मुग्लानी खबर- कार्तिक १७
नेपाल प्रबासी तामाङ समाज कतारको संरक्षकत्वमा सन २०१६ मा स्थापित सस्था म्हेन्दोमाया समाज दोहा कतारले चौथो बनभोज तथा भेटघाट कार्यक्रम हिजो कतारको समाल गार्डेन मा भब्यताका साथ सम्पन्न गरेको छ।
म्हेन्दोमाया समाज दोहा कतारका अध्यक्ष प्रकाश माम्बा तामाङको सभापतित्व तथा नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तिर्थ थिङ तामाङको प्रमुख आतिथ्यमा भएको उक्त बनभोज तथा भेटघाट कार्यक्रममा नेपाल प्रबासी तामाङ समाज कतारका विशेष सल्लाहकार सुकबहादुर तामाङ,पुर्ब अध्यक्ष तथा बर्तमान सल्लाहकार माईला वाईबा तामाङको उपस्थिति रहेको थियो त्यसैगरी म्हेन्दोमाया समाज कतारका प्रमुख सल्लाहकार कान्छाराम तामाङ,सन्तोष फ्युब तामाङ,तामाङ कलाकार संघकि अध्यक्ष सबिना लोप्चन तामाङ,एन आर एन ए ( एन सी सी) ३ नम्बर सम्योजक नारायण बिष्ट,सगु प्रोडक्सनका प्रबन्ध निर्देशक गणेश अधिकारी, तम्सलिङ टिभी प्रबन्धक प्रदिप तामाङ,लामा गुरु उपप्रमुख बेन्दे लामा,ओखलढुंगा सेवा समाज कतारका अध्यक्ष अशोक सिङ्तान तामाङ,तामाङ समाजका कलाकार सम्योजक तथा म्हेन्दोमाया समाजका कलाकार उप प्रमुख सिरचेन तामाङ,म्हेन्दोमाया समाज कलाकार प्रमुख श्री पाख्रीन तामाङ,म्हेन्दोमाया समाजका सल्लाहकार वाङ्च्यु तामाङ,लि ल फङ् घले समाज कतारका अध्यक्ष प्रीति घले,नुवाकोट सेवा समाजका महासचिव देबेन्द्र घले,
सेर्पा किदुङ सेवा समाजका अध्यक्ष नवाङ सेर्पा,भुजेल सेवा समाजका प्रमुख सल्लाहकार नियम भुजेल,समाजसेवी सोनाम( गङ्गाराम तामाङ) लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु तामाङ तथा गैर तामाङ दाजुभाई दिदिबहिनिहरुको उल्लेख्य उपस्थिति रहेको थियो।
दुई चरणमा भएको उक्त कार्यक्रम दीप प्रज्वलन तथा राष्ट्रिय गान गाएर शुरु भएको थियो।उपस्थित सम्पुर्णलाई समाजका प्रथम उपाध्यक्ष गौतम तामाङले स्वागत मन्तब्य बाट स्वागत गरेका थिए त्यसैगरी उक्त कार्यक्रम औचित्य र उदेश्यको बारेमा समाजका प्रमुख सलाहाकार कान्छाराम तामाङ ले प्रष्ट पारेका थिए।
कार्यक्रम सफलताको उन्नती प्रगतिको लागी सगु प्रोडक्सनका प्रबन्ध निर्देशक गणेश अधिकारी र नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष तथा कार्यक्रमका प्रमुख अतिथी तिर्थ थिङ तामाङले शुभकामना मन्तब्य दिएका थिए भने उपस्थित सम्पुर्णलाई धन्यवाद दिदै समाजका अध्यक्ष तथा कार्यक्रमका सभापति प्रकाश माम्बा तामाङ्ले औपचारिक कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजिकरण समाजका महासचिब अमृत तामाङले गरेका थिए।
बिशेष गरि सास्कृतिक कार्यक्रम र रमाइलो बनाउने उदेश्य नै रहेको उक्त कार्यक्रम विभिन्न स्थानिय चर्चित गाएक , नृत्यकारहरुका प्रस्तुति पस्किएका थिए जसले पिकनिक को माहोल तातिएको थियो,कार्यक्रममा तामाङ सेलो,म्हेन्दोमाया लगाएतका दर्जनौ गीतमा उपस्थितहरु नाचेका थिए।
प्रस्तुती राख्नेहरुमा शुसिला तामाङ र सर्मिला तामाङ नृत्य, मोहोन ब्लोन तामाङ गित,सिरचेन तामङ गीत,नृत्य रोशनी तामाङ रहेको थियो त्यसै गरि रोषन मान तामाङ,सुन्दर मोक्तान तामाङ,सुरेन तामाङ लगाएत का कलाकारहरुले आफ्नो प्रस्तुतिमा छमछमी नचाए।
त्यसैगरी चर्चित गायक मोइराम तामाङले म्हेन्दोमाया गीत गाएर छमछमी नचाएका थिए।कार्यक्रमको बिचमा केही प्राबिधिक गडबडीले थोरै खल्लो हुन थाले पनि दाजुभाई तथा दिदिबहिनिहरुले डम्फुको तालमा तामाङ सेलो र म्हेन्दोमाया गीत लाइभमा गाएर बनभोज लाई रमाइलो बनाउन भ्याय।
कार्यक्रममा गीत बज्दै गर्दा दाजुभाई तथा दिदिबहिनिहरु आफ्नो मौलिक सस्कृती अनुसार कम्मरमा हात बाधेर एक अर्कामा लाईन बद्ध रुपमा आत्मियताका साथ ग्रुप ग्रुप मा नाचिरहेको देख्दा नेपालकै कुनै क्षेत्रमा नाच गान भैइरहेको झल्को मिलिरहेको थियो।
कार्यक्रम मा नास्ता पानी तथा खानाको राम्रो प्रबन्ध समेत मिलाईएको थियो।कार्यक्रमको सहजिकरण कुमारी बम्जन तामाङ र शुबास तामाङ ले गरेका थिए।उक्त कार्यक्रमको गतिबिधी बिस्वभरी छरिएर रहनु भएका र नेपाली गीत सङीतलाई माया गर्ने ईन्टरनेटको पहुचमा रहनुभएका सम्पुर्ण नेपाली माझ पुर्याउन तामाङ भोइस,सैलुङ अनलाईन,सगु प्रोडक्सन,मुग्लानी खबर,नुवाकोट टाईम्स लगाएतका मिडियाहरुबाट प्रत्यक्ष लाईभ प्रशारण समेत गरिएको थियो।