मुग्लानी खबर डटकम
सन्तोष के.सी
खास गरेर नेपालका तराई जिल्लाका बासिन्दाहरुले मात्र मनाउने महान चाड छठ पर्व पछिल्ला केहिवर्ष यता पहाड, हिमाल तिरका बासिन्दाले पनि मनाउन थालेका छन ।
“समाज विकासमा प्रवाशीको योगदान” भन्ने मुल नारालाई लिएर अगाडि बडेको सन्ध्याग्रुप कतार २००२ मा स्थापना भएपछिको इतिहासमा पहिलो चोटी गत सोमबार अलखोर स्थित आफ्नै कार्यलयमा भब्यरुपमा “छठी मैयाको ” आराधना र शुभकामना आदानप्रदान कार्यक्रम गरेको थियो ।
अध्यक्ष बिरेन्द्र याख्थुम्बाको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सन्ध्याग्रुपका संस्थापक अध्यक्ष तथा परदेशी जीवन फिल्मका निर्देशक तथा क्यमरामेन सुरज तामाङ रहनु भएको थियो । उक्त कार्यक्रममा संयोजक तथा सल्लाहकार बिजय कुमार यादव, अतिथि हरु मुग्लानी सौगातका सहसम्पादक छवि तिवारी, मुग्लानी खबरका सम्बादाता गणेश छेत्री, आइबोस अलखोरका प्रमुख राज रुजाल, सन्ध्याग्रुप पुर्व खेलकुद अध्यक्ष बिष्णु मरासिनी, भविलाल सुनार, राम पाण्डे, हिराचन बस्नेत, चन्द्र खत्री, ओकेन साह लागयत बिभिन्न संस्थाका प्रतिनिधि हरुको उपस्थिति रहेको थियो ।
सभापति, प्रमुख अतिथि लगायतबाट ब्यानर उत्घाटन संगै दिप प्रज्वनल संगै छठी मैयाको तस्बिरमा आराधना गर्दा पुरा माहोल छठमय बनेको थियो भने राष्ट्रिय गितसंगै देसलाई पनी सम्जिएका थिए ।
कार्यक्रममा सुभकामना मन्तब्य दिनेहरुमा संजीव खाती, प्रकास बोहोरा, भुवन बि.क, भविलाल सुनार, राज रुजाल, श्री पाख्रिन तामाङ, बिष्णु मरासिनी, ओकेन साह, गणेश छेत्री, छवि तिवारीले बिदेशमा भएर पनि सन्ध्याग्रुपले गरेको नेपालका यस्ता मौलिक चाडहरुलाई निरन्तरता दिनु पर्ने बताउदै छठको अवसरमा सुभकामना दिएका थिए भने जीवन रोक्काले छठको बारेमा बताएका थिए ।
त्यस्तै कार्यक्रमका प्रमुख अतिथि सन्ध्याग्रुपका संस्थापक अध्यक्ष तथा परदेशी जीवन फिल्मका निर्देशक तथा क्यमरामेन सुरज तामाङले सन्ध्याग्रुप स्थापना भएपछी पहिलो चोटी संस्थाले माहान चाड छठ पर्वको अवसरमा गरेको कार्यलाई प्रसंसा गर्दै आगामी नेपाली मौलिक पर्वहरुमा पनि यस्तै कार्यक्रम गर्दै जानुपर्ने बताउदै छठ पर्वको अवसरमा शुभकामना दिनुभएको थियो । सभापति बिरेन्द्र याक्थुम्बाले नेपालमा भएका सबै मौलिक चाडहरु हामि सबैका साझा हुन भन्ने बिचार राख्ने हो भने नेपाली नेपाली बीच आपसी सद्भभाव र एकता कायम रहने कुरामा जोडदिदै कार्यक्रम सफल पार्नुहुने सबैलाई धन्यबाद दिदै छठ पर्वको सुभकामना दिएका थिए । उपस्थित सबैलाई महासचिव उमेश बस्नेतले स्वागत मन्त्यब्य बाट स्वागत गरेका थिए भने कार्यक्रम संचालक सन्तोष कुँवरले गरेका थिए ।
छठ पर्व कार्यक्रमका थप तस्विरहरु
https://www.youtube.com/watch?v=e3PYRwFyuLE
video by: [email protected]