मुग्लानी खबर कार्तिक ११
प्रमुख अतिथिमा घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोले द्वारा निमन्त्रणा अस्विकार।
नेपाल प्रवासी तामाङ समाज कतारले स्थापना गरेको शैक्षिक विकास कोष द्वारा आयोजित “तामाङ भाषा शिक्ष सम्बन्धि एक दिने गोष्ठी तथा सम्मा कार्यक्रममा नेपाल तामाङ घेदुङ केन्द्रिय अध्यक्ष मोहन गोलेलाई प्रमुख अतिथिको आधिकारिक निमन्त्रना पठाएको र वारम्बार सम्पर्क गरि रहदा पनि कार्यक्रमको अन्तिम समयमा सम्मा पनि नआउनु भएकोले बिना प्रमुख अतिथि कार्यक्रमलाई सुचारु गरि भव्यताका साथ सम्पन्न गरिएको छ।
नेपाल प्रवासी तामाङ समाज कतारका आधिकारिक व्यक्तित्वहरुले उहाको उपस्थिति नहुनुको कारण बुझ्न खोज्दा नेपाल तामाङ घेदुङ्ले नेपाल प्रवासी तामाङ समाज कतारलाई कार्वाही गरिसकेको र सस्थाले कार्वाही गरेको सस्थाले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी भएर उपस्थित हुन नसकिने जानकारी घेदुङका महासचिव बाबु घिसिङले तामाङ समाज कतारका प्र.उपाध्क्ष तेज बहादुर तामाङलाई दिएको बताईएको थियो ।
बिना कारण कार्वाही गरेको भने त पनि घेदुङले ठोस निर्णयका साथ लिखित रुपमा भने कार्वाही गरेको पाईएन ।
प्रमुख अतिथी उपस्थित नहुने भए पनि एक रत्ती पनि बिचल्लित नभैकन सुरु भएको कार्यक्रममा उत्साहजनक जनमनासको उपस्थित रहेको छ ।
नेपाल प्रवासी तामाङ समाज कतारले आयोजना गरेको एक दिने तामाङ भाषा शिक्षा सम्बन्धी गोष्ठी तथा सम्मन कार्यक्रममा लेखक तथा मातृभाषा बिज्ञ प्रतिक ङ्यासुर, तामाङ बौद्ध महासङ्घका उपाध्यक्ष आचार्य सर्वजित गोम्वा लामा , भाषा विद अमृत योन्जन तामाङ, तामायिक लिपी लेखक तथा भाषाविद अजित मान तामाङ , नेपाल तामाङ मातृभाषा सम्भोटा लिपी महसचिब पन्चराम तामाङले आफ्नो वक्तब्य राख्नु भएको छ ।
कार्यक्रममा उपस्थित बिषेश अतिथिहरुले पनि कार्यक्रम र नेपाल प्रवासी तामाङ समाज कतारको हरेक गतिविधिको सफलताको शुभकामना मन्तव्य दिनु भएको छ । यसै गरी कार्यक्रममा नेपाल प्रवासी तामाङ समाज कतारको शैक्षिक बिकास कोषको प्रमुख नर बहादुर घिसिङ तामाङ र सुकुमाया फाउडेसनकी सस्थापक अध्यक्ष सुश्री सुकुमाया तामाङसँग सर्लाहीकी अनाथ बालिका ताई स्याकी छोरी लाई १० कक्षसम्म पढाउने खर्चको छात्राबृतिको बिषयमा दुई पक्ष विच सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
पहिलो तामाङ भाषाको पहिलो टेलिचल्चित्र धर्ज्यु युनिट,शैलुङ अनलाईन , तामाङ आवाज, सुनौलो डटकमलाई कदर पत्रद्वरा सम्मन गरिएको थियो भने कार्यक्रमको प्रायोजक हरुलाई पनि सम्मन गरिएको थियो । यसै गरी कार्यक्रममा आ र्थी क तथा भौतिक रुपमा सहयोग गर्नुहुने सहगोयी प्रायोजक हरुलाई समेत सम्मन पत्रले सम्मन गरिएको थियो ।
साथै ताम्वा सङ्घका अध्यक्ष दावा वाङ्गेल मोक्तानलाई ताम्वा काइतेन पुस्तक प्रकासनको लागि नगद ने.रु.१५,०००/-, बोन म्यारो बिरामी रत्नमान तामाङलाई नगद ने.रु. २५,००० /- ब्लड क्यान्सर बिरामी ईन्द्र कुमारी लुम्बुको उपचारर्थ नगद ने.रु. २१,००० , नयाँ जिवन नेपाल अनाथलय बौद्धलाई नगद ने.रु. ४०,०००/- आर्थीक सहयोग हस्तान्तर गरे लगतै कार्यक्रमको सभापति तेज तामाङले समापन गरी सबैजना चियापानमा सहभागी भएको थियो ।