएको थियो।